News

May 11, 2009

माओवादीले चार सहरमा सभा गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत मा‌ओवादीले राष्ट्रपतिको कदमको विरुद्ध राजधानी सहित देशका प्रमुख चार सहरमा जेठ तीन गते बृहत सभा गर्ने भएको छ। राजधानीमा जारी माओवादीको पोलिटब्यूरोको सोमबारको बैठकले काठमाडौ‌, विराटनगर, नेपालगन्ज, धनगढी सभा गर्ने निर्णय गरेको हो । सो बैठकले राष्ट्रपतिको कदम नसच्चिएसम्म संसद अवरुद्ध गर्ने कार्यलाई जारी राख्ने समेत निर्णय गरेको छ। पार्टीका प्रवक्ता दीनानाथ शर्माले सदस्यहरुको बोल्ने क्रम सकियो बताउँदै मंगलबार बस्ने बैठकले थप निर्णयहरु गर्ने जानकारी सञ्चारकर्मीहरुलाई दिए। सचिवालय पछिको शक्तिशाली निकाय पोलिटब्यूरोको बैठक एक सातादेखि राजधानीमा जारी रहेको छ।

No comments: