News

Oct 13, 2008

नेपालको विकासका लागि विश्वबैंकसँग ३४ अर्ब माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालले विश्व बैंकसँग तीन वर्षका लागि ३४ अर्ब रुपैयाँ सहयोग माग गरेको छ । वासिङटनमा रहेका अर्थमन्त्री बाबुराम भट्टराइले शिक्षा र स्वास्थ्यलगायत समाजिक क्षेत्रमा लगानी गर्नका लागि सो रकम माग गर्नुभएको हो ।अर्थमन्त्री भट्टराइले विश्व बैंकका प्रबन्ध निर्देशक नागोजी ओकोजासी इवेला र दक्षिण एसिया उपाध्यक्ष इजावेल गोइरेरोसँग भेट गरी सरकारले आफ्नो प्राथमिकतामा खर्च गर्न पाउने बजेट सहयोग माग गर्नुभएको हो । विश्व बैंकका अधिकारीले सरकारले चालू आर्थिक वर्ष बजेट र कार्यक्रममा प्राथमिकता दिएका आर्थिक सुधारलगायत करिब आधा दर्जन सर्त पूरा गरेमात्र यो सहयोग प्राप्त गर्न सक्ने जनाएका छन् ।बैठकका सहभागीका अनुसार बैंकले भ्रष्टाचार नियन्त्रण र सुशासन मुख्य सर्त बनाएको छ । प्रबन्ध निर्देशक इवेलाले नाइजेरियाको उदाहरण दिँदै भ्रष्टाचार गर्नेको नाम सार्वजनिक गरी यस्तो कामलाई निरुत्साहित गर्न सुझाव दिनुभएको थियो । सर्वसाधारणलाई दिने सरकारी सेवा प्रवाहको स्तरमा सुधार गर्नुपर्ने सुझाव पनि बैंकका अधिकारीले दिएका थिए । निजी क्षेत्रको लगानी र व्यवसायका लागि उपयुक्त वातावरण बनाउनुपर्ने बैंकको अर्को सर्त छ ।

No comments: