News

May 2, 2009

माओवादीको सरकार छाडेर सडकमा उत्रिने चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारको नेतृत्व गरी रहेको एकिकृत नेकपा माओवादीका एकजना शीर्ष नेताले प्रधानसेनापति हटाउन अवरोध खडा गरिए सरकार छाडेर सडकमा उत्रिने चेतावनी दिएका छन्।सेनापति विवाद सुल्झाउन राजनीतिक सहमतिको खोजी भई रहेका बेला अर्थमन्त्री डा.बाबुराम भट्टराईले सरकार त्याग्ने धम्की दिएका हुन्। नागरिक सर्वोच्चताको निम्ति सेनापतिलाई हटाउन खोजेको र त्यसमा आफ्नो पार्टी अडिग रहेको जनाउँदै उनले भने, “हामी कुर्सी दाउमा लगाएर भए पनि कारवाहीबाट पछि हट्ने छैनौँ। हाम्रो बाटो छेकियो भने केही दिनमैं सरकार छाडेर सडकमा आउनेछौँ।” सेनापति हटाउने र बचाउने अडानमा रहेका माओवादी र नेपाली कांग्रेस तथा नेकपा एमालेले सहमतिको निम्ति निर्णायक प्रयत्न गर्ने बताए पनि शुक्रवार कुनै प्रयास भएको देखिएन। उनले एमालेको आलोचना गर्दै भने, “एमालेका साथीहरु जहिले पनि राम्रो र नराम्रो, ठीक र बेठीक र अंध्यारो र उज्यालोको बीचमा उभ्भिनुहुन्छ। "त्यसैले तेश्रो लिंगी साथीहरुलाई भ्रम नपरोस, एमालेको लिंग छुट्टयाउन हामीलाई गाह्रो परिरहेको छ।”सैनिक वा राष्ट्रपति शासनको निम्ति राष्ट्रपतिलाई उकास्ने र दबाब दिने गरिएको उल्लेख गर्दै माओवादी नेता भट्टराईले उक्साहट वा दबाबमा नपर्न राष्ट्रपतिलाई चेतावनी दिएका थिए। सेनापति हटाउन नदिन संविधानसभाका अधिकांश दलहरु एकजुट भएपनि माओवादीले एक्लै भएपनि सेनापति हटाइ छाड्ने दृढता व्यक्त गर्न छाडेको छैन। तर एकपछि अर्को गर्दै सरकारकै प्रमुख घटकहरुले विपक्षीहरुको अडानलाई सहयोग पुग्ने गरी निर्णय सार्वजनिक गरिरहेका छन्।तेश्रो ठूलो सत्ताधारी दल मधेशी जनअधिकार फोरमले सहमति विना सेनापतिमाथि कारवाही गरिए मान्य नहुने औपचारिक धारणा शुक्रवार सार्वजनिक गरेको छ। माओवादीको निम्ति मुख्य भरोसा बनेको गठबन्धनको दोश्रो ठूलो घटक एमालेले बिहीवार त्यस्तै निर्णय गरेको थियो। चर्को कुटनीतिक दबाबपनि माओवादीको विपक्षमै देखिएको छ।

No comments: