News

May 2, 2009

सरकार र थरुहट समितिबीच सिंहदरबारमा वार्ता जारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख १९ - सरकार र तराईमा आन्दोलनरत थरुहट संयुक्त संघर्ष समितिबीच सिंहदरबारमा वार्ता जारी छ । सरकारले अपरान्ह साढे ४ बजे वार्ताका लागि बोलाएपनि औपचारिक जानकारी नआएको भन्दै समितिका पदाधिकारी ६ बजेमात्र सिंहदरवारस्थित शान्ति मन्त्रालय पुगेका थिए ।थारु समुदायको तर्फबाट डिल्ली चौधरी संयोजकत्वको ७ सदस्यीय टोली र सरकारकोतर्फबाट शान्तिमन्त्री जनार्दन शर्मा वार्तामा सहभागी छन् । सरकारले गत चैत्र १ गते आदिवासी जनजाति महासंघ र थारु सम्बद्ध संघ संगठनसँग गरेको ६ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै समितिले ११ दिनदेखि तराईको विभिन्न २२ जिल्लामा आम हड्ताल गर्दै आएको छ । थारु समुदायसँग भएको ६ बुँदे मागमध्ये अधिकांस पूरा भइसकेको भन्दै शुक्रबार आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेको थियो ।

No comments: