News

Oct 14, 2008

नेपाली सभासदहरुको टोली जर्मनीमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जर्मनी र स्वीट्जरल्याण्डको संघीय व्यवस्थाबारे अध्ययन गर्न गएको संविधानसभाको प्रतिनिधिमण्डल हिजो सोमबार बर्लिन पुगेको छ । प्रतिनिधिमण्डललाई जर्मनीका लागि नेपालका राजदूत मदनकुमार भट्टराइले बर्लिन विमानस्थलमा स्वागत गर्नुभएको थियो । प्रतिनिधिमण्डलमा नेकपा माओवादीका दीनानाथ शर्मा, हितमान शाक्य र यशोदा सुवेदी, नेपाली कांग्रेसका विमलेन्द्र निधि, नरहरि आचार्य र लक्ष्मणप्रसाद घिमिरे, नेकपा एमालेका सुरेन्द्र पाण्डे, कृष्णप्रसाद सापकोटा र राधा ज्ञवालीका साथै मधेसी जनाधिकार फोरमका आत्मारामप्रसाद साह र सुरिताकुमारी साह संलग्न हुनुहुन्छ । साथै प्रमण्डलमा तराइ मधेस लोकतान्त्रिक पार्टीका रामकुमार शर्मा, सद्भावना पार्टीका सरोजकुमार यादव, नेपाल मजदुर किसान पार्टीका लीला न्याइच्याइँ र नेकपा मालेका निमल केसी खड्का पनि संलग्न हुनुहुन्छ । प्रमण्डलले जर्मनीको संघीय संसद, संघीय संवैधानिक अदालत, संघीय परराष्ट्र कार्यालय, क्षेत्रीय संसदलगायतको भ्रमणका साथै जर्मनीको तल्लो संसद बुण्डेस्ट्यागका सदस्यहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको बर्लिनस्थित नेपाली दूतावासले जनाएको छ । जर्मनीको आठदिने भ्रमणपछि नेपाली प्रमण्डल स्वीट्जरल्याण्डतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

No comments: