News

Oct 13, 2008

एमालेमा आठौं महाधिवेशनबारे विवाद

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा एमाले केन्द्रिय कमिटी बैठकमा आठौ महाधिवेसनका लागि अहिलेको केन्द्रिय समिति विघठन गरेर आयोजक समिति बनाउने विषयमा विवाद उत्पन्न भएको छ । महासचिव झलनाथ खनालले आठौ महाधिवेसनका लागि आयोजक समितिको प्रस्ताव राख्नुभएको थियो भने वैठकमा बोल्ने अधिकांश सदस्यहरुले असहमति जनाएको बताइएको छ ।महासचिव खनालको प्रतिवेदनमा रहेको महाधिवेशन बारेको एजेन्डामा छलफलपछि आज सोमबारै त्यसको टुङगो लाग्ने बताइएको छ । एमालेको आठौ महाधिवेशन आगामी फागुन ५ देखि १० गते सम्म काठमाडैंमा हुँदैछ । त्यस्तै वैठकमा पार्टी पुनर्गठन र सुदृढीकरणका विषयमा पनि छलफल हुने जनाइएको छ ।सरकारमा आफ्नो उपस्थितिलाई थप बलियो बनाउने विषयमा पनिे वैठकमा छलफल हुने नेताहरुले जनाएका छन् । २० पृष्ठ लामो महासचिव खनालको प्रतिवेदनमा सरकारको कामको मूल्याङकन, माओवादी उग्रवामपन्थी भडकाउ, महाधिवेशन, राष्ट्रिय कार्यकर्ता भेला, संगठन सुदृढीकरण लगायतका ७ वटा विषय मुख्य रुपमा उठाइएका छन् ।

No comments: