News

Oct 13, 2008

एमाले केन्द्रिय कमिटी बैठकमा महासचिवव्दारा प्रतिवेदन प्रस्तुत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा एमाले केन्द्रिय कमिटी बैठकमा महासचिव झलनाथ खनालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । बैठकमा भावी रणनीति, सरकारको मूल्यांकन, संविधान निर्माणमा पार्टीको भूमिकालगायत विषय समावेश गरिएको प्रतिवेदन प्रस्तुत भएको हो । एमाले स्रोतका अनुसार सेना समायोजन, संविधान निर्माणमा खेल्ने भूमिकालगायतका विषय महासचिवको प्रतिवेदनमा उल्लेख छ ।महासचिवको प्रतिवेदनमाथि आज सोमबारदेखि छलफल हुने जनाइएको छ । असोज ३० गतेदेखि सुरु हुने पार्टीको राष्ट्रिय सम्मेलनको एजेन्डा समेत महासचिवको प्रतिवेदनमा उल्लेख छ । स्रोतका अनुसार माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाललाई सरकार संचालनको साझा संयन्त्र, संविधान निर्माण मस्यौदा समितिको संयोजकका अलावा उपनिर्वाचनमा उम्मेदवारी दिन गरेको आग्रहबारे पनि जानकारी गराइएको छ ।

No comments: