News

Oct 12, 2008

अपराधी चार्ल्स शोभराजले नेपाली युवतीसँग विवाह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कुख्यात अपराधी चार्ल्स शोभराजले आफूभन्दा ४४ वर्षकान्छी नेपाली युवती निहिता विश्वाससँग विजयादशमीको दिन बिहीबार विवाह गरेका छन्।झन्डै ३३ वर्षघि पान्सबाट नेपाल घुम्न आएका शोभराजले एक अमेरिकी महिलालाई छुरा हानी हत्या गरेको अभियोगमा नेपाल प्रहरीले पक्राउ गरेको थियो। केन्द्रीय कारागारमा बन्दी जीवन बिताउँदै आएका शोभराजले विजयादशमीको दिनमा सामान्य किसिमले विवाह गरेका थिए। गुलाबी रंगको पाइन्ट र रातो टिर्सट लगाएर भाइ र आमाको साथमा निहिता केन्द्रीय कारागार पुगेकी थिइन्। जेलप्रशासनले निहितालाई आगन्तुकको रूपमा लबीसम्म जान अनुमति दिएको थियो। दुवैले लबीमै अंकमाल गरेर फूलमाला लगाइदिएका थिए। लामो समयदेखि बन्धनमा बाँधिएका निहिता र शोभराजले एकअर्कालाई प्रेमीप्रेमिका भएको र्सार्वजनिक गर्दै आएका थिए।

No comments: