News

May 16, 2009

भारतमा सत्तारुढ कांग्रेसको सरकार बन्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ ३ भारतमा तल्लो सदनका ५४३ सिटका लागि भएको मतगणनाको पूर्ण परिणाम आउँदा सत्तारुढ कंग्रेसको नेतृत्वमा रहेको स‌ंयुक्त प्रगतिशील गठबन्धन (युपिए)ले नयाँ सरकार बनाउने पक्का भएको छ।
जित्‍ने प्रमुख उम्मेदवार
सोनिया गांधी (कांग्रेस)- रायबरेली
मेनका गांधी (भाजपा)- आँवला
शत्रुघ्न सिन्हा (भाजपा)- पटना साहिब
कमलनाथ (कांग्रेस)- छिंदवाड़ा
फ़ारूख़ अब्दुल्लाह (एनसी)- श्रीनगर
प्रिया दत्त (कांग्रेस)- मुंबई नॉर्थ सेंट्रल
सचिन पायलट (कांग्रेस)- अजमेर
सुषमा स्वराज (भाजपा)- विदिशा
नवजोत सिंह सिद्धू (भाजपा)- अमृतसर
जयाप्रदा (सपा)- रामपुर
एचडी देवेदौड़ा (जेडी एस)- हासन
मोहम्मद अज़हरुद्दीन (कांग्रेस)- मुरादाबाद
ममता बनर्जी (तृणमूल कांग्रेस)- कोलकाता दक्षिण
जसवंत सिंह (भाजपा)- दार्जीलिंग
राजनाथ सिंह (भाजपा)- ग़ाज़ियाबादपी चिदम्बरम (सुरुमा हारेको घोषणा गरिए पनि पुनः मतगणनापछि विजयी हार्ने प्रमुख उम्मेदवार
लोकजनशक्ति पार्टी प्रमुख रामविलास पासवान
लालू प्रसाद पाटलिपुत्र सीटबाट पराजित
केंद्रीय मंत्री रेणुका चौधरी
युपिएले अन्तिम परिणाम आउँदा २ सय ६१ सिट हात पारेको छ। बहुमतका लागि चाहिने २ सय ७२ सिटभन्दा यो ११ सिटले कम छ। हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टीको नेतृत्वमा रहेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनले १ सय ५९ स्थानमा मात्रै विजय हासिल गर्न सक्यो। भाजपा नेतृत्वको सरकार बनेको भए नेपाल नीतिमा ठूलै हेरफेर हुने अनुमान लगाइएको थियो। किनभने भाजपाद्वारा प्रधानमन्त्रीका लागि प्रस्तावित लालकृष्ण आडवाणीले थुप्रै चुनावी र्‍यालीमा सरकारको नेपाल नीतिको आलोचना गरेका थिए। आडवाणीले निर्वाचनमा पराजय पश्चात् सक्रिय राजनीतिबाट सन्यास लिने बताएका छन्वामपन्थी दलको नेतृत्वमा रहेको तेस्रो मोर्चाले २४ स्थानमा मात्रै जित हासिल गरेको छ। पार्टीले सबैभन्दा बढी सिट जिते पनि कांग्रेस आईका नेता तथा गृहमन्त्री पी चिदाम्बरम भने सुरुमा पराजित घोषित भएका थिए। पुनः मतगणनामा उनी विजयी भएका छन‌्। त्यसैगरी लालु यादवको आरजेडीले जम्मा ४ स्थान मात्रै जितेको छ। यसले अघिल्लो चुनावमा २४ सीट ल्याएको थियो।यसैगरी पश्चिम बंगालमा यसपटक कम्युनिष्ट पार्टीले ठूलो धक्का बेहोरेको छ। त्यहाँका ४२ सीटमध्ये २५ सीटमा गैरकम्युनिष्टहरु विजयी भएका छन्। यहाँ सन् १९८४ मा गैरवामपन्थी दलले १६ सीट जितेका थिए, त्यसपछि गैरवामले बढी सीट जितेको यो दोस्रो चुनाव हो।भारतको लोकसभामा ५ सय ४५ सिट छ। जसमध्ये ५ सय ४३ स्थानको अहिले मतगणना भइरहेको हो। सरकार गठनका लागि २ सय ७२ सिट आवश्यक पर्छ।सन् २००४ को निर्वाचनमा काँग्रेसले १ सय ४५ तथा भाजपाले १ सय ३८ स्थानमा विजय प्राप्त गरेको थियो । युपिए गठबन्धनको नेतृत्व गर्दै काँग्रेसले ५ वर्ष सरकार चलाएको थियो। सुरुमा यो गठबन्धनलाई वामपन्थी दलले सरकार बाहिर बसेर सघाएको भए पनि अमेरिकासँग भएको परमाणु सन्धिपछि समर्थन फिर्ता लिएको थियो। मतगणनामा ६० हजार कर्मचारी खटिएका छन् । विद्युतीय मेसिनबाट मतदान भएकाले मतपरिणाम शनिबार दिनभरमा आउन सफल भएको हो। परिणामपछि भारतमा नयाँ सरकार बनाउन दौडधुप सुरु भएको छ।

No comments: