News

Oct 13, 2008

एकअर्कालाई दोषारोपण गरेर गणतन्त्र संस्थागत गर्न नसकिने - राष्ट्रपति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रपति डा. रामवरण यादवले एकअर्कालाई दोषारोपण गरेर लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न नसकिने बताउनुभएको छ । लोकतान्त्रिक व्यवस्थामा मात्र जनता देशको मालिक हुने भएकाले सबै मिलेर लोकतन्त्र संस्थागत गर्नुबाहेक विकल्प नरहेको उहाँको भनाइ छ । राष्ट्रपति यादवले नेपाल भाषा साहित्य वृहत सम्मेलनलाई भक्तपुरमा सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुर्‍याएर सुन्दर, शान्त र समृद्ध नेपाल बनाउन एकजुट हुन पनि राष्ट्रपतिले सबैलाई आह्वान गर्नुभएको छ । बाह्रबुँदे सम्झौतादेखि हालसम्म दल तथा जनताको एकता र सहकार्यले गर्दा मुलुकमा ठूलो परिवर्तन भएको भन्दै यसबाट अन्तर्राष्ट्रिय जगतमा बेग्लै पहिचान बनाउन नेपाल सफल भएको यादवले बताउनुभयो । उहाँले भन्नुभयो- एकता र सहकार्यलाई टुट्न दिनु हुँदैन ।

No comments: