News

Oct 12, 2008

पर्यटकीय शहर दार्जिलिङमा बर्षैभर खानेपानीको अभाव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सीमापारीको पर्यटकीय शहर दार्जिलिङमा बर्षैभर खानेपानीको अभाव हुने गरेको छ । सानो क्षेत्रफल ओगटे पनि जनसंख्या अत्यधिक भएकाले खानेपानीको चर्को
अभाव हुने गरेको हो । पर्यटनको मुख्य मौसम सुरुसँगै दार्जिलिङमा खानेपानी समस्या भएपछि मुख्यगरी पर्यटक र होटल व्यवसायी बढी प्रभावित छन् । दार्जिलिङका करिव तीनलाख जनसाधारण अनि हजारौं पर्यटकलाई लक्षित गरी सिञ्चेल पर्वतबाट ल्याइएको पानी पाइपको खरावीले पूरै आपूर्ति हुन नपाएपछि पछिल्लोपटक समस्या उत्पन्न भएको हो । सो पर्वतस्थित पोखरीबाट पानी आपूर्ति गर्न बिछ्याइएका ठूल्ठुला पाइपहरुमध्ये एउटा आलुबारी खण्डमा चुँडिएर पानी बाहिरिएपछि खानेपानी समस्या भएको वितरण र व्यवस्थापनमा संलग्न दार्जिलिङ नगरपालिकाले जनाएको छ । मौसम अनुकूल भएकाले पर्यटकको आगमन दिनहु“ बढ्दै गरेको अवस्थामा खानेपानी अभाव ज्युँकात्युँ हुँदा होटल र रेष्टुरेन्ट व्यवसायी मारमा छन् । होटल व्यवसायी मणि प्रधान भन्नुहुन्छ- 'धारामा पानी नझरेपछि आजित भएर पर्यटकको सुविस्ताका लागि ट्याकर र ठेलागाडाबाट ओसारिएको पानी खरीद गर्नुपरने बाध्यता छ, प्रदुषित हुने भए पनि अभाव टार्न त्यस्तै पानी किनेर प्रयोग गर्नुपर्ने बाध्यता छ ।'नगरपालिकाले क्षत्रि्रस्त पाइप मर्मतसंभार गरेर पानी आपूर्ति सहज बनाउन ढिलाई गरेपछि हरेक होटल ट्यांकरले ओसारेको पानी चलाइरहेका हुन् । हिलकार्ट रोडस्थित होटल साकुराका सञ्चालक बालकृष्ण गुरुङका अनुसार, छ हजार लिटरको एक ट्यांकर पानीवापत आठसय रुपैंयाँ तिर्नुपर्छ । ट्यांकरबाहेक नेपाली भरियाले ठेलागाडामा ओसारेको पानी प्रयोग गर्नेको संख्या दार्जिलिङमा अत्यधिक छ । कागझोडास्थित लालहिटीको सार्वजनिक मुहानबाट गाग्रामा भरेको पानी घर घर पुर्याएर बेच्ने चलन पनि कायमै छ । यसमा मुख्यगरी महिलाहरु संलग्न छन् । पानी व्यापारमा संलग्न बिमली यल्मु भन्नुहुन्छ- 'रित्ता गाग्रा लिएर पानी भर्न मुहानमा भेला हुनेहरु अनगिन्ती हुन्छन्, जसले अर्डर गरेको हुन्छ उसको घरमा पानी पुर्‍याएर पैसा थापिन्छ । उपभोक्ताले एक गाग्रो पानीवापत ५ रुपैया“ तिर्नुपर्छ र गाग्रोबाट पानी ओसार्ने काममा धेरैजना महिला संलग्न छन् ।

No comments: