News

Oct 13, 2008

सत्ता कब्जा गर्ने रणनीति कांग्रेसले प्रतिकार गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादीले आन्तरिक रुपमा सत्ता कब्जा गर्ने रणनीति बनाएको भन्दै नेपाली कांग्रेसले त्यसको प्रतिकार गर्ने जनाएको छ । माओवादीको असोज १७ देखि २१ गतेसम्म भएको केन्द्रिय समिति वैठकले पार्टीको कार्यदिशा तय गर्न कात्तिक २४ देखि २७ गतेसम्म राष्ट्रिय भेला बोलाउने भनी गरेको निर्णयलाई सत्ता कब्जा गर्ने आन्तरिक रणनीतिका रुपमा लिएको बताइएको छ ।माओवादी वैठकमा वर्तमान अवस्थामा लोकतान्त्रिक संघीय गणतन्त्र सुदृढ गर्ने कि जनगणतन्त्रलाई कार्यदिशा बनाउने भन्ने विषयमा चर्को बहस भएको थियो । स्रोतहरुका अनुसार माओवादीभित्र चलेको जनगणतन्त्रको बहसप्रति कांग्रेस संवेदनशील रहेको छ । कांग्रेसले माओवादीको सत्ता कब्जा गर्ने आन्तरिक रणनीतिप्रति पार्टी कार्यकर्ता र आमजनतालाई सतर्क बनाउन जनसभा, संगठन सुदृढीकरण अभियान लगायत कार्यक्रम गर्ने भएको छ ।

No comments: