News

Oct 13, 2008

कब्जा गरिएका घरजग्गा वैधानिक रुपले फिर्ता गर्ने - प्रचण्ड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिराहाको मिर्चैयामा कब्जा गरिएका घरजग्गा वैधानिक रुपले फिर्ता गर्न बताएका छन् । आइतबार सिरहा पुग्नुभएका प्रधानमन्त्रीले सञ्चारकर्मीको जिज्ञासामा यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो- 'वैधानिक ढंगले सरकारले प्रक्रिया थाल्छ,। तत्कालीन भूमिसुधारमन्त्री मातृका यादवको नेतृत्वमा मिर्चैयामा कब्जा गरिएको घरजग्गाबारे उहाँले सरकारले वैधानिक ढंगले सबै समस्याको हल गर्ने उल्लेख गरनुभयो । आर्थिक क्रान्ति सम्पन्न गरेरै छाड्ने दृढता समेत उहाँले व्यक्त गर्नुभयो । सिराहामा निर्माण सुरु गरिएको फूलकुमारी अस्पताल र विद्यालयको उदघाटन गर्दै उहाँले आर्थिक क्रान्तिको आधार तयार गर्न आफूले विदेश भ्रमण गरेको बताउनुभयो । 'आर्थिक क्रान्तिको समय आएको छ' उहाँले भन्नुभयो- 'आर्थिक क्रान्तिका लागि आधार तयार हँदैछ ।' देशमा राजनीतिक क्रान्ति सम्पन्न भएकाले आर्थिक क्रान्तिका लागि सबैले सहमति बनाएर जानुपर्ने बताउनुभयो ।देशको स्वास्थ्य र शिक्षालाई वर्तमान सरकारले प्राथमिकतामा राखेको उनको भनाई थियो । अस्पतालहरु गाउँ गाउँमा बन्नुपर्ने बताउनुभयो । सरकारले शान्तिसुरक्षा सुदृढ गर्न कुनै कसर बाँकी नराख्ने पनि उहाँले बताउनुभयो । गैरआवाशीय नेपाली महासंघका अध्यक्ष डा.उपेन्द्र महतोले आफ्नी आमा फूलकुमारी महतोको नाममा अस्पताल र विद्यालय निर्माण सुरु गरेका हुन् ।

No comments: