News

Oct 13, 2008

सरकारलाई पूर्ण सहयोग गर्ने अमेरिकी प्रतिवद्धता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दक्षिण एसिया हेर्ने अमेरिकी विदेश सहायकमन्त्री रिचर्ड बाउचरले अमेरिकाले निर्वाचित सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । माओवादी पार्टीसँगको सम्बन्धबारे भने अझै हेरेपछि मात्र परिवर्तन हुनसक्ने धारणा उहाँले व्यक्त गर्नुभएको छ ।विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष समूहको वार्षिक बैठकमा भाग लिन अमेरिका पुग्नुभएका अर्थमन्त्री बाबुराम भट्टराइसँग वासिङटनमा भएको कुराकानीमा बाउचरले अमेरिकी धारणा राख्नुभएको समाचार संस्थाहरुले जनाएका छन् ।वैठकमा बाउचरले भन्नुभयो- संविधानसभा निर्वाचनमा एमालेले बढी स्थान जित्छ भन्ने अनुमान भए पनि माओवादीले जितेकामा अचम्मित परेका छौं, हामी निर्वाचित सरकारलाई सहयोग गर्छौं तर पार्टीसँगको सम्बन्ध सुधारमा भने अझ पर्खेर हेर्छौं ।'माओवादी पार्टी र अमेरिकाको एक्जुकेटिभ अर्डर अन्तर्गत अझै आतंकवादी संगठनको सूचीमा छ । केही दिनअघि राष्ट्रसंघको बैठकमा भाग लिन न्युयोर्क जानुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले पनि बाउचरसँग छलफल गर्नुभएको थियो । प्रधानमन्त्रीले माओवादीलाई आतंककारी समूहको सूचीमा नराख्न आग्रह गर्नुभएको थियो ।

No comments: