News

Oct 12, 2008

अर्थमन्त्री र विश्व वैकका विरिष्ठ अधिकारीहरुबीच भेटवार्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अर्थमन्त्री डा. वावुराम भट्टराइ र विश्व वैकका विरिष्ठ अधिकारीहरुबीच भेटवार्ता भएको छ । विश्व वैक र अन्तर्राष्ट्रिय वित्तिय कोषको न्युयोर्कमा जारी वार्षिक वैठकका क्रममा अर्थमन्त्री भट्टराइले वैकका प्रंवन्ध निर्देशक, कार्यकारी निर्देशक र दक्षिण एसियाका उपाध्यक्षसंग भेट गर्नुभएको छ । वंैकका वरिष्ठ अधिकारीहरुसँग भएको भेटमा अर्थमन्त्री भट्टराइले नेपाललाई थप आर्थिक सहायता प्रदान गर्न आग्रहृ गर्नुभएको छ । द्वन्द्वपछिको नेपालको पुननिमार्णका लागि थप सहयोग आवस्यक रहेको भन्दै उहाँले सरकारले सार्वजनिक गरेको वजेट कार्यान्वयन गर्ने प्रतिवद्धता पनि जनाउनुभएको छ ।भेटमा वैकका वरिष्ठ अधिकारीहरुले भने भने वजेट सरकारी कार्यक्रममा सहकार्य भए सहयोग गर्ने आश्वासन दिएको समाचार एजेन्सीहरुले जनाएका छन् । वैकका अधिकारीहरुले सुशासन, भ्रष्टाचार निवारण सामाजिक सेवाको गुणस्तर अभिवृद्धि गर्न र निजी लगानीका लागि उपयुक्त वातावरण बनाउन सुझाव पनि दिएका छन् ।यसैगरी अर्थमन्त्री भट्टराइले विश्व वैक अन्तर्गतको व्यवसायिक कर्जा दिने अन्तर्राष्ट्रिय वित्त निगमका वरिष्ठ अधिकारीहरुसँग भेटी नेपालको पूर्वाधार विकास जलश्रोत र पर्यटन लगायतका क्षेत्रमा सहभागिता जनाउन आग्रह गर्नुभएको छ । यस्तै अर्थमन्त्री भट्टराइले एयियाली विकास वैक एडिवीका अध्यक्ष हारुहिको कुरुदोसँग पनि भेट गरी आर्थिक सहयता बढाउने विषयमा कुराकानी गर्नुभएको छ ।

No comments: