News

May 18, 2009

माओवादीले व्यवस्थापिका संसद अवरोध जारी राख्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ ४ - एकीकृत माओवादीले राष्ट्रपतिको कदम नसच्चिएसम्म व्यवस्थापिका संसद अवरोध जारी राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा सोमबार बिहान बसेको केन्द्रीय सचिवालयको बैठकले सेनापतिलाई थमौति गर्ने राष्ट्रपतिको कदम नसच्चिएसम्म राष्ट्रिय सहमति बन्न नसक्ने निष्कर्ष निकालेको छ । राष्ट्रिय सहमतिका लागि आफूहरुले उठाएको मागलाई व्यवस्थापिका संसदमा प्रवेश गराउनुपर्ने माओवादीको अडान छ । बैठकमा पार्टीले अघि सारेको नागरिक सर्वोच्चता, राष्ट्रपतिको असंबैधानिक कदम लगायतका बिषय संसद मार्फत सम्वोधन भए सदन चल्न दिने निर्णय भएको सचिवालय सदस्य गिरिराजमणी पोखरेलले जानकारी दिए । यसका लागि अन्य दलहरुसँग छलफल अघि बढाउने समेत माओवादीले निर्णय गरेको छ ।यसैवीच राष्ट्रपतिको कदम नसच्चिएसम्म सडक र सदनमा आन्दोलन जारी राख्ने बताउदै आएको एकीकृत माओवादीको अवरोधका कारण लगातार अबरुद्ध हुँदै आएको व्यवस्थापिका संसदको बैठक आज बस्दैछ ।

No comments: