News

Oct 12, 2008

प्रधानमन्त्री आज सिरहा जाँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल विद्यालय भवन उद्घाटन गर्न आज आइतबार सिरहा जानुहुने हुने भएको छ । प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपाली संघ एनआरएनका अध्यक्ष उपेन्द्र महतोको परिवारको संलग्नता रहेको फुलकुमारी महतो ट्रष्टद्धारा बन्दीपुरमा निर्मित नेपाल राष्ट्रिय फुलकुमारी महतो उच्च विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्नुहुनेछ ।यसैगरी प्रधानमन्त्रीले सिरहाको कर्जन्हामा बन्न लागेको फुलकुमारी महतो परोपकार अस्पतालको शिल्लान्यास गर्ने कार्यक्रम पनि रहेको जनाइएको छ । गैरआवासीय नेपाली संघको दिवस २०६५ को अवसर पारेर अस्पतालको शिलान्यास र विद्यालय भवनको उद्घाटन गर्न लागिएको जनाइएको छ ।एनआएएन २०६५ को औपचारिक उद्घाटन भने भोलि सोमबार जनकपुरमा राष्ट्रपति डा. रामवरण यादवले गर्नुहुने भएको छ । भेलामा २० भन्दा बढी देशका ६० भन्दा बढी प्रतिनिधि र एनआएएन पदाधिकारी र गैरआवासीय नेपालीहरुको सहभागिता रहनेछ ।

No comments: