News

Oct 14, 2008

सरकारले गैरआवासीय नेपालीहरुलाई सर्तसहित दोहोरो नागरिकता दिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अर्थमन्त्री डा. बावुराम भट्टराइले सरकारले गैरआवासीय नेपालीहरुलाई सर्तसहित दोहोरो नागरिकता दिने बताउनुभएको छ । अमेरिकामा रहेका नेपालीहरुलाई आइतबार राति सम्वोधन गर्दै अर्थमन्त्री भट्टराइले एनआरएनहरुको लगानीका लागि सरकारले वातावरण बनाउने प्रतिवद्धता जनाउनुभयो ।उहाँले आर्थिक क्रान्तिसँगै अबको ८-१० वर्षभित्रमा नेपालमा कायपलट हुने दावी पनि गर्नुभयो । माओवादीका वरिष्ठ नेतासमेत रहेका मन्त्री भट्टराइले माओवादी वहुदलीय प्रतिस्पर्धाबाट पछि हट्न नसक्ने बताउनुभएको छ ।हिजोका कम्युनिष्ट एकदलीय शासनकालमा भएका गल्तीवाट पाठ सिक्दै कम्युनिष्टहरु पनि बहुदलीय प्रतिस्पर्धामा जानुपर्ने उहाँको भनाइ छ । चीन र रसियामा गरिएको शासन अब संसारमा असम्भव रहेको भन्दै उहाँले राजनीतिक प्रतिस्पर्धा र आधारभुत कुरामा सहमति गर्नेबीचको राजनीतिक प्रणाली खोजिनुपर्ने बताउनुभयो । मन्त्री भट्टराइले माओवादीले एकदलीय शासन लाद्न खाजेको भन्ने प्रचार गलत भएको समेत बताउनुभएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

No comments: