News

Oct 13, 2008

कुनै हालतमा वर्तमान सरकारमा नजाने - सुशिल कोइराला

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसलाई सरकारमा सहभागि गराउन प्रयासरत रहेको बेला त्यसका कार्यबाहक सभापति सुशिल कोइरालाले आफ्नो पार्टी कुनै हालतमा वर्तमान सरकारमा नजाने बताएका छन् । नेपाली कांग्रेसका कार्यबाहक सभापति सुशिल कोइरालाले माओवादी नेतृत्वको वर्तमान सरकारमा आफ्नो पार्टी सहभागि नहुने बताएका छन् । असोज २७ गते राजधानीमा रिपोर्टस क्लबले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै कोइरालाले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जति नै खुसामद गरे पनि आफ्नो पार्टी प्रतिपक्षमै बस्ने स्पष्ट पारे । 'प्रतिपक्षमा बस्ने पार्टीको आधिकारिक निर्णय हो, सरकारलाई गुण दोषका आधारमा समर्थन हाम्रो समर्थन रहन्छ' कोइरालाले भने । प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई सरकारमा सामेल गराउन एमालेका पूर्व महासचिव माधवकुमार नेपाललगायतसँग सहयोग मागिरहेकोबेला नेपाली कांग्रेसका कार्यबाहक सभापतिको यस्तो भनाई आएको हो । कांग्रेस कार्यबाहक सभापति कोइरालाले वर्तमान सरकारको मूख्य काम नयाँ संविधान निर्माण गर्नु भए पनि सरकारले त्यसमा ध्यान नदिएको उल्लेख गर्दै दुई वर्षभत्र वर्तमान सरकारले संसदीय चुनाव गर्नुपर्ने धारणा राखे । सेना समायोजनलाई आफ्नो पार्टीले कुनै हालतमा नस्विकार्ने स्पष्ट पार्दै कोइरालाले माओवादी लडाकूलाई औद्योगिक सुरक्षाबल तथा बैदेशिक रोजगारीमा पठाउन सकिने धारणा राखे । 'कब्जा गरिएका सम्पति अझै फिर्ता नभए हामी अब संयुक्त राष्ट्र संघमा जानेछौं' कोइरालाले भने।

No comments: