News

Oct 14, 2008

सेनालाई नेतृत्वदायी तहमा रहेर भूमिका निर्वाह गर्न आग्रह - परराष्ट्रमन्त्री

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
परराष्ट्रमन्त्री उपेन्द्र यादवले राष्ट्रसंघीय शान्ति सेनाको रूपमा विश्वका अत्यन्त जोखिमयुक्त राष्ट्रमा सेवा गर्दै आएको नेपाली सेनालाई समेत नेतृत्वदायी तहमा रहेर भूमिका निर्वाह गर्न र अन्य जवानको संख्या वृद्धि गर्न राष्ट्रसंघमा प्रस्ताव गरिएको बताउनुभएको छ ।राष्ट्रसंघको ६३औँ महासभामा भाग लिएर आज स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री यादवले भन्नुभयो- "नेपाली सेनाको संख्या हालको करिब तीन हजार ७०० बाट बढाएर पाँच हजार पुर्‍याउन राष्ट्रसंघमा प्रस्ताव गरिएको र त्यसमा राष्ट्रसङ्घीय उच्च अधिकारीहरू सहमत भएका छन् ।"उहाँले राष्ट्रसंघले सञ्चालन गरिरहेका मिसनमा नेपाली सेनाले शान्ति स्थापनामा पुर्‍याएको योगदानलाई कदर गरेर नेतृत्वदायी भूमिका निभाउन नेपाली सैनिक अधिकृतहरूको संख्या वृद्धि गर्न समेत राष्ट्रसंघ सहमत भएको जानकारी दिनुभयो ।

No comments: