News

Oct 13, 2008

जनगणतन्त्र तत्काल आफ्नो लक्ष नभएको - प्रचण्ड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनगणतन्त्र तत्कालको आफ्नो लक्ष नभएको बताउनुभएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नयाँ संविधान लेख्नु आफ्नो पहिलो दायित्व नभएकाले तत्काल त्यस विषयमा आफू नलागेको समेत बताउनुभएको छ ।राजधानीमा सञ्चारकर्मीहरुसित कुरा गर्दै पार्टीभित्र जनगणतन्त्रबारे विवाद नभइ बहसमात्र भएको उहाँले दाबी समेत गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले जनगणतन्त्र तत्कालको लक्ष नभएको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले अहिले सबै दलहरुको सहमति र सहकार्य नयाँ संविधान बनाउने र त्यसलाई प्रगतिशील दस्तावेजका रुपमा विकास गर्न र त्यसलाई नयाँ संविधानमा रुपान्तरण गर्न दिशामा आफु लागेको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो- नयाँ संविधान निमार्ण गर्नु, शान्ति प्रक्रियालाई निस्कर्षमा पुर्‍याउने र कांग्रेसलाई सहकार्यमा ल्यायउने तीनवटा विषयमा म लागी परेको छु ।'उहाँले शान्ति प्रक्रियाई निस्कर्षमा पुर्‍याएर छिट्टै सेना समायोजन हुने पनि बताउनुभयो । त्यस्तै कांग्रेसलाई साथमा पुर्‍याउन छिट्टै गिरिजाबाबुसहित अरु नेताहरुसँग कुरा गर्न तयारीमा रहेको पनि प्रधानमन्त्री बताउनुभयो ।

No comments: