News

Oct 13, 2008

दुर्घटनामा पत्रकार युवराज घिमिरेको निधन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
झापाको चारपाने-१ मा आइतबार राति भएको सडक दुर्घटनामा पत्रकारको मृत्यू भएको छ । नेपाल पत्रकार महासंघ झापा शाखाका सदस्य तथा देशान्तर साप्ताहिकका समाचारदाता युवराज घिमिरको राति ९ बजे भएको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो ।बिर्तामोडबाट डाँगीबारीस्थित घर फर्कँदै गर्दा घिमिरे चढेको मे२प १६४ नम्बर मोटरसाइकललाई बा२ख ७९४ नम्बर बसले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते हुनुभएका पत्रकार घिमिरेलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

No comments: