News

Oct 13, 2008

नेपाल र दक्षिण कोरियाका पराराष्टमन्त्री बीच भेटवार्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आज अक्टोबर १३ तारिख सोमबारका दिन नेपालका पराराष्टमन्त्री उपेन्द्र यादव तथा कोरियाका परराष्टमन्त्री यु म्योङृ व्हान बीच कोरियाको पराराष्ट मन्त्रालयको
कार्यकक्षमा भेटवार्ता गर्नु भयो । भेटको अवसरमा वहांहरु बीच द्धिपक्षीय क्षेत्रिय तथा अन्र्तराष्टिय बिषयहरुमा छलफल भएको थियो । मन्त्री यादवले नेपालको शान्ति प्रकि्रयामा हाल सम्म भएको प्रगतीको बारेमा जानकारी गराउनु भएको थियो । यस क्रममा कोरिया सरकारबाट भएको सहयोगको हार्दिक धन्यवाद दिदै आगामी दिनमा नेपाल र कोरिया बीचको पारस्परिक सहयोग अभिबृद्धि लगायत नेपालको आर्थिक विकासमा कोरियन सरकारको थप सहयोगको अपेक्षा रहेको कुरा व्यक्त गर्नु भयो । कोरियाका परराष्ट मन्त्री व्हानले नेपालले प्राप्त गरेको राजनैतिक उपलब्धीको प्रशंसा गर्दे नेपालको शान्ति प्रकि्रया तथा देशको पूर्वाधार विकासमा कोरिया सरकारले निरन्तर सहयोग गरि रहने कुरा व्यक्त गर्नु भयो । त्यस्तै कोरियाका मन्त्री व्हानले नेपाल र कोरिया बीचको सम्बन्ध अत्यन्तै समधुर रहेको कुरा उल्लेख गर्दे नेपालले कोरियालाई अन्र्तराष्टिय क्षेत्रमा पुरयाएको सहयोगको निम्ति धन्यवाद दिनु भयो । वहांले नेपालको पूर्वाधार विकास लगायत पर्यटन यातायात व्यापार तथा जलविधुत क्षेत्रमा सरकार तर्फबाट तथा निजि क्षेत्रलाई समेत प्रोत्साहित गर्ने कुरा स्पष्ट गर्नु भएको थियो । उक्त भेटमा नेपालको तर्फबाट मन्त्री यादव कोरियाका लागी नेपाली राजदुत कोईराला र उपनियोग प्रमुख खनाल रहेको थियो भने कोरियाको तर्फबाट मन्त्री व्हान दक्षिण एशिया प्रमुख एवम अन्य उच्च पदाधिकारीहरुको सहभागिता रहेको थियो । अन्तमा मन्त्री यादवले मन्त्री व्हानलाई नेपाल भम्रणको निमन्त्रणा गर्नु भएको थियो । मन्त्री व्हानले सो निमन्त्रणालाई सहर्ष स्वीकार गर्दे निकट भविष्यमा नेपाल भम्रण गर्ने ईच्छा व्यक्त गर्नु भएको थियो । मन्त्री यादवले आजै कोरियाका अन्र्तराष्टिय विकास सहयोग संस्था कोईका अध्यक्ष पार्क दे वान तथा एक्सप्रेस हाईवे करपोरेशनका अध्यक्षलाई भेटने कार्यक्रम रहेको र मन्त्री यादव आजै सांझ बैकक हुदै नेपाल प्रस्थान हुने योजना रहेको नेपाली दुतावासले जानकारी गराएको छ ।

No comments: