News

Oct 12, 2008

पूर्वी पहाडी जिल्लाहरुमा सशस्त्र प्रहरीको परिचालन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पूर्वी पहाडी जिल्लाहरुमा भूमिगत समूहहरुले सशस्त्र गतिविधि बढाएपछि सशस्त्र प्रहरीको विशेष टोलीहरु परिचालन गरिएको छ । खोटाङ, भोजपुर, ओखलढुंगा लगायतका पहाडी जिल्लामा टोली परिचालन गरिएको हो ।चन्दा माग्ने र धम्की दिने क्रम बढेपछि टोली परिचालन गरिएको बताइएको छ । करिब पाँचसयको संख्यामा परिचालित टोली हाललाई तिहारसम्मका लागि परिचालित हुने जनाइएको छ ।केही सातायता पूर्वी पहाडी जिल्लाहरुमा भूमिगत सशस्त्र संगठनहरुले हतियारसहित प्रदर्शन गर्ने क्रम तीव्र भएको छ । त्यस्ता समूहका कार्यकर्ताले धम्क्याएर सर्वसाधारणबाट चन्दा असुल्ने गरेको समेत पाइएको छ ।

No comments: