News

May 10, 2009

एकीकृत माओवादीले संघर्ष थप चर्काउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख २७ - एकीकृत माओवादीले राष्ट्रपतिको कदम विरुद्ध सडक र सदनमा संघर्ष थप सशक्त बनाउने भएको छ ।आइतबार बसेको सचिवालय बैठकले राष्ट्रपति र अन्य दलले सेनापति प्रकरणमा पुनविचार नगरेसम्म संघर्ष जारी राख्ने निर्णय गरेको नेता सीपी गजुरेल जानकारी दिए ।सडक संघर्षका थप कार्यक्रम सोमबार घोषणा गर्ने र यसलाई सशक्त बनाएर देशभर जारी राख्ने उनले बताए । साथै राष्ट्रपतिको कदम विरुद्ध सहमति जुटाउन अन्य दलसँग संवाद जारी राख्नेसमेत नेता गजुरेलले बताए ।
राष्ट्रपतिको कदम सच्याउनु पर्ने माग गर्दै विगत केही दिन माओवादीले सडक र सदनमा संघर्ष जारी राख्दै आएको छ । आज बसेको व्यवस्थापिका संसदको बैठक पनि माओवादी सभासदका अवरोधका कारण अवरुद्ध भएको थियो ।नेपाली काग्रेस र एमालेले सदन सुचारु गरेर नयाँ सरकार गठन गर्नमा सहयोग पुर्‍याउन माओवादीसँग आग्रह गर्ने निर्णय गरेको छ । काग्रेस र एमालेको आज बसेको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।तर माओवादीले राष्ट्रपतिले आफ्नो कदम नसच्याएसम्म सडक र सदनको कारवाही जारी राख्ने बताउँदै आएको छ ।

No comments: