News

Oct 12, 2008

हतियारसहित चारजनालाई पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रहरीले रौतहटको चन्द्रनिगापुर गैडाटारवाट हतियारसहित चारजनालाई पक्राउ गरेको छ । राजमार्गमा लुटपाट गर्ने योजना वनाइरहेको आरोपमा प्रहरीले प्रेम लामा, छेदु दोर्जे लामा, रामबहादुर गोले, शेरवहादुर मगरलाई पक्राउ गरेको हो ।उनीहरुको साथवाट एक थान पेष्तोल, २ थान सकेट वम र घरेलु हतियार वरामद गरेको प्रहरीले जनाएको छ । यसैगरी प्रहरीले गौरवाट काठमाडौ आउदै गरेको बा२ख ७९२ नम्बर बसबाट १० लाख वरावरको अवैध समान बरामद गरेको छ ।यसैबीच अज्ञात समूहले सिरहाको तरेगना गोविन्दपुर गाविसवाट एक सर्वसाधारणको अपहरण गरेको छ । अज्ञात अतियारधारी समुहले पुण्यप्रसाद तिवारीको अपहरण गरेको प्रहरीले जनाएको छ ।

No comments: