News

Oct 13, 2008

जापानका नेपालीले सभासदहरुलाई साइकल उपहार दिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जापानमा बसिरहेका नेपालीहरुले नेपालका सभासदहरुलाई साइकल उपहारको घोषणा गरेका छन् । उनीहरुले कांग्रेस सभासद नवीन्द्रराज जोशीलाई टोकियोमा आयोजित कार्यक्रममा साइकल किन्न २२ हजार रुपैयाँ दिए । असोज १७ गते टोकियोको व्यस्त बजार सिनजुकुमा आयोजित कार्यक्रममा नेपाली जनसम्पर्क समिति, जापानका अध्यक्ष महेश श्रेष्ठले सो रहम हस्तान्तरण गर्नुभएको हो ।इच्छुक अन्य सभासदलाई पनि साइकल दिने घोषणा समेत गरिएको छ । यसका लागि जापानका नेपालीसँग चन्दा संकलन थालिएको सम्पर्क समितिले जनाएको छ । जापानमा अधिकांश साइकल चढ्ने गरेको उल्लेख गर्दै समिति अध्यक्ष श्रेष्ठले सभासदलगायत विशिष्ट व्यक्तिले यसको सुरुवात गर्ने हो भने राजधानीमा साइकल संस्कृति भित्र्याउन सकिने बताउनुभयो ।

No comments: