News

Oct 14, 2008

देवकोटा जन्मजयन्तीको महोत्सवमा सहयोग गर्न आश्वासन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्तीको शताव्दि महोत्सवको लागि सहयोग गर्न आश्वासन दिनुभएको छ । देवकोटा शतवार्षिकी समितिका पदाधिकारीहरुसँग आज सोमबार भएको भेटमा प्रधानमन्त्री प्रचण्डले आफु पनि जन्मजयन्ती आयोजक भएको बताएको समिति सदस्य नरेन्द्रराज प्रर्साईले जानकारी दिनुभयो ।वालुवाटारमा भएको भेटमा समितिका सदस्यहरुले आगामी कात्तिक १२ गते लक्ष्मी पुजाको दिनदेखि एक बर्षसम्म मनाइने शतवारि्षकी महोत्सवको निम्तो दिएका थिए । महोत्सवमा महाकवि देवकोटाको जीवनी नेपाली र अंग्रेजी भाषामा प्रकाशित गर्ने, देवकोटाको जीवनी समेटिएको १० वटा कृति प्रकाशन गर्ने, विक्रम संवत २ हजारअघि जन्मेका एकसय अन्तर्राष्ट्रिय श्रष्टालाई राजधानीमा भेला पार्नेलगायतका कार्यक्रम तय गरिएको समितिले जनाएको छ ।

No comments: