News

Oct 12, 2008

एमाले केन्द्रिय कमिटीको वैठक राजधानीमा सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा एमाले केन्द्रिय कमिटीको वैठक आज आइतबारदेखि राजधानीमा सुरु हुने भएको छ । पार्टी केन्द्रिय कार्यालय बल्खुमा दिउँसो सुरु हुने बैठकमा ३० गतेदेखि सुरु हुने राष्ट्रिय कार्यकर्ता भेलाको तयारीका विषयमा छलफल हुने एमाले नेता अमृतकुमार वोहोराले जानकारी दिनुभयो ।बोहोरांका अनुसार वैठकले फागुनमा हुने महाधिवेशन र मुलुकको पछिल्लो राजनीतिक परिस्थितिका विषय तथा सरकारको काम कारबाहीबारे समीक्षा गर्नेछ । केन्द्रिय कमिटीको वैठकले राष्ट्रिय कार्यकर्ता भेलामा महासचिव झलनाथ खनालले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन समेत पारित गर्ने एमालेले जनाएको छ ।

No comments: