News

Oct 12, 2008

परराष्‍ट्र मन्त्री उपेन्द्र यादव कोरियामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अमेरिकाको औपचारिक भ्रमनपछी कोरियामा आउनुभएको माननीय परराष्‍ट्र मन्त्री उपेन्द्र यादवसँग गैर आवासिय नेपाली संघका प्रतिनिधिहरुको बिशेष भेट गत ११
तारिक शनिबार सम्पन्न भएको छ । एन आर एन कोरियाले मन्त्री यादवको स्वागतमा आयोजना गरेको एक रात्री भोजमा नेपाली राजदुत कमल प्रसाद कोइराला ,उपनियोग प्रमुख यादव खनाल,एसिया प्यसिफिक क्षेत्रीय उपसम्योजक रुद्र शर्मा, आइ सि सि को केन्द्रिय सदस्य तेन्जी शेर्पाको पनि उपस्थिती थियो । कार्यक्रममा एन आर एन कोरियाका उपाधक्ष्य ध्यान राइले मन्त्रीयादवलाई फुलको गुच्छा दिएर स्वागत गरेको थियो भने राष्ट्रिय सम्योजक डा. देवी बस्नेतले एन आर एन कोरियाको बिगत गतिबिधीहरुको बारेमा सम्‍छिप्त विवरण दिनुभएको थियो। संघको केन्द्रिय सदस्य एबम गैर आवासिय नेपाली संघ नेपाल पर्यटन प्रबर्धन कार्य समितिका सम्योजकको हैसियतले तेन्जी शेर्पाले नेपालमा हुन गई रहेको एन आर एन डेको कार्यक्रम सम्बन्धी परिचय राख्दै गैर आवासिय नेपाली संघले उठाएको दोहोरो नागरिकता र गैर आवासिय नेपाली ऐन सँग सम्बन्धित मुदाहरुमा नेपाल सरकारको ध्यानाकर्षण गराउदै एन आर एन कोरियाले सन्चालन गरेको 'बुद्द नेपाल' अभियान अन्तर्गत नेपालको प्रबर्दनको लागि तयार गरिएको बुद्द नेपाल ब्याजको हस्तान्तरण गर्नु भएको थियो। पररास्त्र मन्त्री उपेन्द्र यादवले नयाँ नेपालको सरकारले गैर आवासिय नेपालीहरुको लागि परराष्‍ट्र मन्त्रालयमा एन आर एन डेस्क स्थापना गरेको र त्यहाबाट विश्वभर छरिएका एन आर एन हरुको समस्यालाई परराष्‍ट्र मन्त्रालयले निगरानी गर्ने र आवश्यकता अनुसारको सहयोग पुर्याउने आश्वासन दिदै दोहोरो नागरिकताको सिघ्र ब्यबस्थाको लागि पनि नयाँ सरकारले कार्य सन्चालन गरिरहेको ब्यहोरा अवगत गराउनु भयो। साथै एन आर एन कोरियाले गरी आएको नेपाल पर्यटन प्रबर्दनका कार्यहरु र जल सक्ती सम्बन्धी कार्यसाला जस्ता कार्यहरु राष्ट्रका लागि अती महत्वपूर्ण रहेको कुरा पनि अवगत गराउनु भयो।

No comments: