News

May 10, 2009

एमाले पोलिटब्युरोका लागि १९ पूर्ण र १० वैकल्पिक सदस्य निर्वाचित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख २७ नेकपा (एमाले) पोलिटब्युरोका लागि आइतबार भएको निर्वाचनमा १९ जना पूर्ण र १० जना वैकल्पिक सदस्य निर्वाचित भएका छन्। निर्वाचित १९ जना पोलिटब्युरो सदस्यमा भरतमोहन अधिकारी, रवीन्द्र श्रेष्ठ, रघुजी पन्त, राजेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, महेन्द्रबहादुर पाण्डे, प्रदीप नेपाल, प्रदीप ज्ञवाली, अष्टलक्ष्मी शाक्य, केशव बडाल, रामचन्द्र झा, सुरेन्द्र पाण्डे, पृथ्वीसुब्बा गुरुङ, उर्मिला अर्याल, काशीनाथ अधिकारी, प्रकाश ज्वाला, विष्णु रिमाल, छविलाल विश्वकर्मा र पशुपति चौलागाईं छन्।निर्वाचित वैकल्पिक पोलिटब्युरो सदस्यमा धर्मनाथ साह, गङ्गालाल तुलाधर, नागेन्द्र चौधरी, वेदुराम भुसाल, विजय सुब्बा, खगराज अधिकारी, श्रीमाया थकाली, अरुण नेपाल, नरेश खरेल र थममाया थापा छन्।निर्वाचनमा पूर्ण पोलिटब्युरो सदस्यताका लागि ३४ जना र वैकल्पिक पोलिटब्युरो सदस्यताका लागि १९ जनाले उम्मेदवारी दिएका थिए ।त्यसका लागि ८६ जना मतदाता भएकामा ८४ मत खसेको थियो ।नेकपा (एमाले) ले पाँचौ महाधिवेशनबाट पोलिटब्युरोको संरचना हटाएकामा गत फागुनमा बुटवलमा सम्पन्न आठौँ महाधिवेशनले सो संरचनालाई पुनःस्थापना गरेको थियो।केन्द्रीय कमिटीको एक तिहाइ सदस्य पोलिटब्युरो रहने व्यवस्था छ। पोलिटब्युरोले स्थायी कमिटीले गरेका निर्णयलाई अनुमोदन गर्न पाउने अधिकार पाएको छ।

No comments: