News

Oct 14, 2008

बाढीपीडितलाई राहत दिन आयोगको आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रिय मानव अधिकार आयोगले पर्याप्त राहत र सहयोगको अभावमा कैलालीका बाढी तथा डुबान प्रभावितहरुको दैनिक जीवन कष्टकर बन्दै गएकोमा चिन्ता व्यक्त गरेको छ । दसैँको अवधिमा बाढी प्रभावितहरुको मानवअधिकार अवस्थाबारे अनुगमनमा खटिएको आयोग टोलीले विस्थापित शिविरमा रहेका बालबालिका, सुत्केरी, गर्भवती र वृद्धवृद्धाको स्याहार हुन नसकेका आयोगले वताएको छ ।मानव अधिकार क्षेत्रीय कार्यालय नेपालगञ्जका संयोजक कोषराज न्यौपानेका अनुसार बाढी तथा डुबान पीडितहरुलाई तत्काल राहत पुर्‍याउन र सहयोगका अन्य कार्यक्रम लागु गर्न सरकारलाई सिफारिस गरिएको छ । महिनाको अहिलो हप्ता आएको बाढी तथा डुवानमा परी कैलालीमा १५ जनाको मृत्यु भएको थियो भने सयौँ घर परिवार विस्थापित भएका छन् ।

No comments: