News

Oct 12, 2008

दुर्घटनाग्रस्त विमान जाँचबुझ गर्न स्थलगत अध्ययन शुरू

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गत बुधबार लुक्ला विमानस्थलमा दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानसम्बन्धी जाँचबुझ गर्न गठित सरकारी आयोगले शनिबारदेखि स्थलगत अध्ययन शुरू गरेको छ।यतीको ट्वनअटर विमान गत बुधबार दुर्घटनाग्रस्त भएपछि सरकारले गैरसैनिक हवाई उडान (दुर्घटना जाँच) नियम २०२४ बमोजिम महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्ता पुष्पराज कोइरालाको अध्यक्षतामा ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको थियो।उक्त आयोगमा नागरिक उड्डयन मेडिकल बोर्डका चिकित्सक रणजितसिंह बराल, नेपाल वायुसेवा निगमका वरिष्ठ विमानचालक सुभाष रिजाल, वरिष्ठ इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ र सदस्यसचिवमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव नगेन्द्रप्रसाद घिमिरे रहनुभएको छ। आयोगले दुर्घटना प्रतिवेदन २ महिनाभित्र सरकारसमक्ष पेस गर्ने बताइएको छ। शनिबार बिहान १० बजे ५ सदस्यीय जाँचदल अनुसन्धानका लागि लुक्लातर्फ गएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक यज्ञप्रसाद गौतमले भन्नुभयो- अरू सम्पूर्ण जानकारी भने टोलीको अनुसन्धानपछि थाहा हुन्छ।’यती एयरलाइन्सको सो विमान बुधबार बिहान ६ बजेर ५१ मिनेटमा काठमाडौंबाट लुक्लाका लागि प्रस्थान गरेकोमा ७ बजेर ३१ मिनेटमा विमानस्थलमा अवतरण गर्ने क्रममा ढिस्कोमा ठोक्किन गई दुर्घटना भएको थियो। विमानमा सवार चालकदलसहित १९ जनामध्ये १८ जनाको मृत्यु भएको थियो भने चालक क्याप्टेन सुरेन्द्र कुँवर घाइते हुनुभएको थियो।विमानमा रहेका अन्य यात्रुमा १२ जर्मन, २ अस्टे्रलियन, २ नेपाली र चालकदलका २ सदस्य को-पाइलट विकास पन्त र एयर होस्टेज सुनीता श्रेष्ठसहित १८ जनाको मृत्यु भएको थियो।

No comments: