News

Oct 30, 2008

राष्ट्रिय संवत् घोषणा राष्ट्रियताको विजय - हिसिला यमी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पर्यटनमन्त्री हिसिला यमीले मन्त्रिपरिषद्को निर्णयबाट नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गर्नु राष्ट्रियताको सवालमा ठूलो विजय भएको बताउनुभएको छ।मन्त्री यमीले पर्यटन विकास र नेपाल संवत् विषयक अन्तरक्रिया कार्यक्रममा भन्नुभयो- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ले ११२९ वर्षघि प्रारम्भ भएको नेपाल संवत्लाई व्यावहारिक रूपमा नै प्रयोग गरी नया नेपालको सूत्रपात गर्नुहुनेछ।’र्ँपर्यटन विकास बोर्डद्वारा मंगलबार आयोजित सो कार्यक्रममा मन्त्री हिसिला यमीले आज म्हपूजाका दिन प्रधानमन्त्री प्रचण्डद्वारा चियापानको कार्यक्रम राख्नु, आफनो लेटर प्याड र सरकारी हरेक कार्यालयमा नेपाल संवत्को तिथिसहित प्रयोगका लागि गृहकार्य थाल्नु राष्ट्रभित्र राष्ट्रियता बलियो बन्दै जानुको लक्षण भएको स्पष्ट पार्नुभयो।नागरिक समाजका अगुवा तथा नेवाः देयः दबूका अध्यक्ष मल्ल के सुन्दरले नेपाल संवत्का संस्थापक संखधर साख्वाको योगदानलाई देशभित्र मात्रै नभई विदेशमा समेत प्रचार-प्रसार गरी पर्यटकहरू आकषिर्त गर्न उपयोग गर्नेतर्फ सोच्नुपर्ने बताउनुभयो।पर्यटन सचिव रामचन्द्रमान सिंह, पर्यटन बोर्डका अध्यक्ष प्रचण्डमान श्रेष्ठ र न्हुद समारोह समितिका अध्यक्ष प्रा. माणिकलाल श्रेष्ठलगायतले नेपाल संवत् र राष्ट्रिय विभूतिबारे विस्तृत अनुसन्धान सरकारले थाल्नुपर्ने कुरामा जोड दिनुभयो भने मानवअधिकारवादी पद्मरत्न तुलाधरले ने.सं. १०७१ मा प्रेमबहादुर कसाः र मदन लोचनसिंहद्वारा भारतमा स्थापित च्वसापासाको माध्यमबाट नेपाल संवत्को नया वर्षमनाउने अभियान शुरू भएको बताउनुभयो।यसैबीच नेपाल संवत् नया वर्षको उपलक्ष्यमा सभासद् नवीन्द्रराज जोशीले मंगलबार चियापान समारोहको आयोजना गर्नुभएको छ।यसै अवसरमा नेपाल भाषा र संस्कृतिको क्षेत्रमा लामो समयदेखि पत्रकारिताको माध्यमबाट योगदान पुर्याउदै आइरहेको देशय मरु झयाः साप्ताहिक र सन्ध्याटाइम्स दैनिकलाई सम्मान गरेको छ।पूवर्मन्त्री तथा सभासद् प्रकाशमान सिंह, रामचन्द्र पौडेल, शम्भु हजरा पासवान, शोभाकर पराजुलीलगायतको उपस्थितिमा देशय मरु झयाःका प्रतिनिधि सुगतरत्न सिन्दुराकार र सन्ध्या टाइम्सका सम्पादक सुरेशकिरण मानन्धरलाई खादा ओढाएर सम्मान गरिएको थियो।

सप्तकोसी विस्थापित परिवारलाई तिहार खल्लो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सप्तकोसी नदीको तटबन्ध भत्किएर विस्थापित परिवारलाई सरकारले चार्डपर्व खर्च नदिएपछि तिहार खल्लो भएको छ । भदौ २ गते सुनसरीको पश्चिम कुसाहामा नदीको तटबन्ध भत्किएर विस्थापित भई विभिन्न शिविरमा बस्दै आएका सुनसरीको हरिपुर, श्रीपुर, लौकही र भन्टाबारीका परिवारलाई सरकारले तिहारमा पनि चार्डपर्व खर्च नदिएपछि पर्व खल्लो भएकोउनीहरूले बताएका छन् । दशै तिहार खर्च पटकपटक माग गर्दा पनि नदिएपछि नरमाइलो ढंगले बितेको बताउदै श्रीपुरका विजय रामले भने, 'सरकारले तिहारमा त चार्डपर्व खर्च दिन्छ भन्ने सपना सोचेका थियौं, सपनाको महल भताभुंग भयो, तिहार पनि खल्लो भयो ।'

संरक्षण क्षेत्रबाट उम्केर आउने वन्यजन्तुले बासिन्दाहरुलाई हैरान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संरक्षण क्षेत्रबाट उम्केर आउने वन्यजन्तुले बालीनाली खाइदिनाले ताप्लेजुङको लेलेप र तापेथोक गाविसका बासिन्दा हैरान छन् । त्यसरी दुख दिने वन्यजन्तुलाई मार्ने समेत गरिएकाले संरक्षणको अभियानसमेत जारी छ । अभियान सुरु भएपछि गाउँलेमा तिनको संरक्षण गर्नुपर्छ भन्ने चेतना पुगेको छ ।ताप्लेजुङका दुर्गम चार गाविस समेटिएको क्षेत्रलाई कन्चनजंघा संरक्षणक्षेत्र बनाएर कार्यक्रम थालिएपछि गाउँलेलाई वन्यजन्तु संरक्षणबारे चेतना दिन थालिएको हो । संरक्षण क्षेत्र आसपासका बासिन्दालाई थप सक्रिय बनाएर दुर्लभ तथा महत्वपूर्ण वन्यजन्तुको रक्षा गर्नुपर्ने एक अध्ययनकर्ताले सुझाएका छन् ।कन्चनजंघा संरक्षण क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्व विषयमा ६ महिना लगाएर अध्ययन गरेका पोखरास्थित वन विज्ञान अध्ययन संस्थानका विद्यार्थी अम्बिका खतिवडाले यस्तो सुझाएका हुन् । उनका अनुसार दशकअघि संरक्षण कार्यक्रम सुरु भएपछि वनक्षेत्रमा चरन स्थान कम भएकाले जन्तुहरु गाउँ छिर्न थालेका हुन् । मृग, घोरल, बाँदर, काला, कालोभालु, किटकटे चरा, दुम्सी, काजिल आदि वन्यजन्तु तथा चराले गाउँलेका बालीनाली क्षति पुर्‍याउने गरेका छन् । कहिलेकाहिँ गाउँलेमाथि पनि आक्रमण हुने गरेको छ ।जंगल बढेर ठूला जन्तुबाट साना जन्तु असुरक्षित भएपछि गाउँ पस्न थालेको समेत पाइएको छ । यस्तै पानी खानका लागि गाउँ निस्कने गरेका वन्यजन्तुहरुले रातिको समयमा क्षति पुर्‍याउने गरेको खतिवडाले बताए । उनको अध्ययनअनुसार गतवर्षआसपास गाउँमा औसत ४९ दशमलव ८ प्रतिशत बाली वन्यजन्तुले क्षति गरेको छ । वन्यजन्तुको हानीका कारण ४६ प्रतिशत स्थानीयले ५ देखि १० रोपनीसम्म जग्गा बाँझै छाडेका छन् । ८८ प्रतिशत स्थानीय बासिन्दाको भनाइमा दशकयता वन्यजन्तुबाट हुने हानी नोक्सानी बढ्दै गएको छ ।नक्कली मान्छे बनाउने, बार बार्ने, याक्सामा बसेर रुंग्ने, फकफकेले तर्साउने जस्ता स्थानीय तरिकाहरु अपनाएर वन्यजन्तुलाई लखेट्ने गरिएको छ । जंगली जन्तुहरु यस्ता तरिकाहरुसँग धेरै परिचित भइसकेका कारण आजकल सजिलैसँग त्यस्ता तर्साउने तरिकाहरुलाई बेवास्ता गर्दै बालीनाली हानी गर्ने गरेको पाइएको खतिवडाको निर्क्योल छ ।यसैबीच, हिउँ चितुवा र चौंरीपालकबीचको द्वन्द्व न्यूनीकरण गर्नका लागि विश्व वन्यजन्तु कोष नेपालले लेलेपको माथिल्लो क्षेत्र घुन्सामा हिउँ चितुवा संरक्षण उपसमितिमार्फत पशुधन विमा कार्यक्रम सञ्चालन गर्दैआएको छ । डिसेम्बर २००५ बाट सुरु उक्त कार्यक्रममा हालसम्म ३६ घरधूरीका ५ सय ३० याकहरुको विमा गरिएको खतिवडाले बताए । विमावापत ७१ हजार ९ सय ९५ रुपैयाँ संकलन भएको छ । कोषले एकमुष्ठ १२ लाख रुपैयाँ सदरमुकाम फुङलिङस्थित बैंकमा जम्मा गरिएको छ ।उक्त रकमको ब्याजबाट आर्थिक वर्ष २००५ सम्म चौंरीका चारवटा बाच्छा, २००६, ७ मा ६ वटा र ७/८ मा १० वटा गरी जम्मा हिउँचितुवाले मारेका २४ वटा चौंरी बाच्छाको क्षतिपूर्ति हिउँचितुवा संरक्षण समितिले उपलब्ध गराइसकेको छ । हिउँ चितुवा संरक्षण समिति अध्यक्ष- हिमाली चोङदु शेर्पाका अनुसार अधिकांश चौंरीपालकहरु विमा कार्यक्रमबाट उत्साहित भएका छन् । 'कार्यक्रम लागू हुनुपूर्व कुनै प्रकारको क्षतिपूर्ति पाउँदैनथे' उनले भने- 'कार्यक्रम लागू भएपछि भने अधिकांशले केही पनि नहुनुभन्दा केही हुनु राम्रो भएको बताउन थालेका छन् ।'विमा कार्यक्रमले हिउँचितुवा संरक्षणमा टेवा पुर्‍याएको अनुसन्धाता खतिवडाले बताए । यसलाई अझ व्यवस्थित गर्न हिउँचितुवा अनुगमन समितिलाई थप सुविधा दिइ चौंरीपालकहरुलाई संलग्न गराउन आवश्यक रहेको उनको अध्ययनको ठहर छ ।

दीघार्युको कामनाका साथ टीका लगाइ भाइटीका मनाइँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हिन्दुको महान् चाड तिहारको अन्तिम दिन आज बिहीबार परम्पराअनुसार दिदीबहिनीबाट आफ्ना दाजुभाइको सुख, समृद्धि तथा दीघार्युको कामनाका साथ
टीका लगाइ भाइटीका मनाइँदैछ । भाइटीकाका लागि बिहान ११ बजेर ४५ मिनटदेखि ११ बजेर ५५ मिनटेसम्मको समय उत्तम रहेको नेपाल ज्योतिष परिषद्ले जनाएको छ । दिदीबहिनीले आफ्ना दाजुभाइलाई टीका लगाइदिँदा धार्मिक विधिअनुसार मण्डप बनाइ अष्टचिरञ्जीवीको पूजाका साथ त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाई नओइलाउने दुबो, मखमली र सयपत्री फूलको माला लगाइदिएर चिरायुको कामना गर्छन् ।सत्ययुगमा बहिनी यमुनाले दाजु यमराजलाई निम्ता गरी पूजाआजाका साथ विभिन्न प्रकारका खानेकुरा खुवाएकाले खुसी भई बहिनीको इच्छानुसार मानिसले पनि दिदीबहिनी तथा दाजुभाइले परस्परमा पूजाआजा गरी इच्छासिद्धि गर्न पाउन् भनी यमराजले वरदान दिएकाले त्यसै बेलादेखि कात्तिक शुक्ल द्वितीयाका दिन भाइटीका गर्ने परम्परा बसेको धार्मिक विश्वास छ ।एकपटक भाइटीकाकै दिन आयु समाप्त भइसकेको आफ्नो भाइलाई यमराजसहित उनका दूतले लिन आउँदा दिदीले भाइपूजा गरी तेल नसुकुन्जेल र मखमलीको माला नओइलाउन्जेल नलैजान यमराजलाई वाचा गराएअनुरूप भाइले दीर्घजीवन पाएको पौराणिक किंवदन्तीअनुसार पनि दाजुभाइको दीर्घायुको कामना गर्दै दिदीबहिनीले भाइटीका लगाउने परम्परा चल्दै आएको बताइन्छ ।दिदीबहिनीले आफ्ना दाजुभाइलाई सात रङका टीका लगाई सगुन, मिठाइ, फलफूल, ओखर, कटुस र मसलाका साथै सेलरोटी दिने चलन छ । दिदीबहिनीले टीका लगाई दिएपछि दाजुभाइले आफ्नो गच्छेअनुसार दक्षिणा तथा उपहार दिने गर्छन् । दिदीबहिनी नभएका दाजुभाइले टीकाका दिन निधार खाली नराख्न तुलसीको डाँठले आफैँ टीका लगाउने पनि चलन छ भने कसैकसैले धर्म दिदीबहिनी बनाई तिनीहरूबाट टीका लगाउने पनि गर्दछन् ।दाजुभाइ नहुने दिदीबहिनी तथा अरूले काठमाडौँस्थित रानीपोखरीको बीचमा अवस्थित मन्दिरमा गइ दर्शन गर्छन् । उक्त मन्दिर प्रत्येक वर्ष भाइटीकाकै दिनमात्र सर्वसाधारणका लागि खुला गरिन्छ । साथै काष्ठमण्डप मन्दिरमा अञ्जली दिदीले दिदीबहिनी नभएका वा टाढा भएका दाजुभाइलाई सामूहिक भाइटीका लगाइदिने गर्नुभएको छ ।

कमरेड सीपी गजुरेल र कोरियाका नेता तथा पूर्व राष्ट्रपति बीच भेटघाट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आज अक्टुबर २९ तारिख बुधबारका दिन नेकपा माओवादीका केन्द्रीय सदस्य तथा पोलिटब्युरो सदस्य एवम् बिदेश बिभाग प्रमुख कमरेड सी पी गजुरेल र कोरियाका
पूर्व राष्ट्रपति उम्मेदवार लि ह्वे छाङ बीच कोरियाको संसद भवनमा एक मैत्रीपूर्ण भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।Grand National Party-Hannara का पूर्व संस्थापक तथा हाल आफ्नो स्‍वतन्‍त्र पार्टी Liberty Forward Party का संस्थापक एवम् कोरियाका सम्पुर्ण राजनैतिक दलहरुका लिडर समेत रहनु भएका नेता लि ह्वे छाङ र क. सी पी गजुरेल बीचको उक्त राजनैतिक भेटघाट कार्यक्रममा सी पी गजुरेलद्धारा नेकपा माओवादीका कारण नेपालमा राजनैतिक परिवर्तन भएको र हाल नेकपा माओवादीको नेतृत्वमा प्रमुख जिम्मेवारी वहन गरी नेपालको ऐतिहासिक संविधान निर्माणमा जुटेको कुरा उल्लेख गर्नुभएको थियो । त्यसैगरि नेता गजुरेलले नेपालको राजनैतिक आर्थिक बिकासको निमित्त कोरियाको भूमिका महत्वपुर्ण हुने र निरन्तर सहयोगको अपेक्षा रहने कुरा बताउनु भएको थियो भने कोरियन नेता लि ह्वे छाङले नेपालको बिकासको निम्ति कोरियाको तर्फबाट जुनसुकै आर्थिक र राजनैतिक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुका साथै नॆपालमा हालै भएको राजनैतिक परिवर्तन आफु र आफ्नो पार्टीलाई स्वीकार योग्य भएको कुरा ब्यक्त गर्नु भएको थियो ।लगभग ४० मिनेट जतिको छलफल भएको उक्त भेटघाटका क्रममा नेता लि ह्वे छाङले नेपालमा राजतन्त्रको अन्त्य बारे जिज्ञासा पोख्नु भएको थियो र एकपटक जसरी पनि आफु नेपाल घुम्न जाने ईच्छा भएको कुराको खुलासा गर्नु भएको थियो । नेता लि ह्वे छाङको उक्त ईच्छालाई आत्मसात गर्दै कमरेड सी पी गजुरेलले "तपाईलाई नेपालमा हृदय देखि स्वागत गर्दछौं" भन्नु भएको थियो । उक्त भेटघाट कार्यक्रममा नेता सी पी गजुरेलका साथ नेपाली जनअधिकार मन्च, दक्षिण कोरियाका सल्लाहकार गगन पुन, एन आर एन कोरियाका सह सचिव बिनोद कुंवरको पनि उपस्थिती रहेको थियो । सो भेटघाट कार्यक्रम नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका सदस्य सुबिन्द्र बुढा मगरद्धारा मिलाइएको थियो । स्मरणनीय रहोस् नेता सी पी गजुरेल नेकपा माओवादीका भातृ संगठन नेपाली जनअधिकार मन्च, दक्षिण कोरियाको प्रथम अधिवेशनलाई संवोधन गर्ने क्रममा दक्षिण कोरिया आउनु भएको थियो भने वहांको भोली बिहिबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रचण्डलाई विगतमा गरेका प्रतिबद्धता पुरा गर्न आग्रह - वान कि मुन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विगतमा गरेका प्रतिबद्धता पुरा गर्न आग्रह गर्नुभएको छ । मुनले मंगलबार जारी गर्नुभएको विज्ञप्तिमा प्रधानमन्त्री प्रचण्डले विगतमा बहुदलीय प्रजातन्त्र र मानव अधिकार रक्षाका लागि गरेका प्रतिबद्धता पुरा गर्न आग्रह गर्नुभएको हो ।उहाँले कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको शान्ति प्रक्रियालाई निस्कर्षमा पुर्‍याउन संविधान निर्माणमा सहयोग गर्ने भनाइको स्वागत गर्नुभएको छ । साथै नेपालको शान्ति प्रक्रियालाई निस्कर्षमा पुर्‍याउन सम्बन्धित राजनीतिक दल तथा अन्तर्राष्ट्रिय समुदायसँग आग्रह पनि गर्नुभएको छ । महासचिव मुन आज बुधबार फिलिपिन्स हुँदै भोलि बिहीबार नेपाल आइपुग्ने कार्यक्रम रहेको छ । दुइ दिनसम्म नेपालमा रहनुहुने मुनले माओवादी सेनाका शिविरहरुको निरीक्षण गर्नुका साथै राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री प्रचण्ड, सभाअध्यक्ष सुवासचन्द्र नेम्वाङ लगायतलाई भेट्ने कार्यक्रम रहेको जनाइएको छ ।

बिशेष समितिमा काग्रेसलाई ल्याउने तयारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गृहमन्त्री बामदेव गौतमले सेना समायोजनका लागि गठित बिशेष समितिमा काग्रेसलाई ल्याउने तयारी भइरहेको बताउनुभएको छ । विराटनगरमा आज बुधबार पत्रकारहरुसँग कुरा गर्दै गौतमले काग्रेसलाई समितिमा ल्याएर समितिलाई पूर्णता दिइने र काम थालिने जानकारी दिनुभयो । कोशी बाढी पीडितहरु रहेको सुनसरीको चतराक्षेत्र निरीक्षणकालागि जानुअघि गृहमन्त्री गौतमले तराइका सशस्त्र समूहसँग छिट्टै वार्ता हुने बताउनुभयो ।

Oct 29, 2008

गोवर्धन पूजा गोरु पूजा र म्ह पूजा गरिँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालीकहरुको दोस्रो महान् चाड तिहारको चौथोदिन आज बुधबार देशभर परम्पराअनुसार गोवर्धन पूजा, गोरु पूजा र म्ह पूजा गरिँदैछ । आजै आ-आफ्नो आँगनमा लिपपोत गरी गोवर्द्धन पर्वतको प्रतीकका रूपमा गाइको गोवरले पर्वतको आकृति बनाई गोवर्धन पूजा गरिन्छ ।द्वापरयुगमा भगवान् श्रीकृष्णले आफ्नै हातले गोवर्द्धन पर्वत उचाली गोकुलवासीहरूलाई वर्षाबाट बचाई इन्द्रको घमण्ड नष्ट गरिदिनुभएकाले त्यसै बेलादेखि गोवर्द्धन पर्वतकोे पूजा गर्ने चलन चलेको हो भन्ने धार्मिक विश्वास रहेको छ । यसैगरी वर्षभरी हलो र गाडा तानेर मानिसको उपकार गरेको गोरुको पनि आजै पूजा गरिन्छ । यस्तै आजै नेवार समुदायमा पनि साँझ परिवारका सम्पूर्ण व्यक्ति बसी म्हपूजा अर्थात् आत्मपूजा गर्ने चलन छ । संसारमा सबैभन्दा महत्वपूर्ण आत्मा हो। आत्मा सन्तुष्ट भए देवता खुसी हुन्छन् र सबै काम फलिफाप हुनुका साथै जीवन पनि सार्थक हुने विश्वासका साथ यो पूजा गरिँदै आएको पाइन्छ ।

साउदी अररेबियामा ४०० नेपालीहरुको आन्दोलन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मुस्लिमहरुको कट्टर देश साउदी अरेबियाको एक कम्पनी अरेबियन फालमा काम गर्ने करिब ४०० नेपालीहरुले हिजो अक्टोबर २७ का दिन काम ठप्प पारे । अस्ति दिउँसो ३ बजे डिउटीबाट फर्किएका सयौ कामदारहरुलाई क्याम्पबोस मोति गिरिले लामो समयसम्म लाइन बसाएर बार्निङ मेमो बाँड्दा कामबाट थकित भई फर्किएका नेपालीलहरु छिटो जान खोज्दा धक्का धक्की भई क्याम्पबोसको आदेशमा सेक्युरिटीले कामदारहरुमाथि लाठी बर्उदा प्रति उत्तरमा नेपाली कामदारहरुले दुदैलाई पिटियो ।कुरा यतिमा मात्र सीमित रहेन करिब ६ बजे क्याम्पबोसले केही ब्यक्तिहरुको अकमा र आइडी लिई म्यानेजमेन्टलाई बुझाउने कोशिस गर्दा बाँकी कामदारहरु जम्मा भई क्याम्प भित्र नै प्रदर्शन शुरु भयो सबैले आ-आवफ्नो आइडी, अक्कमा म्यानेजमेन्टलाइ बुझाए ।त्यस पश्चात बिभिन्न ११ वटा माग राखी अक्टोबर २७, २००८ मा काम गर्न नजाने-स्टाइक) गर्ने लिखित निर्णय म्यानेजमेन्टलाइ बुझायो । अक्टोबर २६ २००८मा रात भरी म्यानेजमेन्ट र कामदारबीच पटक पटक बार्ता हुने ठाँउमा मूख्य बिषयलाइ सम्बोधन नगरेपछि अक्टोबर २७को स्टाइक कायम नै रहयो । ४०० भन्दा बढी नेपाली तथा १०० को हराहरीमा श्रीलंकनहरु काममा गएनन् ।काम रोकिनुका मूख्य बिषयहरुमा

१ ३०% तलब बृद्धि हुनुपर्ने

२ 3yrs contracts लाई 2yrs मा परिणत गर्नु पर्ने

३ Emergency Vacation तुरुन्तै पाउनुपर्ने आदि ११ बुदे मागहरु राखिएको थियो ।माथिका मुख्य बिषयहरुलाई वास्ता नगरिएपछि बार्ता बाराम्बार भंग भइरहयो । बीचबीचमा प्रहरीको सहायताले कम्पनीले धम्काउने कोशिस गरेपनि नेपालीहरु पछाडी हटेनन् ।त्यसपछि श्रीलंकनले पनि साथ दिए फिलिपिनोहरुपनि काम छोडेर आन्दोलनमा सपोर्टको रुपमा अडिएपछि भने म्यानेजमेन्टको झुक्नु सिवाय अर्को बिकल्प रहेन

१ Salary increament मा up to 500 SAR हुनेलाई 25% 501/- 800 SAR हुनेलाई 20%801/- 1000 SAR हुनेलाई 15% Above 1000 हुनेलाई 10% दिने कुरामा सहमति भयो ।Emergency Vacation मा परिणत गरियो । Emergency Vacation लाई allow गरियो ।camp boss तथा साइटमा अनियामित गरि घुस लिएर नेपालीहरु तथा अन्य कामदरहरुलाइ ओभरटाइम दिने गरेको भन्ने आरोप लागेका २ नेपाली र एक भारतीयलाई म्यानेजमेन्टले Enquiry गर्ने भएको छ । दोषी ठहरीए कार्बाही हुने तथा साउदी नियमको बिरुद्ध काम भएकोले जेल जाने सम्भावन बताइन्छ ।

राजदूत फिर्तासम्बन्धी प्रस्ताव केही दिनका लागि रोकियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारमा सामेल पार्टीबीच सैद्धान्तिक सहमति बन्न नसक्दा मन्त्रिपरिषद्मा प्रस्तुत गरिने भनिएको राजदूत फिर्तासम्बन्धी प्रस्ताव केही दिनका लागि रोकिएको छ। भारत, अमेरिका र बेलायतका लागि नेपाली राजदूत क्रमशः दुर्गेशमान सिंह, डा. सुरेशचन्द्र चालिसे र मुरारिराज शर्मालाई फिर्ता बोलाउनेसम्बन्धी प्रस्ताव गएको शनिबार बसेको मन्त्रिपरिषद्को बैठकमा पहिलो पटक छलफलका लागि प्रस्तुत गरिने तयारी गरिएको थियो। तर शनिबार पार्टीबीच सहमति बन्न नसकेपछि प्रस्ताव सोमबारको मन्त्रिपरिषद् बैठकका लागि सारिएको थियो। सोमबार पनि सो विषयमा निर्णय हुन सकेन र मंगलबार छलफल गरिने पार्टीबीच सहमति बनेको थियो। मंगलबार पनि पार्टीबीच सैद्धान्तिक सहमति बन्न नसकेपछि तत्काल केही दिनका लागि सो प्रस्ताव रोकिएको स्रोतको दाबी छ।पहिलो चरणमा नेपाली कांग्रेसको सिफारिसमा भारत, अमेरिका र बेलायतमा कार्यरत राजदूतहरूलाई मात्र फिर्ता बोलाइने प्रस्ताव तयार गरिएको थियो’, स्रोत भन्छ- तर सरकारमा सामेल पार्टीबीच नै नेपाली कांग्रेसको सिफारिसमा नियुक्त सबै राजदूतलाई एकसाथ फिर्ता बोलाउने वा पहिलो चरणमा ३ जना राजदूतलाई मात्र फिर्ता बोलाउने भन्नेसम्बन्धमा विवाद बढेपछि राजदूत फिर्ता प्रस्ताव केही दिनका लागि रोकिएको हो।’फिर्ता बोलाउने भनिएका राजदूतहरूको नियुक्ति संसदीय सुनुवाइबाट भएकाले पनि वर्तमान सरकारलाई राजदूतहरू फिर्ता गर्न अप्ठयारो परेको स्रोत बताउँछ। के आधारमा कुन-कुन राजदूत फिर्ता गर्ने भन्ने पार्टीबीच सैद्धान्तिक सहमति बन्न सकेको छैन’ -स्रोत बताउँछ। राजदूतहरूलाई चरणबद्ध रूपमा फिर्ता बोलाउने काम व्यावहारिक नहुने आवाज केही मन्त्रीहरूले मन्त्रिपरिषद् बैठकमा उठाएका थिए।भारत, अमेरिका र बेलायतले नेपालसँग आर्थिक तथा राजनीतिक रूपमा महत्त्वपूर्ण कुटनीतिक सम्बन्ध राख्ने भएका कारण पनि यी देशमा राजनीतिक पार्टीबीचच कुन देशमा कस्को सिफारिसमा राजदूत नियुक्त गर्ने भन्ने पनि सहमति बन्न अप्ठयारो भएको स्रोत जनाउँछ।

हङकङमा महाकवि देवकोटाजयन्ती २००८ सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
भाषा जातिको प्राण हो । भाषा समाज निर्माणको आधार हो । भन्ने नारा लिई हङकङेली नेपाली समाज तथा यहाँको विभिन्न विद्यालयहरुको संलग्नतामा
महाकवि लक्ष्मीप्रसाद देवकोटाको शतवर्षीय जन्मजयन्ती लक्ष्मीपूजाका दिन अर्थात २८ अक्टोर साँझमा युनलङ टाउन हल हङकङमा गएको वर्षरुमा जस्तै भव्यरुपमा सम्पन्न भएको छ । विभिन्न विद्यालयका प्रधानध्यापक, शिक्षक, विधार्थी, अभिभावक तथा तिनका बालबालिका, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, साहित्यकार, पत्रकारको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा भाषा, साहित्य र संस्कृतिको आधारमा समाज उठान, नेपाली भाषा तथा साहित्य विकासमा महाकवि देवकोटाको देनबारे चर्चापरिचर्चा गरिनुका साथै विधार्थीवर्गबाट देवकोटामा समर्पित कथा, कविता, लेख, गीत, निबन्धादि प्रस्तृति गरिएको थियो । कार्यक्रममा देवकोटाका कृतिहरु वाचन तथा विभिन्न विद्यालयहरुले नेपाली संस्कृतिसँग नजीक रहेको लोक तथा आधुनिक नृत्यहरु, तथा सामुहिक गीतहरु समेत प्रस्तुत गरिएको थियो । पीएच केन्द्रीय प्राथमिक विद्यालयको सहयोगमा हङकङ नेपाली साहित्य परिषद्को आयोजनामा हङकङ नेपलीज फाउण्डेशन्ले संयोजन गरेको कार्यक्रममा परिषद्का अध्यक्ष एकराज र्राईले हललाई संबोधन गरेपछि शुभारम्भ भएको कार्यक्रममा ३ घण्टासम्म नेपाली भेषभूषामा सजिएका नेपालीहरु खचाखच भरिएको हलमा विधार्थीवर्गले आफ्ना कलाहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न विद्यालयका प्रधानध्यापक, तथा शिक्षक तथा अतितिथहरुलाई नेपाली टोपी हस्तान्तरण गरिएको थियो । कार्यक्रममा पीएच केन्द्रीय प्राथमिक विद्यालय प्रिन्सिपल मिस्टर चोङ, तुङ कुन प्राथमिक विद्यालयका माइकल ल्याङ, हङकङ नेपाली महासंघको अध्यक्ष हेम लिम्बू, पीएच विद्यालयका अभिभावक संघका उपाध्याक्ष रत्न खिम्दिङ, सगरमाथा किन्डरगार्टेनकी प्रिन्सिपल कमला राईले समेत कार्यक्रमलाई सम्बोधन गर्नु भएको थियो । प्रिन्सिपल चोङले नेपाली भाषामा नै मन्तव्य व्यक्त गर्दै नेपाली भाषालाई हङकङमा स्थापित गराउन सहयोग गर्ने कुरा बताउनु भएको थियो । अन्य अतिथिहरुले देवकोटाको तथा विद्यार्थीहरुको प्रगतिलाई प्रशंसा गरेका थिए । कार्यक्रममा विभिन्न सरकारी विद्यालयहरु पीएच केन्द्रीय प्राथमिक विद्यालय, पिके कलेज, टीके प्राथमिक विद्यालय, आइकेटी कलेज, बेथल हाई स्कुल, सर कादुरी माध्यमिक विद्यालय,डेलिया स्कुल, सगरमाथा किन्डरगार्टेनका छात्र, छात्राहरुले देवकोटाजयन्ती २००८ मा सहभागिता जनाएका थिए । कार्यक्रम साँझ ६-३० बजेदेखि ९-३० बजेसम्म सम्पन्न भएको थियो । कार्यक्रममा संबन्धित विद्यालयका विधार्थीहरु स्वयंले उदघोषण (संचालन) गरेका थिए ।

मापदण्ड पूरा भएका मात्र सेनामा समायोजन गर्नुपर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे रोहितले निश्चित मापदण्ड पूरा भएका माओवादी लडाकूलाई मात्र सेनामा समायोजन गर्नुपर्ने बताउनुभएको छ । युवा खेलकुद समूह भक्तपुरले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।बिजुक्छेले संविधानसभामा हि्वप लगाउने वा नलगाउने विषयमा दलहरूबीच सहमति हुन नसकेका कारण संविधान निर्माणमा ढिलाई भइरहेको समेत बताउनुभयो । उहाँले देशका तमाम जनताको हकअधिकार सुनिश्चित हुने गरी लोकतान्त्रिक संविधान निर्माण गर्नुपर्ने कुरामा समेत जोड दिनुभयो । अध्यक्ष बिजुक्छेले खेलकुद र राजनीतिलाई अलग्ग राखेर हेर्न नहुने समेत बताउनुभयो । युवा खेलकुद समूहका अध्यक्ष गौतम लासिवाको सभापतित्वमा सम्पन कार्यक्रममा नेमकिपा केन्द्रीय सदस्य प्रेम सुवाल, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष केपी ताम्राकार, नेमकिपा नगर अध्यक्ष रवीन्द्र खबुर्जा, विनोदचरण राय, उकेश कवांलगायतले बोल्नु भएको थियो ।

परिवर्तनको दिशामा अघि बढेका सबै पक्षसँग सहकार्य हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
शान्ति तथा पुननिर्माणमन्त्री जनार्दन शर्मा प्रभाकरले वैज्ञानिक तथा क्रान्तिकारी सोचका साथ समाज र मुलुक परिवर्तनको दिशामा अघि बढेका सबै पक्षसँग सहकार्य हुने बताउनुभएको छ । दीपावलीको उपलक्ष्यमा बहृमकुमारी राजयोग सेवा केन्द्रद्वारा राजधानीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।मन्त्री शर्माले जनभावनाअनुरुप शान्त र समृद्ध नेपालको पक्षमा क्रियाशील वर्तमान सरकारलाई निश्वार्थ ढङ्गले साथ दिन सबैसँग आग्रह गर्नुभयो । सञ्चारकर्मीहरुको जिज्ञासामा उहाँले बृहत् शान्ति सम्झौता, सात राजनीतिक पार्टीसँग भएका सहमति र विद्यम्न अन्तरिम संविधानबमोजिम सेना समायोजन हुने स्पष्ट गर्दै शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने र जनादेशअनुरुप तोकिएकै समयभित्र संविधान निर्माण गर्ने कार्यमा आफूहरु सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

Oct 28, 2008

आज साँझ अधिराज्यभर लक्ष्मीपूजा गरिँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
यमपञ्चकको तेस्रो दिन आज सोमबार साँझ अधिराज्यभर धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा गरिँदैछ । बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइअनुसार घरको सबैतिर सफासुग्घर गरी दैलो, सङ्घार, झयाल, ढोका, कौसी, अटाली, भर्‍याङलगायतका ठाउँमा बत्ती बाली लक्ष्मीको स्वागत गरिन्छ । लक्ष्मीपूजाको रातलाई सुखरात्रि पनि भन्ने गरिन्छ । आज साँझ मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म रातोमाटाले पोतेर चामलको पीठो र अबिरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ । गृहिणीहरू साँझ दीपावली गरिसकेपछि लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चर्ढाई लक्ष्मीको मूर्ति वा तस्बिरमा पूजा गर्छन् । लक्ष्मीपूजासँगै लक्ष्मीको प्रतीक मानी छोरी र इन्द्रको पूजा गर्ने पनि चलन छ । लक्ष्मीपूजा गरेपछि त्यस दिन आफूसँग भएको पैसा वा अन्य पदार्थ बाहिर पठाएमा लक्ष्मी बाहिर जान्छिन् भन्ने लोकोक्ति छ । साँझ केटीहरू समूह बनाई घरघरमा भैलो खेल्न हिँड्छन् । यसरी भैलो माग्दै हिँड्ने समूहलाई धान, चामल, पैसा र सेलरोटी दिने गरिन्छ ।सत्ययुगमा वामन अवतार विष्णुले तीन पाउ भूमि माग्दा दानवराज बलिले भगवान्लाई सन्तुष्ट पारी दानवीरको अनुपम उदाहरण प्रस्तुत गर्दै "जुन घरमा यमपञ्चकमा दीपावली गरिन्छ, त्यहाँ लक्ष्मीले सदा बास गरून्" भन्ने वर मागेकाले त्यस दिनदेखि लक्ष्मीपूजाको महिमा सुरु भएको धार्मिक विश्वास छ ।मनोकामना पुरा गर्न, सङ्कल्प सिद्धि गर्न र वाणीको सत्यता स्थापित गर्न लक्ष्मीलाई आहृवान तथा पूजा गरिन्छ । लक्ष्मी पूजनको अर्थ मनोकामना पुरा गर्नु तथा धनधान्य हुनुमात्र नभइ जबसम्म धरतीलाई सम्मान गरिन्न, जीवनमा ज्ञानको ज्योति बालिन्न र आफूलाई उदार तथा त्यागतर्फ लैजान सकिन्न तबसम्म मानवजीवन सफल र सम्ाृद्ध बनाउन सकिँदैन भन्ने नै यसको अध्यात्मिक भाव रहेको बताइन्छ । ज्ञान र चेतनाका साथ दीपावली गर्ने र लक्ष्मीको पूजा गर्नेको मन शुद्ध रहन सके जीवनमा कीर्ति र समृद्धि प्राप्त हुने पनि धर्मशास्त्रमा उल्लेख छ ।

देवकोटाको शतवार्षिकी कार्यक्रम आयोजना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको शतवार्षिकी आज सोमबार स्वदेश र विदेशमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म १९६६ साल कात्तिक कृष्णपक्ष लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो ।दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको 'मुनामदन' खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा बढी बिकेको पुस्तक हो ।नेपाली साहित्यमा स्वच्छन्दतावादी-प्रगतिवादी धाराका प्रवर्त्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृत्रि्रेम र क्रान्तिकारिता झल्कन्छ । उनमा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ । भारतीय विद्वान् राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गरेका थिए भने नाटयसम्राट् बालकृष्ण समले देवकोटा 'मुनामदन', 'शाकुन्तल' महाकाव्य र 'पागल' कवितासँगै तीनपटक जन्मेको बताएका थिए ।विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनले महत्वपूर्ण योगदान दिएका थिए । वि.सं. २०१६ मा आफू शिक्षा तथा स्वायत्तशासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागु गर्नु-गराउनु र वर्तमान नेपाल प्रज्ञा-प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु उनका अविस्मरणीय देन हुन् ।तीन महिनामा 'शाकुन्तल' महाकाव्य, दशदिनमै 'सुलोचना' महाकाव्य र एकै दिनमा 'कुञ्जिनी' खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने क्षमता थियो । देवकोटाको कवि-प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान अझै पनि अद्वितीय छ । चरम आर्थिक अभाव र पारिवारिक वियोगसँगै राजनीतिक सक्रियताका बीच पनि उच्चस्तरका साहित्य नेपाल र नेपालीलाई प्रदान गर्नु उनको विशेषता हो ।यसैबीच, नेपाली वाङ्मय प्रतिष्ठानले २०६५ को महाकवि देवकोटा पुरस्कार साहित्यिक पत्रकार भवानी घिमिरेलाई दिने निर्णय गरेको छ । प्रतिष्ठानका अध्यक्ष शैलेन्दुप्रकाश नेपालको अध्यक्षतामा सोमबार बसेको बैठकले महाकविको व्यक्तित्व र कृतित्वको प्रचारप्रसारमा विशेष योगदान दिएबापत् उहाँलाई सो पुरस्कार दिने निर्णय गरेको हो ।घिमिरेले 'भानु' पत्रिकाको देवकोटा विशेषाङ्क २०२५ सालमा प्रकाशन गर्नुका साथै 'महाकवि लक्ष्मीप्रसाद देवकोटा' पुस्तकको सम्पादन पनि गर्नुभएको छ । पुरस्कारको राशि रु.१० हजार छ । पुरस्कार आगामी मङ्सिरमा प्रदान गरिने जनाएको छ ।

नेपाली सेनामा केही वरिष्ठ अधिकारीहरूको बढुवा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली सेना र माओवादी लडाकाको समायोजनको विषयमा विवाद बढिरहेकै बेला सरकारले नेपाली सेनामा केही वरिष्ठ अधिकारीहरूको बढुवा गरेको छ। राजनीतिक अस्थिरताका कारण नेपाली सेनामा लामो समयदेखि सरुवा-बढुवा रोकिएको थियो।बढुवा भएका सेनाका उच्च अधिकारीहरूमा सहायक रथीबाट उपरथीमा डम्बर गुरुङ, महासेनानीबाट सहायक रथीमा हिमालय थापा, राजेन्द्र कार्की, हेमन्त कुँवर, अनुज बस्नेत रहेका छन्।त्यसै गरी प्रमुख सेनानीबाट महासेनानीमा बढुवा हुनेहरूमा हिमालय खत्री, पुष्कर बस्नेत, जसवन्त राणा र सुरेश थापा रहेका छन्।

सेना समायोजननिम्ति पाँच सदस्यीय समिति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी सेना र नेपाली सेनाको समायोजनका लागि सरकारले आज गृहमन्त्रीको नेतृत्वमा पाँच सदस्यीय विषेश समिति गठन गरेको छ । मन्त्रिपरिषद राजनीतिक समितिको वैठकले माओवादी, मधेशी जनअधिकार फोरम र काग्रेसवाट एक-एकजना सदस्य र शान्ति मन्त्री पदेन सदस्य रहने गरी सेना समायोजनका लागि विषेश समिति गठन गरेको छ ।समितिमा शान्ति मन्त्री जर्नादन शर्मा प्रभाकर, माओवादीबाट रक्षामन्त्री रामबहादुर थापा वादल, फोरमबाट मोहम्मद हवीउल्लाह रहनुभएको छ । काग्रेसबाट एकजना रहने भनिए पनि नाम नआएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री कृष्णबहाुदर महाराले जनाकारी दिनुभयो ।उहाँका अनुसार समितिले अनमिनले योग्य ठहर्‍याएका माओवादी सेनालाई सेनाली सेना र अन्य कहाँ समायोजन वा पुनस्थापना गर्ने भन्ने टुङ्गो लगाउने छ । यसैगरी मन्त्रिपरिषद राजनीतिक समितिले राष्ट्रिय समाचार समितिका अध्यक्षमा कोमल वराल, प्रेश काउन्सिलमा नारायण शर्मा र सञ्चारमन्त्रीको प्रेस सल्लाहकारमा नरेन्द्रजंग पिटरलाई नियुक्त गरेको छ ।

अन्तरिम संविधानमा संशोधन गर्ने मन्त्रिपरिषदले निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अन्तरिम संविधानमा संशोधन गर्ने मन्त्रिपरिषदले निर्णय गरेको छ । संविधानमा २०६३ साल मङ्सिर मसान्तसम्म १८ वर्ष पुगेकालाई मात्र मताधिकार हुने उल्लेख भएकामा निर्वाचन हुने वर्षभन्दा अघिल्लो वर्षको चैत मसान्तसम्म १८ वर्ष पुगेका नागरिक मतदाता हुने गरी संशोधन गरिने छ ।बैठकले जनयुद्ध एवं मधेसी आन्दोलनलगायतका दौरानमा लगाइएका राजनीतिक प्रकृतिका ३४९ वटा मुद्दा फिर्ता लिने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णबहादुर महराले बताउनुभयो । यसैगरी तराइ क्षेत्रका १८ वटा सहायक मार्ग र दुइ हुलाकी सडक गरी १५० किलोमिटर लम्बाइ भएको २० वटा सडक मर्मतसम्भार तथा पूर्वाधार सुदृढीकरणका लागि सरकारबाट उपलब्ध गराइने आर्थिक तथा प्राविधिक सहयोग स्वीकार गरी सोसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने अधिकार अर्थसचिवलाई दिने निर्णय भएको छ ।एक हजार चारसय किलोमिटर लामो उक्त सडक निर्माणका लागि भारत सरकारबाट सात अर्ब सहयोग अनुदानस्वरूप प्राप्त हुने वाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महतोले बताउनुभयो ।

विशेष समितिमा सहभागी नहुने कांग्रेसको अडान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
यसैबीच नेपाली कांग्रेसले सेना समायोजनका लागि गठन गरिएको विशेष समितिमा सदस्य नपठाउने भएको छ । माओवादीसरह आफ्नो दलको पनि सदस्य नरहेसम्म काग्रेसले समितिमा सहभागिता नजनाउने कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।काग्रेस शीर्ष नेताहरुको आज मंगलबार बसेको अनौपचारिक निर्णयले विषेश समितिमा माओवादीसरह हैसियत नपाए नजाने निर्णय गरेको जनाइएको छ ।

युथफोर्स कुनै हालतमा विघटन नहुने - महासचिव खनाल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा एमालेका महासचिव झलनाथ खनालले युथफोर्स कुनै हालतमा विघटन नहुने बताउनुभएको छ । एमालेका नेता समेत रहेका गृहमन्त्री वामदेव गौतमले युथ फोर्स र वाइसिएलका कारण अराजक गतिविधि बढेकाले विघटन गर्न माग गरिरहेका बेला महासचिव खनालले हिंसा, आक्रमण लगायतका गतिविधि रोक्न युथफोर्सलाई निरन्तरता दिइने बताउनुभयो । भत्तपुरमा आज मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै महासचिव खनालले दलहरुबीच विवादित विषयमा सहमति गरी तिहारलगत्तै नयाँ संविधान निर्माण कार्य सुरु हुने बताउनुभयो । सेना समायोजन एवम् पुनस्थापना माओवादी या काङ्ग्रेसले भने अनुसार नभई सात दलबीचको सात बुँदे सहमति अनुसार नै हुने उल्लेख गर्नुभयो ।

दुइसय १ नेपाली कामदार सोमबार कोरिया प्रस्थान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल र दक्षिण कोरिया सरकारबीच भएको सम्झौता अनुसार रोजगारीका लागि थप दुइसय १ नेपाली कामदार सोमबार कोरिया प्रस्थान गरेका छन् । रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत उनीहरु कोरिया गएका हुन् । कोरियाको मानव संशाधन विभागको रोजगार सूचीमा परेकामध्ये उनीहरु गएका हुन् । इपिएस लागू भएपछि हालसम्म करिब ८ सय नेपाली कामदार कोरिया गइसकेका छन् ।आगामी साता थप १ सय ५२ नेपाली कामदार कोरिया जाने इपिएसको नेपाल कार्यालयले जानकारी दिएको छ । कोरियाको मानव संशाधन विभागले इपिएस अन्तर्गत करिब २ हजार नेपालीका लागि सम्झौता पत्र पठाएको जनाइएको छ ।

चन्दा नदिए खाद्य ढुवानी गर्न नदिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
किराँत जनवादी वर्कर्स पार्टीले चन्दा नदिए धनकुटाबाट भोजपुर र सङ्खुवासभा जिल्लामा खाद्यान्न ढुवानीमा रोक लगाउने धम्की दिएका छन् । उनीहरुले यस्तो धम्की दिने गरेको धनकुटाका व्यापारीहरुले जनाएका छन् ।धनकुटाको लेगुवा बजारबाट भोजपुर सदरमुकाम र सङ्खुवासभा सदरमुकाममा दैनिक उपभोग्य वस्तुलगायतका सामाग्री खच्चड र टयाक्टरमा व्यापारीहरूले ढुवानी गर्दैआएकोमा चन्दा नदिए ढुवानीमा रोक लगाउने वर्कर्स पार्टीले जनाएको छ ।पार्टीले मागबमोजिम चन्दा नदिए ढुवानीमा रोक लगाउनुका साथै जनकारबाहीसमेत गर्ने विज्ञप्तिमार्फत जनाएको छ । किराँत जनवादी वर्कर्स पार्टीले तीन लाखदेखि नौ लाख रुपैयाँसम्म चन्दा माग गरेको व्यापारी तथा व्यवसायीहरूको गुनासो रहेको छ ।आत्मनिर्णयको अधिकारसहित किराँत प्रदेश स्थापनाका लागि सशस्त्र युद्ध गरिरहेको सो पार्टीले यस अघिदेखि नै धनकुटा र भोजपुरका सिमानामा रहेका व्यापारी एवं उद्यमी तथा सर्वसाधरणसंग जबरजस्ती चन्दा सङ्कलन गर्दैआएका कारण त्यसक्षेत्रका बासिन्दा आतङ्कित बन्दै आएका छन् ।

साठी हजार वृद्धवृद्धा उपचारका लागि बेलायत जाने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गरिबीको कारण नभई तत्कालीन राणाशासक र अङ्ग्रेजले सोझा जनजातिलाई प्रयोग गरी आफ्नो स्वार्थ पूरा गर्न ब्रिटिस गोर्खा सैनिकको अवधारणा ल्याएको बताइएको छ । ब्रिटिस गोर्खा भूपू सैनिक सङ्घद्वारा वुटबलमा आयोजित जानकारी सभामा सहभागी वक्ताहरूले राणाशासकले सत्ता टिकाइराख्न र बेलायतले आफ्नो साम्राज्य बिस्तार गर्न सिन्किको मूल्यमा सोझा जनजाति नेपालीको खरिद बिक्रीको थालनी गरिएको दाबी गर्नुभयो ।नेपालको जनसङ्ख्या ३० लाखको हाराहारीमा हुँदा दुइ लाख ५५ हजार जनासम्म नेपालीलाई ब्रिटिस गोर्खामा भर्ना गरी ठूलठूला युद्धमा पठाएको चर्चा गर्दै वक्ताहरूले बेलायतको काम सकिएपछि एक्कासि भर्नामा कटौती हुनुले त्यस कुरालाई पुष्टि गरेको छ भन्नुभयो ।बेलायतका लागि धेरै नेपालीले गोर्खा सैनिकमा रहेर बलिदान दिए पनि सेवा, सुविधा र अवसरमा लामो समयसम्म विभेद गरिएपछि अन्यायका विरुद्ध कानुनी तवरले अगाडि बढ्नुपर्ने बाध्यतामा परेको उनीहरूले बताउनुभयो । बेलायती जनता र न्यायालय गोर्खाको पक्षमा रहेकाले कानुनी लडाइँमा भने गोर्खालाई ठूलो सफलता हात लागेको उहाँहरूले उल्लेख गर्नुभयो ।बेलायती उच्चन्यायालयको गत असोज १४ गतेको फैसलाले विगत २०० वर्षेखि दासका रूपमा काम गर्दै आएका गोर्खा सैनिकलाई बेलायती राष्ट्रसेवकसरह मात्र सेवा/सुविधा प्रदान गरेन बरु लाखौ गोर्खाका रोइ बसेका पीडितलाई विभिन्न अवसर प्रदान गरेको छ उहाँहरूले उत्साहका साथ भन्नुभयो ।मुखमा सरस्वतीको बास भएर होला, अन्यायमा परेका भूपू सैनिकको पक्षमा उच्च न्यायालयका न्यायाधीशको बोली खुलेको छ, उहाँलाई नेपाली जनताले युगौयुगसम्म श्रद्धापूर्वक सम्झने छन् गेसोका अध्यक्ष पद्मबहादुर गुरुङले भन्नुभयो । न्यायालयको उक्त फैसलाले गोर्खाको मात्र विजय भएको होइन, सारा नेपालीको जीत भएको छ, अङ्ग्रेजसामू सधैं आफूलाई दास सम्झने सरकारका लागि पनि फैसलाले पाठ सिकाएको उहांको भनाइ छ ।"काम छउन्जेल भाँडो- काम सकिएपछि ठाँडो" भन्ने उखानजस्तै उमेर र बल रहुन्जेल युद्धमा पठाउने अनि त्यही युद्धमा घाइते भएकाको घाउ नसुक्दै नेपाल लखेट्नु अङ्ग्रेजको मानवताविरोधी कार्य थियो भनी भूपू सबैले बेलायती सरकारको आलोचना गरे । बेलायतको पक्षमा युद्ध लड्दा ६० हजारभन्दा बढी गोर्खा मारिएका थिए ।आफ्नो पक्षमा त्यत्रो बलिदान गर्ने गोर्खाप्रति विभेदकारी नीति अवलम्बन गर्ने र आफैँले विश्वप्रसिद्ध भिक्टोरिया क्रसको सम्मान दिएको आफ्नो सिपाहीलाई समेत मुलुकमा छिर्न नदिएकाले त्यहाँको अदालतले बेलायत सरकारलाई हराइ ब्रिटिस गोर्खाको पक्षमा विजयपत्र सुनाएको हो, एक भूपू सैनिकले भने । हामीलाई सात समुद्रपारि गएर मुद्दा लड्न सजिलो थिएन, नेपाल सरकारले पनि हाम्रो पक्षमा बोलेन, हामी अन्यायमा परेको कुरा बेलायती जनता र त्यहाँका वकिललाई बुझाउन सकिएमा सफलता हात लाग्छ भन्ने हाम्रो आत्मविश्वास र ठम्याइले काम गर्‍यो, हामी अगाडि बढयौ सफलता हात लाग्यो, उहाँहरूले उत्साहित हुँदै खुसीयाली साट्नुभयो ।सो फैसलाले गोर्खाको पक्षमा मात्र काम गरेन उल्टै बेलायती संसदलाई यस्ता महत्वपूर्ण दुइ देशबीचको सम्बन्धमा प्रभाव पार्ने संरचना चलाउने विषयमा एउटा व्यक्तिको सिफारिसमा नियम बनाउने होइन, कानुन बनाई त्यसका आधारमा काम गर्न संसदलाई समेत निर्देशन दिनुले ब्रिटिस गोर्खाको थप मूल्याङ्कन हुने अपेक्षा गरिएको अध्यक्ष गुरुङको भनाइ रहेको छ ।बेलायतको संसदीय प्रणाली र कानुनी राज्यका बारेमा कसैले प्रश्न उठाउन नसकेको अवस्थामा प्रजातान्त्रिक संस्कारका विरुद्ध भएका काम कारबाहीबारे नेपालीको आवाजले विजय पाउनु सामान्य विषय होइन, उहाँले भन्नुभयो । त्यो फैसलाको समाचार विश्व प्रसिद्ध समाचार संस्थाले उच्च प्राथमिकतामा राखेर प्रसारण गर्नुले गोर्खाको न्यायिक बहादुरी एकपटक फेरि विश्वले प्रशंसा गर्न पाएको छ, उहाँहरूले भन्नुभयो । उक्त फैसलापछि ब्रिटिस गोर्खा र भूपूले गोरासरह सेवा, सुविधा र पेन्सन पाउने छन् ।यस्तै, करिब ६० हजार वृद्धवृद्धा र अपाङ्ग गोर्खा सैनिक र परिवारलाई मासिक ७०० पाउन्ड भत्ता, ५ सय पाउन्ड आवास सुविधा, भूपूका श्रीमती वा हेरचाह गर्ने ब्यक्तिलाई २५० पाउन्ड भत्ता, बेलायतको सुविधा सम्पन्न अस्पतालमा परिवार समेतलाई निशुल्क उपचारलगायतका सुविधा दिलाउने कार्यमा उक्त फैसला कोशेढुङ्गा सावित भएको छ । अब मुलुकका कुनाकुनामा रहेका भूपू गोर्खाका ६० हजारभन्दा बढीको सङ्ख्यामा रहेका आमाबुबालाई डोकामा बोकाएर काठमाडौ ल्याई उपचारका लागि बेलायत पठाउने कार्यलाई तीव्रता दिइने उनीहरूको भनाइ रहेको छ । बाह्र वर्षपछि खोला फर्कन्छ भन्ने नेपाली उखान चरितार्थ भएको छ, सधैं नेपालीले जुत्ता र मोजा धोइदिएर सलाम गर्ने गर्दै आएका गोर्खा सैनिकको अस्पताल पुगेका आमाबाबुको सेवा गर्न बाध्य भएका छन् । लडाइँमा मारिएका गोर्खाका आत्मा कांचो वायु भएका थिए, मुद्दा जितेपछि हजारौँ पितृ स्वर्ग तरेका छन्, हामीले गोर्खालीहरू साम्राज्यवादीका दास वा नोकर हैनौँ, इमानदार राष्ट्रसेवक हौँ भन्ने प्रमाणित गर्यौ भूपू गोर्खा सैनिक फानसिंह थापा भन्छन् ।
-रासस/आलेखसेवा

Oct 27, 2008

मिलन देवान स्मृति साहित्य पुरस्कार २०६५ देवेन्द्र सुर्केलीलाई

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विगत ५ बर्षअघि स्थापित अनलाइन नेपाली साहित्य मंचले निरन्तर नेपाली साहित्य विकास र प्रर्वद्धनको लागि काम गर्दै आएको छ । गत वि. स. २०६४ मा यस साहित्य मंच मार्फत मिलन देवान स्मृति (अनेसामं) साहित्य पुरस्कार स्थापना भएको थियो। पुरस्कारको लागि उपयुक्त स्रष्टार्सजकहरुको नामावली सिफारिस गर्ने खुल्ला सूचना अनुसार विश्वका विभिन्न ठाँउहरुबाट www.sahityaGhar.com मार्फत ६३ जनाको नाम प्राप्त भएको थियो । प्राप्त सिफारिस मध्ये प्रायः सिनियर स्रष्टाहरुको नाम रहेको थियो यद्यपी यस बर्षको पुरस्कार छनौट कमिटिले गत २५ अक्टोबरको दिन लण्डनमा आयोजित वेलायत नेपाली साहित्य महोत्सवको अवसरमा युवा साहित्यकार देवेन्द्र सुर्केलीलाई प्रदान गर्ने घोषणा गर्‍यो ।
मलेशियामा रहेर नेपाली साहित्यको लागि अथक योगदान पुर्‍याउदै आएका सुर्केलीले २ वटा कृति भित्ता बोल्दैन २०५९ कविता संग्रह र आमुल परिवर्तनको बाटो २०६३ निबन्ध संग्रह नेपाली साहित्यलाई प्रदान गरिसक्नु भएको छ । स्रष्टा सुर्केली वि. सं. २०३८ सालमा तेह्रथुम जन्मनु भई हाल प्रकाशपुर सुन्सरीमा बसोवास गर्दै आउनु भएको छ ।
पुरस्कारको स्थापना वि. स. २०३४ असोजमा धनकुटा बोधेमा जन्मनु भएका स्वर्गिय मिलन देवानको नाममा वहाको दाजु आनन्द देवानले गर्नुभएको हो । स्व. मिलनले माध्यामिक शिक्षाको अध्यायन सदन स्कुल धरानमा पूरा गरेका थिए र रोजगारीको क्रममा कतार पुगेको बखत त्यहि उनको असमायिक निधन भएको थियो । साहित्य मंचले प्रत्येक बर्षप्रदान गर्ने यस पुरस्कारको नगद रासि १० हजार रुपैया रहेको छ ।

घरघरमा कुकुर तिहार मनाइँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
यमपञ्चकको दोस्रो दिन आज सोमबार घरघरमा कुकुर तिहार मनाइँदैछ । इमानदार पहरेदार जन्तुका रूपमा परापूर्वकालदेखि परिचित कुकुरलाई वर्षमा एकपटक आजको दिन यमदूतका रूपमा पूजा गर्ने चलन छ । आज गृहस्थीले कुकुरको पूजा गरेर माला लगाई खाना खान दिने गर्छन् । आजका दिनलाई 'नरक चतुर्दशी' पनि भन्ने गरिन्छ ।आजका दिन बिहान सबेरै नजिकको खोला तथा तलाउमा नुहाई नरक बगाउने गरिन्छ । महाभारतकालमा सत्यवादी युधिष्ठिरलाई स्वर्गयात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँग घनिष्ठ सम्बन्ध रहिआएको छ । अन्तरिक्षमा तत्कालीन सोभियत सङ्घले लाइका नामक कुकुर पठाएको थियो ।यमपञ्चकमा काग, कुकुर, गाइ र बहरजस्ता पशुपक्षीको पूजा गरी सम्मान गर्नुले प्रकृतिका सबै जीवसँग मानव जातिको सह-अस्तित्व रहिआएको छ भन्ने देखाउँछ ।

यो सरकार धेरै टिक्दैनः कोइराला

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सरकारले कोसीपीडितहरूका लागि व्यवस्थित ढंगबाट राहत वितरण गर्न नसकेको आरोप लगाउनुभएको छ। आइतबार सप्तरीको भारदहमा रहेका विस्थापितहरूको शिविरहरूको निरीक्षणपछि पीडितहरूलाई सम्बोधन गर्दै कोइरालाले यो आरोप लगाउनुभएको हो। म भोलि काठमाडौं पुगेर कोसीबाट विस्थापितहरूका लागि जाडोमा लगाउने लुगा तथा शिविरहरूको राम्रो व्यवस्थाका साथै शौचालय, खानेपानी, स्वास्थ्यजस्ता अति आवश्यक कुराहरू पूरा गर्न सरकारसमक्ष कराउनेछु’ -कोइरालाले भन्नुभयो।भारत तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट कोसी बाढीपीडितहरूलाई व्यवस्थित रूपमा सहयोग जुटाउन अनुरोध गर्ने आश्वासन सभापति कोइरालाले बाढीपीडितहरूलाई दिनुभयो।उहाँले सप्तकोसीबाट विस्थापितहरूको दीघकालीन पुनःस्थापनाका लागि सरकारले कार्य गर्न सक्ने, नसक्ने विषयमा सरकारसँग बुझेर त्यसपछि आवश्यक कदम चाल्ने बताउनुभयो। आइतबार बिहान हेलिकोप्टरबाट भारदह पुग्नुभएका कोइरालाका साथ पुत्री सुजाता कोइराला, नेपाली कांग्रेसका नेता पदमनारायण चौधरी, पूर्वगृह राज्यमन्त्री रामकुमार चौधरी हुनुहुन्थ्यो।यसैबीच बाढी प्रभावित क्षेत्रको निरीक्षणमा जानुअघि इनरुवामा पत्रकारसँग कुरा गर्दै सभापति कोइराराले यो सरकार आफनै कारणले चाँडै ढल्ने बताउनुभयो।यो निकम्मा सरकारले आश्वासनको पोका जनतासमक्ष बाँडिरहेको छ तर वर्तमान अवस्थामामा शान्तिसुरक्षासम्म दिन सकेको छैन’ -उहाँले भन्नुभयो। वर्तमान सरकारले प्रजातन्त्र मास्न खोजेकाले अब धेरै टिक्न नसक्ने उहाँले बताउनुभयो।सभापति कोइरालाले प्रजातन्त्र, मानवअधिकार र प्रेस स्वतन्त्रताप्रति कहिल्यै कसैसँग सम्झौता नगर्ने उल्लेख गर्दै कांग्रेसले जहिले पनि सहमति र सहकार्यको राजनीति गर्दै आएको बताउनुभयो।सो अवसरमा सुनसरीका प्रमुख जिल्ला अधिकारी दुगा भण्डारीले विस्थापित बासिन्दालाई अहिलेसम्म राहत वितरण र पुनःस्थापनाका लागि भएका कामका बारेमा सभापति कोइरालालाई जानकारी गराउनुभएको थियो।

भाइटीकाको सर्वोत्तम साइत निर्धारण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालीहरुको दोस्रो महान चाड तिहार सुरु भइसकेको छ । मुख्यगरी पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिने गरेको छ । दिदीभाइ, दाजुबहिनीबीचको पवित्र सम्बन्धमा आधारित यो पर्व उल्लाससाथ मनाइँदैछ । यसैबीच, तिहारको मुख्य दिन भाइटीकाका लागि ज्योतिष परिषदले साइतको समय उल्लेख गरेका छन् ।नेपाल ज्योतिष परिषद्को बैठकले यसपटक भाइटीकाको साइत २०६५ साल कात्तिक १४ गते बिहीबार दिनको ११ बजेर ४५ बजेदेखि ११ बजेर ५५ बजेभित्र सर्वोत्तम भएको ठहर गरेको छ । उक्त समयमा धनु लग्नको वर्गोत्तमाश पर्ने परिषदले जनाएको छ ।

प्रधानमन्त्री दाहाल-राप्रपा अध्यक्ष थापा भेट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाबीच आज सोमबार भेटवार्ता भएको छ । सिहदरबारमा भएको भेटमा राप्रपा नेपालका अध्यक्ष थापाले तीन बुँदे मागपत्र प्रस्तुत गर्नुभएको बताइएको छ । मागपत्रमा माओवादीद्वारा विगतमा कब्जा गरिएका घरजग्गा फिर्ता गर्न, विस्थापितहरुलाई उचित राहत तथा पुनस्थापना गर्नुपर्ने आग्रह गरिएको राप्रपा नेपालले जनाएको छ ।यसैगरी राप्रपा अध्यक्ष पशुपति शम्शेर राणा सहितको टोलीले पनि आजै प्रधानमन्त्री प्रचण्डलाई भेट गर्ने भएको छ । भेटमा द्वन्द्वकालका पीडितलाई राहत तथा क्षतिपूर्ति दिन र संविधान निर्माण प्रक्रिया छिटो थाल्न आग्रह गरिने राप्रपाले जनाएको छ ।

कास्कीको अर्मला गाविसमा देउसी-भैलो खेल्न प्रतिबन्ध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कास्कीको अर्मला गाविसमा देउसी-भैलो खेल्न प्रतिबन्ध लगाइएको छ । अर्मला गाविसले सार्वज्निक सूचना टाँस गरी धानबाली पाकेका कारण देउसी-भैलो खेल्न प्रतिबन्ध लगाइएको जनाएको छ । गाविस सचिव रामचन्द्र पौडेलका अनुसार धान पाक्न लागेका बेला देउसी-भैलो खेलेमा पाक्न लागेको धानबालीमा असिना, हावा, हुरीले क्षति पुर्‍याउने स्थानीयवासीमा अझै विश्वास रहेको छ ।सूचनालाई उल्लङ्घन गर्नेलाई कडा कारबाही गरिने गाविसले जनाएको छ । धानबालीमा क्षति नहोस् भन्नका लागि गाविसले ओली राख्ने व्यवस्थासमेत गरेको छ । असिनापानी परिहाले पनि ओलीले तन्त्रमन्त्र गरेर भगाइदिने गाउँलेको दाबी छ ।

वाइसिएल र युथ फोर्सका कार्यकर्ताबीच झडप

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गोरखाको आरुचनौटेमा माओवादी युवा संगठन वाइसिएल र एमाले युवा दस्ता युथ फोर्सका कार्यकर्ताबीच आइतबार राति झडप भएको छ । झडपमा परी युथ फोर्सका पाँच कार्यकर्ता घाइते भएका छन् ।आफ्ना चारजना कार्यकर्ता सम्पर्कबाहिर रहेको युर्थ फोर्सले जनाएको छ । वाइसिएल आक्रमणको बिरोधका युथ फोर्सका कार्यकर्ताले सोमबार बिहानैदेखि आरुघाटलगायत गोरखाका मुख्य बजारमा प्रदर्शन गरिरहेका छन् ।सदरमुकाम गोरखा बजारमा युथ फोर्सको गठन गरेर गाउँ फर्कने क्रममा आरुचरौटे गाबिसको आरुटारमा संगठनको भेला र प्रशिक्षणमा सहभागी वाइसिएल कार्यकताले एक्कासी आक्रमण गरेका थिए । झडपपछि सम्पर्कबाहिर रहेका फोर्सका एक कार्यकता भने बिहान सम्पर्कमा आएको र अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रचण्डलाई प्रजातन्त्रको पुच्छर नछाड्न सुझाव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रजातन्त्रको पुच्छर नछाड्न सुझाव दिनुभएको छ । सप्तरीको भारदह र सुनसरीको इनरुवामा कोसीपीडितको अवस्था बुझ्न जाने क्रममा उहाँले यस्तो सुझाव दिनुभएको हो । प्रजातन्त्रको पुच्छर समातेर वैतरणी तर्दै गरेका प्रचण्डले प्रजातन्त्रको पुच्छर छाडे बीच बाटैमा अलपत्र पर्ने उहाँले बताउनुभयो ।प्रचण्डलाई जंगलदेखि सिंहदरबारसम्म आउँदाको यात्रा फर्केर हेर्न कोइरालाले आग्रह गर्नुभयो । विगत सम्झे भने आफैंलाई फाइदा पुग्छ भन्दै कोइरालाले नभए राजनीति यात्रा राजाको जस्तै समाप्त हुने कोइरालाले चेतावनी दिनुभयो । माओवादी र प्रचण्डले विगतको सहमति र सहकार्यको सम्बन्ध बिर्सेको उहाँले बताउनुभयो ।

Oct 26, 2008

दोस्रो ठूलो चाड तिहार आज आइतबारदेखि सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालीहरूको दोस्रो ठूलो चाड तिहार आज आइतबारदेखि सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहारको पहिलो दिन काग,
दोस्रो दिन कुकुर, तेस्रो दिन बिहान गाइ र साँझ लक्ष्मीको पूजा तथा दीपावली, चौथो दिन गोवर्द्धन पूजा र अन्तिम दिन भाइटीका गरी सम्पन्न हुन्छ ।पुराणका अनुसार यस पर्वमा यमराज आफ्ना दैनिक कार्य स्थगित गरी बहिनी यमुनाकहाँ पाँचदिनसम्म पाहुना बनी बस्ने र बहिनीद्वारा पूजिएका यमराजले वस्त्र, आभूषण दिएर भातृ स्नेहलाई प्रगाढ बनाउने हुनाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ ।यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा आज धार्मिक मान्यताअनुसार कागलाई पूजा गरी विविध खानेकुरा दिइन्छ । हाम्रो समाजमा कागलाई सन्देशवाहकका रूपमा पनि लिइन्छ । कसैको घरआँगनमा एकाबिहान काग कराएमा त्यस घरमा पाहुना आउने विश्वास गरिन्छ । यो दिन कागको पूज् नगरी खाएमा पापको भागी बनिन्छ भन्ने विश्वास छ ।सिनो तथा अन्य खाद्यपदार्थमा विषादी र रासायनिक पदार्थको प्रयोगका कारण वर्षदिनको एकपटक पूजिने काग तथा अन्य पक्षीको सङ्ख्या घट्दै गएको पक्षीविज्ञहरू बताउँछन् । लक्ष्मीपूजा र गोवर्द्धन पूजाको दिन केटाकेटी तथा युवायुवतीहरू घरघरमा गई खेलिने देउसी-भैलोले यस पर्वलाई अझ उल्लासमय बनाउँछ । यतिबेला घरआँगन र खेतबारीका आली-कान्लामा ढकमक्क फूलेका सयपत्री, मखमली र गोदावरी फूलले वातावरण रमणीय बन्दछ । यमपञ्चकको अन्तिम दिन दाजुभाइ, दिदीबहिनीले आपसी स्नेह, सत्कार तथा पूज् गरी भाइटीका मनाउँदा दाजुभाइको यश तथा आयु बढ्ने र उनीहरू सुखी तथा सम्पन्न हुने विश्वास गरिन्छ ।वैदिक कालमा बलि राजाले आफ्नो राज्यभर झकिझकाउका साथ दीपावली गरेर विष्णुलाई खुसी तुल्याएकाले यमपञ्चकभर तीनै लोकको राज्यभोग गर्न पाउने वरदान पाएको तथा यस अवधिमा धनकी देवी महालक्ष्मीले सबैको घरमा बास गरी धनधान्यले पूर्ण पारिदिएको कथा पनि यो पर्वसँग जोडिएको छ ।नेवारी भाषामा 'स्वन्ती नख' भनिने यमपञ्चकका बेला यमराजको सम्मानमा आ-आफ्नो घर सफासुग्घर राखी, पारस्परिक द्वेषभाव हर्टाई दीपावलीका साथ पूजाआजा गर्नाले त्यस घरमा मानिसको अकाल मृत्यु नहुने धार्मिक ग्रन्थमा उल्लेख छ ।लक्ष्मीपूजादेखि भाइटीकासम्म सबैतिर सफा राखी दैलो-सङ्घार, झयाल, ढोका, चोटा, कोठा, अटाली, कौसी, बरन्डा, भर्‍याङ आदि ठाउँमा झलमल्ल गरी बत्ती बालिने हुनाले यस चाडलाई दीपावली पनि भन्ने गरिन्छ । यमपञ्चकको चौथो दिन नेवार सम्प्रदायमा म्ह पूजा अर्थात आत्मपूजा गर्ने प्रचलन छ ।

गैरकानुनी रूपमा क्यासिनो सञ्चालन गरिए बन्द गरिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले गैरकानुनी रूपमा क्यासिनो सञ्चालन गरिए त्यस्ता क्यासिनो बन्द गरिदिने चेतावनी दिनुभएको छ।सुरक्षाकर्मी प्रवेश गरी क्यासिनो अनुगमन गर्दा उनीहरूमाथि नै जाइलाग्ने क्यासिनो सञ्चालक र मजदुरमाथि कडा कारबाही अघि बढाउने बताउँदै शनिबार कीर्तिपुरमा आयोजित एक कार्यक्रममा उपप्रधान एवम् गृहमन्त्री गौतमले भन्नुभयो- क्यासिनोभित्र सादा पोसाकका सुरक्षाकर्मी निर्विवाद छिर्न पाउनुपर्छ’, क्यासिनो नेपाली जनताका निम्ति होइनन्, नेपाली जनता क्यासिनोमा खेल्न पाउँदैनन्’ उहाँका तर्क थियो- त्यस्तालाई संरक्ष्ँण गर्न क्यासिनो सञ्चालक लागेका छन्, नेपाली प्रवेश गराउने नियति देखिए त्यस्तामाथि कडा कारबाही हुनेछ।’जनताले सुरक्षँित महसुस गरिरहेको अवस्थामा गुण्डागर्दी गरी सडकमा उत्रिने र त्यस्तालाई र्समर्थन गर्ने जोकोहीलाई पनि नछाडिने चेतावनी दिनुभयो।दशौं सोल्टी सुपर सिक्स क्रिकेट प्रतियोगिताको समापन समारोहमा पुग्नुभएका उपप्रधान एवम् गृहमन्त्री गौतमले राजधानीको शान्तिसुरक्षा मजबुत पार्न जस्तोसुकै कदम चालिने बताउनुभयो।उता क्यासिनो अन्नामा नेपाली प्रवेश गरेको आशंकामा सुरक्षा जाँच गर्न गएका प्रहरीविरुद्ध आन्दोलनमा उत्रिएका क्यासिनो मजदुरले शनिबार विरोध प्रदर्शन गरेका छन्।रत्नपार्कबाट शुरू भएको विरोध र्याली माइतीघर मण्डलमा गएर विरोधसभामा परिणत भएको थियो।सातवटा क्यासिनोका मजदुर र मालिकको समेत सहभागिता रहेको र्यालीमा क्यासिनो व्यवसायीले कानुन परिवर्तन गरी नेपाली पनि प्रवेश गर्न पाउनुपर्ने जनाएका थिए।शुक्रबार राति अन्ना क्यासिनोमा नेपाली प्रवेश गरेपछि प्रहरी अनुसन्धान गर्न पुगेका थिए।यसैबीच महानगरीय प्रहरी आयुक्तको कार्यालयले शनिबार विज्ञप्ति जारी गरी प्रहरी नायब निरीक्षक कृष्ण विष्टको कमान्डमा गएका सादा पोसाकका तीन प्रहरीमाथि अन्नाका मजदुरले आक्रमण गरी ३५ सय नगद र घडीसमेत लगेको आरोप लगाएको छ।राजधानीमा सञ्चालित अधिकांश क्यासिनोमा अवैध तवरले नेपाली नागरिकलाई प्रवेश गर्राई क्यासिनो सञ्चालन गरिएको आशंकामा प्रहरीले त्यस्ता क्यासिनोमाथि छापा मार्न थालिएको जनाएको छ।अन्ना, सांग्रिला, रेडिसन र हायातमा जुनियर प्रहरीको कमान्डमा ३/३ जना प्रहरीले एकै समय चेक गर्ने व्यवस्था मिलाइएको र अन्नाबाहेक अन्य क्यासिनोले सहयोग गरेको विज्ञप्तिमा जनाइएको छ।

आफ्नो पनि भूमिका हुनुपर्ने माग उपराष्ट्रपति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधान निर्माणमा आफ्नो पनि भूमिका हुनुपर्ने माग उपराष्ट्रपति परमानन्द झाले राखेका छन् ।
उपराष्ट्रपति परमानन्द झाले संविधान निर्माणमा आफ्नो पनि भूमिका हुनुपर्ने बताएका छन् । कार्तिक १० गते राजधानीस्थित आफ्नो कार्यलयमा आफैंले आयोजना गरेको चियापानमा संचारकर्मीहरुसँग कुरा गर्दै उपराष्ट्रपतिले साढे दुई करोड जनताले चुनेको उपराष्ट्रपतिको नाताले संविधान निर्माणमा आफ्नो भूमिकाको खोजी गरिरहेको उल्लेख गरे । 'संविधानसभाका ६०१ सदस्यको संविधान निर्माणमा भूमिका छ भने मेरो पनि हुनुपर्छ' उपराष्ट्रपतिले भने । चियापानमा सहभागि राष्ट्रपति डा. रामवरण यादवले सरकारको कामबाट आफू सन्तुष्ट रहेको बताए । 'बिस्तारै ठिक हुदैछ' राष्ट्रपतिले भने । चियापानका अर्का सहभागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संचारकर्मीहरुसँग कुरा गर्दै शान्ति प्रक्रियाको गतिसँगै संविधान निर्माणले पनि गति लिने उल्लेख गरे । कार्तिक ११ गतेसम्म सेना समायोजन समिति गठन हुने जानकारी दिदै प्रधानमन्त्रीले समितिको संयोजक ठूलो तथा सत्ताधारी दलले लिने परम्परा भए पनि संयोजक आफ्नो दलले नै पाउनुपर्ने अडान नरहेको बताए । नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले जे भने पनि उसँगको सम्वन्ध बिस्तारै सुध्रिदैगएको र सम्वन्ध सुधार्न आफूले कोइरालालाई बारम्बार भेटिरहेको पनि प्रधानमन्त्रीले दावी गरे ।

दलहरुको सहकार्य रसमझदारीमा नयाँ संविधान लेखन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सहकार्य र समझदारीबिना नयाँ संविधान लेखन र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन नसकिने बताउनुभएको छ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा आयोजित राष्ट्रिय ट्रेड युनियन सम्मेलनको आइतबार राजधानीमा उद्घाटन गर्दै उहाँले राजनीतिक दलहरुबीचको सहकार्य र समझदारीलाई अझ बलियो र घनिभूत बनाउन ट्रेड युनियनले समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।प्रधानमन्त्री दाहालले ट्रेड युनियन फुट्नु र अलग-अलग चल्नु भनेको मजदुर फुट्नु र अलग-अलग चल्नु हो भन्दै संविधानसभा र मन्त्रिपरिषद्ले मजदुर हितको विषयलाई सकारात्मक रुपमा लिएको जानकारी दिनुभयो । नयाँ संविधानमा मजदुर हितका लागि अधिकार सुनिश्चित गर्न संविधानसभामा आफैले प्रस्ताव पेस गर्ने प्रधानमन्त्री दाहालले बताउनुभयो । आगामी दुइ वर्षभित्रमा नेपाली समाजलाई रुपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले भन्नुभयो- हामीसँग जादुको छडी त छैन, तर अवश्यक परिवर्तन गर्छौं र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउँदै नयाँ संविधान लेख्छौं ।नेपालको शान्ति प्रक्रिया, संविधानसभा, विद्रोहीले नयाँ सरकारको नेतृत्व गरिराखेको, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन भइराखेको, नयाँ संविधानको लेखन आरम्भ भइराखेको आदि विषयका कारण नेपालप्रति अन्तर्राष्ट्रिय जगतको आकर्षण भइराखेकोले यो आकर्षणलाई अधिकतम रुपमा राष्ट्रिय हितमा प्रयोग गर्न प्रधानमन्त्री दाहालले सबैसँग आहृवान पनि गर्नुभयो ।

सचिवहरूको सरुवा तथा पदस्थापन र कायममुकायम गर्ने निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले एकैपटक सचिवहरूको सरुवा तथा पदस्थापन र कायममुकायम गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको शनिबारको वैठकले यस्तो निर्णय गरेको हो । सरकारले उद्योग मन्त्रालयका जनकराज जोशीलाई राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उमेशप्रसाद मैनालीलाई वातावरण, विज्ञान तथा प्रविधि, रामचन्द्रमान सिंहलाई पर्यटन तथा नागरिक उड्डयन, ताना गौतमलाई उद्योग र वृन्दा हाडा भट्टराइलाई महिला तथा समाजकल्याण मन्त्रालयमा सरुवा तथा पदस्थापन गरेको छ ।यसैगरी सूचना तथा सञ्चार मन्त्रालयका युवराज पाण्डेलाई श्रम तथा यातायात व्यवस्था, सामान्य प्रशासनका दीपेन्द्रविक्रम थापालाई शिक्षा, महिला तथा समाजकल्याण मन्त्रालयका पुण्यप्रसाद न्यौपानेलाई स्थानीय विकास, शिक्षाका बालानन्द पौडेललाई सामान्य प्रशासन, श्रम तथा यातायातका श्यामप्रसाद मैनालीलाई युवा तथा खेलकुद, संस्कृति तथा राज्य पुनसंरचनाका अवनिन्द्रकुमार श्रेष्ठलाई महालेखा नियन्त्रक र राष्ट्रिय सतर्कता केन्द्रका छविराज पन्तलाई सस्कृति तथा राज्य पुनसंरचना मन्त्रालयमा सरुवा गरिएको छ ।बैठकले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लीलामणि पौडेललाई सूचना तथा सञ्चार, नेपाल ट्रस्टका कार्यकारी निर्देशक डा.उदयराज शर्मालाई वन तथा भूसंरक्षण एवं युवा तथा खेलकुदका शङ्करप्रसाद पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । यसैगरी स्थानीय विकासका कामु सचिव गङ्गादत्त बस्तीलाई कामु पदमा नै रहने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको छ ।बैठकले राजपत्राङ्कित विशिष्ट श्रेणीका वरिष्ठ अधिकृत प्रतापकुमार पाठकलाई प्रधानमन्त्रीको निजी सचिव, युवराज भुसाललाई प्रशासन पुनसंरचना आयोग, किशोर थापालाई जल तथा शक्ति आयोग, हरिराम कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, केशव कँडेललाई मुक्तकमैया व्यवस्थापन, सुशील घिमिरेलाई राष्ट्रिय सतर्कता केन्द्र, नारायणगोपाल मलेगुलाई कार्यकारी अधिकृत काठमाडौं महानगरपालिका, दिनशहरि अधिकारीलाई शिविर व्यवस्थापन र गणेशराज जोशीलाई सूचना आयोगमा कामु मुकर्ररसहित पदस्थापन गरेको छ ।यसैगरी यज्ञप्रसाद गौतमलाई स्थानीय विकास-नगरपालिका व्यवस्थापन, सुरेशकुमार वर्मालाई कार्यकारी निर्देशक-नेपाल ट्रस्टको कार्यालय, नाथुप्रसाद चौधरीलाई उपराष्ट्रपतिको कार्यालय, रामस्वरूप सिन्हालाई शिक्षा मन्त्रालयअन्तर्गत आधारभूत शिक्षा, डा.दीर्घसिंह बमलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र डा. सुधा शर्मालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय- जनसङख्या मा कामु मुकर्ररसहित पदस्थापना गरिएको छ । यस्तै दीप बस्नेत-पूर्वाञ्चल, रुद्रकुमार श्रेष्ठ-पश्चिमाञ्चल, आनन्दप्रसाद पोखरेल-मध्यमाञ्चल, विनोद ज्ञवाली-मध्यपश्चिमाञ्चल र हर्रि्रसाद नेपाल- सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको कामु क्षेत्रीय प्रशासकमा पदस्थापन हुनुभएको छ । बैठक समापनपछि सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले सेना समायोजनसम्बन्धी विषयमा कसरी अघि बढ्ने भन्नेसम्बन्धी कार्यनिर्देशिका तथा प्राविधिक समिति निर्माण गर्ने विषयमा छलफल भएको जानकारी दिनुभयो ।उहाँले आगामी ११ गते सोमबार बस्ने बैठकमा सेना समायोजनसम्बन्धी विशेष समिति बन्ने जानकारी दिनुभयो । नेपाल प्रहरीतर्फको प्राविधिक सेवातर्फ नायब महानिरीक्षक पदमात्र रहेकाले पहिलोपटक एक अतिरिक्त महानिरीक्षक पद सिर्जना गरी वरिष्ठताका क्रममा कृष्णप्रसाद श्रेष्ठलाई सो स्थानमा पदस्थापन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

पेट्रोलियमको मूल्यमा केही कमी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
केही समययता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आइरहेको गिरावटलाई ध्यानमा राखी त्यसको लाभ आमउपभोक्ताहरूले पाउन सकुन भन्ने उद्देश्यबाट नेपाल आयल निगमले शनिबार राति १२
बजेदेखि लागूहुने गरी पेट्रोल र हवाई इन्धनको मूल्य समायोजन गर्ने निर्णय गरेको छ । समायोजित मूल्य अनुसार पेट्रोलको हालको डिपो मूल्यमा करिव पाँच प्रतिशतले कम गरिएको छ । जसअनुसार काठमाडौं उपत्यकामा खुद्रा विक्री मूल्यप्रति लिटर ९५ रुपैयाँ हुनेछ । हवाई इन्धनको मूल्यमा अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर १०० कम गरी साविकको अमेरिकी डलर एक हजार ५०० बाट घटाइ एक हजार ४०० कायम गरिएको पनि निगमद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । डिजेलको हकमा हाल कायम रहेको दुइवटा मूल्यमध्ये प्रति लिटर रू. ८० लाई हर्टाई रू. ७० प्रतिलिटरको एकल मूल्य कायम गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आउने उतार चढाव अनुरूप क्रमश मूल्य समायोजन गर्दै जाने भनी नेपाल सरकारबाट प्राप्त निर्देशन एवं हाल अन्तर्राष्ट्रिय बजार मूल्यमा कमी भएको विषयलाई ध्यानमा राखी नेपाल आयल निगमले उक्त निर्णय लिएको जनाइएको छ ।

थारुहट राज्य बनाउनुपर्ने माग घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तराइका जिल्लाहरूलाई थारुहट राज्य बनाउनुपर्ने माग गर्दै थारुहट स्वायत्व राज्य पारिष्द्ले आफ्ना निशस्त्र सेना सार्वजनिक गर्दै आन्दोलनको घोषणा गरेको छ । 'सङ्घीय नयाँ नेपालमा थारुहट स्वायत्त राज्य कायम गराँ ' भन्ने नारा सहित राज्य परिषद्ले आफ्ना निशस्त्र तर कम्ब्याट पोशाक लगाएका सेना सार्वजनिक गरेको हो । परिषद्का केन्द्रीय अध्यक्ष लक्ष्मण थारुले वर्षौंदेखि दबाब र पीडामा बाँचीरहेका सम्पूर्ण थारुहरूको मुक्तिको लागि तराइका जिल्लालाई थारुहट राज्य नवनाइए आफूहरूले सशक्त र सशस्त्र आन्दोलन पनी सुरु गर्ने चेतावनी दिनुभएको छ । सम्पूर्ण थारुको अस्तित्व बचाउन थारुहट सेना गठन गरिएको दावी उहाँको छ ।

बिकासोन्मुख राष्ट्रहरुलाई आर्थिक संकटबाट बचाउन आहृवान - बान की मुन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले बिकासोन्मुख राष्ट्रहरुलाई बिश्व आर्थिक संकटबाट बचाउनका लागि आवश्यक कदम चाल्न आहृवान गर्नुभएको छ । महासचिव मुनले अन्तर्राष्ट्रिय मुद्रा कोष र धनी राष्ट्रका प्रमुख बैंकहरुलाई आर्थिक संकटबाट गरिब राष्ट्रहरुलाई बचाउन कदम चाल्न आग्रह गर्नुभएको हो । मुनले बिश्वमा देखिएको आर्थिक संकटका कारण गरिब राष्ट्रका गरिब जनताहरु भोकमरीले मर्न सक्ने बताउनुभएको बीबीसीले जनाएको छ । युरोपेली युनियन र एसियाका नेताहरुले अन्तर्राष्ट्रिय मुद्राकोषलाई बिश्व आर्थिक ब्यवस्थालाई स्थायित्व दिनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

Oct 25, 2008

सेना समायोजन समिति गठनबारे राजनीतिक सहमति बनेन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सेना समायोजन समिति गठनबारे राजनीतिक सहमति नबनेका कारण मन्त्रीपरिषद बैठकले समायोजन समिति बनाउन सकेन । सेना समायोजन समिति गठनबारे राजनीतिक सहमति बन्न नसकेपछि मन्त्रीपरिषद बैठकले त्यसबारे कुनै निर्णय गर्न सकेन । कार्तिक ९ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै सूचना तथा संचारमन्त्री कृष्णबहादुर महराले कार्तिक १२ गते मन्त्रीपरिषदको अर्को बैठक बस्ने जानकारी दिए । १२ गते हुने बैठकले सेना समायोजन समिति गठनबारे निर्णय गर्ने वा नगर्नेबारे महराले केही भन्न चाहेनन् । मन्त्रीपरिषद बैठकले मन्त्रालयका १६ सचिवहरुको सरुवा सरुवा गरेको छ । मन्त्री महराका अनुसार, सूचना तथा संचार मन्त्रालयका युवराज पाण्डे श्रममा, उमेश मैनाली प्रधानमन्त्रीको कार्यालयबाट वातावरणमा, जनकराज जोशी उद्योगबाट योजना आयोगमा, श्याम मैनाली श्रमबाट युवामा, छविप्रसाद पन्त सूचना तथा संचारबाट संस्कृतिमा, शंकरप्रसाद पाण्डे युवाबाट प्रधानमन्त्री कार्यालयमा, रामचन्द्रमान सिंह प्रधानमन्त्री कार्यालयबाट पर्यटन तथा नागरिक उड्ययनमा, दिपेन्द्रबिक्रम थापा सामान्यबाट सूचना तथा संचारमा, पूण्यप्रसाद न्यौपाने समाज कल्याणबाट स्थानीयमा, बालानन्द पौडेल शिक्षाबाट सामान्य प्रशासनमा र ताना गौतम प्रधानमन्त्री कार्यालयबाट उद्योगमा सरुवा भएका छन् । मन्त्रीपरिषद बैठकले २० जनालाई कामू सचिव नियुक्त गरेको छ भने कृष्णप्रसाद श्रेष्ठलाई नेपाल प्रहरीको डिआइजीबाट एआइजीमा बढुवा गरेको छ ।

ओपेक बैठकमा मतभेद

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तेल निर्यातक राष्ट्रहरूको संगठन (ओपेक) मा तेलको उत्पादन घटाउने विषयमा मतभिन्नता देखिएको छ। तेलको मूल्य घट्ने समस्यालाई सम्बोधन गर्न ओपेकका १३ सदस्य राष्ट्रका तेलमन्त्रीहरूको शुक्रबार बसेको बैठकमा यो मतभिन्नता देखिएको हो।तेल उत्पादन कटौती गर्न इरान, लिबिया र भेनेजुयलाले तत्काल कदम चाल्न आहवान गरेका छन्। तर विश्वको सबैभन्दा ठूलो तेल निर्यातक राष्ट्र साउदी अरेबिया तेलको अहिलेको उत्पादन परिमाण घटाउने पक्षमा छैन।

संविधान निर्माणमा सहकार्य आवश्यक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले सत्ताको नेतृत्व गर्ने पार्टी सत्तासाझेदार र प्रतिपक्षी दलहरूसँग सहकार्य गर्दै संविधान निर्माण पक्रिया अगाडि बढाउनुपर्ने बताउनुभएको छ। नेपाल प्रेस युनियनले शुक्रबार आयोजना गरेको संविधान निर्माणका चुनौती’ विषयक कार्यक्रममा बोल्दै उहाँले नेल्सन मन्डेलाको पार्टी दुइ तिहाइ मत ल्याए पनि प्रतिपक्षी पार्टीसँग मिलेर संविधान निर्माण गरेको घटनाबाट पाठ सिक्न पनि सुझाव दिनुभयो।संविधानसभा नियमावली बन्न ढिलाइ भएका कारण संविधान निर्माण प्रक्रिया अल्भिएको उल्लेख गर्दै अध्यक्ष नेम्वाङले नियमावलीको मस्यौदालाई अन्तिम चरणमा पुर्याएको जानकारी दिनुभयो।

तीन राष्ट्रमा रहेका नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने तयारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले पूर्वसरकारमा सामेल सात पार्टीचको सहमति तोड्दै नेपालसँग महत्त्वपूर्ण कूटनीतिक सम्बन्ध राख्ने प्रमुख तीन राष्ट्रमा रहेका नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने तयारी गरेको छ। सरकारले फिर्ता बोलाउन लागेका राजदूतमा अमेरिकाका लागि नेपाली राजदूत सुरेशचन्द्र चालिसे, बेलायतका लागि नेपाली राजदूत मुरारिराज शर्मा र भारतका लागि नेपाली राजदूत दुर्गेशमान सिंह रहेका छन्।फिर्ता बोलाउन लागिएका राजदूतहरू सबै नेपाली कांग्रेसको सिफारिसमा नियुक्त गरिएका थिए। जनआन्दोलनको सफलतापछि नेकपा (माओवादी) सहित सात दलको सरकारमा सामेल भएका सबै पार्टी सहमतिमा नेपाली कांग्रेसका तर्फाट ७, नेकपा 9एमाले) बाट ६ र माओवादीका तर्फाट ३ जना राजदूत नियुक्त गरिएको थियो।परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राजदूतहरू चालिसे, शर्मा र सिंहलाई फिर्ता बोलाउन परराष्ट्र मन्त्रालयले प्रस्ताव तयार पारिसकेको छ। स्रोत भन्छ- राजदूतहरूलाई फिर्ता बोलाउने प्रस्ताव आज शनिबार बस्ने मन्त्रिपरिषद् बैठकमा छलफलका लागि प्रस्तुत गरिनेछ।’परराष्ट्र स्रोतका अनुसार फिर्ता बोलाउन लागिएका राजदूतहरूको ठाउँमा माओवादी, मधेसी जनअधिकार फोरम र परराष्ट्र कर्मचारीका तर्फाट एक/एक जना राजदूत नियुक्त गरिने तयारी गरिएको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकाको न्युयोर्कमा राष्ट्रसंघको ६३औं महासभामा भाग लिने क्रममा कुनै पनि देशमा कार्यरत नेपाली राजदूतहरूलाई पर्ूवसरकारले जस्तो फिर्ता नबोलाइने भनी उद्घोष गरेको महिना दिन बित्न नपाउँदै उहाँकै नेतृत्वको सरकारले राजदूत फिर्ता बोलाउन लागेको हो।फिर्ता बोलाइएका ठाउँमा परराष्ट्र कर्मचारीतर्फाट मन्त्रालयका सहसचिव तथा हाल प्रधानमन्त्रीका विदेश मामला सल्लाहकारसमेत रहनुभएका हीराबहादुर थापालाई नियुक्त गर्ने तयारी भइरहेको स्रोत बताउँछ। स्रोतका अनुसार माओवादी कोटामा पर्ने एक स्थानमा विष्णुहरि नेपाल र जनक शाहको नाम छलफलमा राखिएको छ भने फोरमको कोटामा पर्ने एक स्थानमा श्यामानन्द सुमन र अर्जुन थापाको नाम छलफलमा राखिएको छ। सुमन फोरमको विदेश विभाग प्रमुख हुनुहुन्छ भने शाह पनि फोरमकै विदेश विभागका सदस्य हुनुहुन्छ।राजदूतहरू चालिसे, शर्मा र सिंहलाई फिर्ता बोलाएपछि सरकारले दोस्रो चरणमा अन्य ६ जना राजदूतहरूलाई पनि फिर्ता बोलाउने तयारी गरिरहेको स्रोतको दाबी छ। स्रोतका अनुसार दोस्रो चरणमा फिर्ता बोलाउन लागिएका राजदूतहरूमा नेपाली कांग्रेसका तर्फाट नियुक्त गरिएका सबै राजदूतहरू परेका छन्। यसरी फिर्ता बोलाउन लागिएका नेपाली कांग्रेसका तर्फाट नियुक्त गरिएका राजदूतहरूमा बैजनाथ थपलिया (इजरायल), डा. र्सूयनाथ मिश्र (कतार), नवीनप्रकाशजङ्ग शाह (थाइल्यान्ड), बलबहादुर कुँवर (पाकिस्तान) रहेका छन्। दोस्रो चरणमा फिर्ता बोलाउन लागिएका अन्य दुइ राजदूतको भने नाम खुल्न सकेको छैन।यस्तै परराष्ट्र मन्त्रालयले जर्मनीका लागि नेपाली राजदूत मदनकुमार भट्टर्राईलाई स्वदेश र्फकन निर्देशन दिएको छ। भट्टर्राईको केही दिनअगाडि कार्यकाल सकिएको थियो। भट्टर्राईको फिर्तीपछि जर्मनी र पान्सस्थित नेपाली राजदूतावास राजदूतविहीन हुनेछन्।

महासचिव बानको सुरक्षा जिम्मा सेनालाई

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संयुक्त राष्ट्रसंघका महासचिव बानको भ्रमण अवधिका लागि सरकारले सुरक्षाको प्रमुख जिम्मेवारी नेपाली सेनालाई दिएको छ। महासचिव नेपाल बानले यही असोज १५ र १६ गते नेपाल भ्रमण गर्दै हुनुहुन्छ। सरकारले महासचिव वानको सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा विशेषज्ञसहितको विशेष सुरक्षाव्यवस्था टोली गठन गरेको छ।गृहप्रवक्ता मोदराज डोटेलले महासचिव बानको सुरक्षाको प्रमुख जिम्मेवारी नेपाली सेनाले लिने बताउनुभयो।नेपाल भ्रमणमा रहँदा महासचिव बान लाजिम्पाटस्थित होटल र्याडिसनमा बस्नुहुनेछ।

नेकपा माओवादीका नेताहरु दक्षिण कोरियामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एक दशक भन्दा लामो वलिदानपूर्ण संघर्षबाट सरकारको नेतृत्वदायी पार्टीका रुपमा जनअनुमोदित नेकपा माओवादी पार्टीका प्रभावशाली नेता तथा सभासद क. टोप
बहादुर रायमाझी "अनिल" तथा सयूक्त लोकलान्त्रीक गणतान्त्रिक मोर्चा जापानका केन्द्रीय सचिब शंकर भण्डारी आज दक्षिण कोरियाको छोटो भ्रमणमा आइपुग्नु भएको छ । आज अपरान्ह ५ वजे इन्छन् एरपोर्टमा आइपुग्नुभएका नेता द्धय अक्टोवर २६ मा हुन लागेको नेकपा माओवादी पार्टीको कोरिया स्थित भ्रातृ संगठन नेपाली जन अधिकार मंचको पहिलो अधिवेशन लाई सम्वोधन गर्ने क्रममा कोरिया आइपुग्नु भएका क.रायमाझी तथा क. भण्डारीलाई स्वागत गर्नको लागी मंचका अध्यक्ष डी आर भण्डारी तथा महासचिव हरेराम ढकाल इन्छन एरपोट पुग्नुभएको थियो । पार्टी कार्य विभाजन अनुसार बिदेश विभाग प्रमुख रहनु भएका क. सीपी गजुरेल गौरब भोली बिहान आइपुग्नुने कार्यक्रम रहेको छ । पत्रकारसँगको छोटो कुराकानीमा माओवादीका पोलिटव्यूरो सदस्य तथा सभासद रायमाझीले कोरिया तथा जापानको भ्रमणमा रहदाँ देखे बुझेका कुराहरुलाई नेपालमा सन्देशको रुपमा लैजाने बताउनु भयो । कार्यक्रम तालीका अनुसार क. रायमाझी यतैबाट जापानको निक्कै महत्वपुर्ण भ्रमणको नेतृत्व प्रदान गर्न जानु हुने कार्यक्रम रहेको वुझिएको छ । नेपालबाट अन्य सभासद र संसद सचिवालयका कर्मचारी समेत सहभागीता भएको जापान भ्रमण दलको प्रमुख उदेश्य परिवर्तित सन्दर्भमा नेपाल जापान सम्वन्ध सुदृढिकरण संविधान निर्माणमा जापानी अनुभवको आदान प्रदान उच्च आर्थिक बृद्दिदर रहेको जापानको विकास मोडलको अध्ययन छलफल र अनुभव आदान प्रदान तथा संसदीय प्रणालीको विकास तथा दीगो व्यवस्थापन सम्वन्धमा अध्ययन छलफल तथा अनुभवको आदान प्रदान गरि यी विषयहरुका नेपाललाई कसरि अगाडी वडाउन सकिन्छ र के के कुराहरु कुन हदसम्म जापानबाट नेपालको हकमा सादृष्य योग्य हुनसक्छन भनि नया नेपाल व्यवस्थापनलाई विशेष सहयोगी सुझावहरु दिनु रहेको खुलासा गर्नुभयो । भ्रमण कार्यदलवलाई जापान अन्तर्राटि्र्य सहयोग नियोग जाइकाले जापान भ्रमणको व्यवस्थापन गरेको हो ।

दुइ सेना रहँदासम्म शान्ति प्रक्रिया टुंगोमा पुग्न सक्दैन - इयान मार्टिन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सेना समायोजनबारे विभिन्न दलका नेताहरुबाट अनेक धारणा आइरहेका बेला संयुक्त राष्ट्रसंघीय मिसन अनमिनका प्रमुख इयान मार्टिनले दुइवटा सेना रहेसम्म शान्ति प्रक्रियाको अन्तय भएको मान्न नसकिने बताउनुभएको छ । उहाँले ६३ औं राष्ट्रसंघ दिवसका अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा शुक्रबार बोल्दै यस्तो बताउनुभएको हो ।विगतमा भएका सहमति अनुसार माओवादी लडाकुहरु समायोजन र पुनस्थापनाका लागि सबै दलको सहभागितामा विशेष समिति बनाउन सफलता मिल्ने आशा उहाँले पोख्नुभयो । नेपालको शान्ति प्रक्रियाको सफलताका लागि यस प्रक्रियाको समापनसँग सम्बन्धित मुद्दाहरुमा आम सहमति बनाउनुपर्नेमा मार्टिनले जोड दिनुभयो । विगतमा भएका सम्झौताको पालना इमान्दारसाथ हुनुपर्नेमा पनि उहाँले जोड दिनुभएको थियो ।

Oct 24, 2008

दक्षिण कोरियाले चमेलिया जलविद्युत् आयोजना निर्माणको सहयोग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाललाई दक्षिण कोरियाले चमेलिया जलविद्युत् आयोजना निर्माण गर्न ४ करोड ५० लाख अमेरिकी डलर अर्थात् ३ अर्ब ५४ करोड रुपियाँ ऋण सहयोग प्रदान गरेको छ।सो ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा बिहीबार अर्थ मन्त्रालयमा नेपालका तर्फाट अर्थसचिव रामेश्वर खनाल तथा नेपालका लागि कोरियाली राजदूत होङग सुङ भोगले हस्ताक्षर गर्नुभयो।उक्त रकम कोरिया सरकारले त्यहाँको एक्सपोर्ट-इम्पोर्ट बैंकमार्फ नेपाललाई उपलब्ध गराएको हो। नेपाल सरकारले कोरियाबाट प्राप्त ऋण नेपाल विद्युत् प्राधिकरणलाई प्रदान गर्ने जनाइएको छ।सो रकम ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको प्रसारण लाइन र इलेक्ट्रोमेेकानिकमा खर्च गर्ने प्राधिकरणका अर्थ विभागका उप-कार्यकारी निर्देशक उत्तरकुमार श्रेष्ठले जनाकारी दिनुभयो।सुदूरपश्चिमको दार्चुला जिल्लाको शिखर गाविसमा पर्ने चमेलिया जलविद्युत् आयोजनाको सिभिल निर्माण कार्य गर्न २ अर्ब ८८ करोड १३ लाख रुपियाँमा प्राधिकरण र चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप लिमिटेडसँग ठेक्का सम्झौता भइसकेको छ।चमेलियाबाट वाषिर्क १ सय ८४ गिगावाट घन्टा विद्युत् उत्पादन हुने अध्ययनले देखाएको। यो आयोजनाबाट आगामी २०११ देखि विद्युत् उत्पादन हुने प्राधिकरणले जानकारी दिएको छ।

नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मन्त्री परिषदको कार्तिक ८ गते बसेको वैठकले नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिने निर्णय गरेको छ। सरकारले नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिने निर्णय गरेको छ। सिंहदरबारमा कार्तिक ८ गते बसेको मन्त्री परिषदको वैठकले यस्तो निर्णय गरेको सरकारीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। अहिले नेपाल संवत ११२९ चलीरहेको छ। इस्वी संवत, विक्रम संवत लगायतका संवतहरुको अध्ययन गर्न सरकारले कार्यदल गठन गर्ने भएको छ । आर्थिक वर्ष शुरु हुने महिनाको बारेमा अध्ययन गर्न पनि सरकारले कार्यदल गठन गर्ने निर्णय गरेको छ। सेना समायोजन सम्बन्धी समिति निर्माण गर्ने भनिए पनि त्यस विषयले मन्त्री परिषदको वैठकमा प्रवेश नै नपाएको महराले बताए । मन्त्री परिषदको अर्को वैठक कार्तिक ९ गते विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।

विवादित विषयमा सहमति खोज्न चार दलको बैठक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विवादित विषयमा सहमति खोज्न प्रमुख चार दलको बैठक आज शुक्रबार बस्दैछ । सेना समायोजनका लागि गठन गरिने विशेष समितिको नेतृत्वको विषयमा प्रमुख चार दलबीच विवाद उत्पन्न भएपछि पुन छलफल हुन लागेको हो । सिंहदरबारमा हुने माओवादी, कांग्रेस, एमाले र मधेशी जनअधिकार फोरमका शीर्ष नेताहरुको वैठकमा समिति गठनबारे सहमतीको प्रयास हुने जनाइएको छ ।माओवादीले आफ्नो दलले समितिको नेतृत्व गर्नुपर्ने बताएको छ भने कांग्रेसले माओवादीबाहेकको दलबाट समितिको संयोजक तोकिनुपर्ने अडान राखेको छ । समिति गठनका विषयमा दलहरुबीच विवाद उत्पन्न भएपछि पटक-पटक मन्त्रीपरिषदको बैठक स्थगित हुँदै आएको छ ।

तलब वृद्धिबारे सरकारद्वारा मन्त्रालयलाई जानकारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अर्थमन्त्रालयले मन्त्रिपरिषद्को गत असोज १९ गतेको निर्णयानुसार सरकारी बजेटबाट तलब सुविधा प्राप्त गर्ने सबै पदाधिकारी तथा राष्ट्रसेवकलाई २०६५ असोजदेखि लागू हुने गरी मासिक दुइ हजार रुपैयाँ पारिश्रमिक वृद्धि गर्ने सम्बन्धमा सबै मन्त्रालयलहरुलाई परिपत्र गरिसकिएको जनाएको छ ।चालु आर्थिक वर्षको बजेट वक्तव्यको बुँदा २४७ मा उल्लेखित व्यवस्था कार्यान्वयन गर्ने सन्दर्भमा मन्त्रालयले परिपत्र गरेको हो । मन्त्रालयले विज्ञप्ति प्रकाशित गरी श्रेणीगत तलबमानमा गर्नुपर्ने सुधारका सम्बन्धमा एक महिनाभित्र सिफारिस गर्न अर्थ मन्त्रालय बजेट महाशाखाका सहसचिवको संयोजकत्वमा सबै कर्मचारी संगठनहरुका प्रतिनिधिसमेत रहने गरी एक कार्यदल समेत गठन भइसकेको जनाएको छ ।

६३ औं संयुक्त राष्ट्रसंघीय दिवस बिश्वभर मनाइँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आज शुक्रबार ६३ औं संयुक्त राष्ट्रसंघीय दिवस बिश्व लगायत नेपालमा पनि बिबिध कार्यक्रम गरी मनाइदै छ । सन् १९४५ को अक्टोबर २४ मा संयुक्त राष्ट्रसंघको रुपमा शुरुवात भएको दिनलाई सम्झना गर्दै सन १९४८ देखि आजैको दिन अर्थात अक्टोबर २४ लाई संयुक्त राष्ट्रसंघ दिवसका रुपमा मनाउन थालिएको हो ।दिवस अवसरमा सन्देश दिदै राष्ट्रसंघका महासचिव बान की मुनले राष्ट्रसंघले अझ सुरक्षित, सम्बृद्धि र स्वस्थ बिश्व बनाउनका लागि सबै अग्रसर हुनुपर्ने बताउनुभएको छ । सन १९७१ देखि राष्ट्रसंघका स्थायी सदस्य राष्ट्रहरुले आजका दिन सार्वजनिक बिदा पनि दिदै आएका छन् ।यस दिवसकै अवसरमा पिस फर नेपालले राजधानीको भृकुटीमण्डपमा बिशेष र्‍याली, फोटो प्रदर्शनी तथा पिस फोटो अवार्ड बितरण गरेको छ । यसैगरी नेपालस्थित राष्ट्रसंघ भवन पुलचोकमा बिहान बिभिन्न कार्यक्रमको आयोजना गरेको छ । यसैगरी नेशनल स्कुल अफ रिसर्चले भक्तपुरमा ५ दिने अन्तराष्ट्रिय कार्यशाला आयोजना गर्दैछ । नेपालले ५३ बर्षअघि संयुक्त राष्ट्रसघको सदस्यता प्राप्त गरेको थियो ।

सरकारसँग वार्ताका लागि आफ्ना चार बुँदे शर्त कोबराको

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तराइमा सशस्त्र संघर्षरत तराइ कोबरा नामक संगठनले सरकारसँग वार्ताका लागि आफ्ना चार बुँदे शर्त पूरा गर्न माग गरेको छ । वार्ताका लागि सरकारले पठाएको पत्रको जवाफ दिदै अध्यक्ष नागराजद्वारा जारी विज्ञप्ति मार्फत हालको वार्ता टोली विगठन गर्नुपर्ने, आफ्ना सबै बन्दी कार्यकर्ताहरुलाई रिहा गर्नुपर्ने शर्त अघि सारिएको छ ।यसैगरी आफ्ना कार्यकर्ताहरुमाथि लगाइएको सबै खाले मुद्धा फिर्ता लिनुपर्ने र वार्ता टोली सदस्यहरुको सुरक्षाको प्रत्याभूति गरिनुपर्ने शर्त समेत अघि सारिएको छ । तराइ उपनिवेशिक मुक्तिका लागि विभिन्न बुँदाहरुमा छलफल गर्न सकिने भनी विज्ञप्तिमा तराइमा संविधानसभाको निर्वाचनलाई निक्रिय गरी जनमत संग्रह गर्नुपर्ने, तराइबाट सुरक्षाकर्मीहरु फिर्ता गर्नुपर्ने लगायतका माग पनि अघि सारिएको छ ।

युगान्तकारी परिवर्तनको संघारमा मुलुक - प्रधानमन्त्री

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नयाँ संविधानमार्फत शान्त र समृद्ध नेपालको निर्माणजस्तो युगान्तकारी परिवर्तनको संघारमा मुलुक रहेकाले सबै नेपाली आ-आफ्ना प्रतिबद्धताका साथ लाग्नुपर्ने बताउनुभएको छ ।आठौँ सशस्त्र प्रहरी दिवसको उपलक्ष्यमा सशस्त्र प्रहरी बलद्वारा राजधानीमा आयोजित समारोहमा प्रधानमन्त्रीले विशिष्ट प्रहरी अधिकृतलाई ट्रफी प्रदान गर्दै सबै नेपालीलाई एकताको सूत्रमा बाँध्ने माध्यम राष्ट्रिय स्वतन्त्रता, स्वाभिमान र भौगोलिक अखण्डता हो, सरकार सोही भावनाका साथ अगाडि बढ्छ भन्नुभयो ।प्रधानमन्त्रीले नयाँ नेपाल निर्माणमा सबै नेपाली सद्भावका साथ जुट्ने विश्वास व्यक्त गर्नुयो । सरकार दिगो शान्ति प्रक्रियाप्रति प्रतिबद्ध रहेको बताउँदै उहाँले भन्नुभयो- शान्तिको महत्व हामी हिजो भिरपाखा र जङ्गलमा भोकै, नाङ्गै र रगतले लतपतिएर लडेकाहरुलाई जतिको अरूलाई हुँदैन ।नयाँ सरकारले सशस्त्र प्रहरीको भावना, आकाङ्क्षा र आवश्यकताअनुसार काम गर्ने पनि उहाँले बताउनुभयो । सशस्त्र प्रहरी बलका महानिरीक्षक वासुदेव ओलीले सरकारको निर्देशनलाई शिरोधार्य गर्दै नयाँ नेपाल निर्माणमा सशस्त्र प्रहरी बल लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राष्ट्रसंघ महासचिवको सम्बोधनबारे सभाध्यक्षद्वारा जानकारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभा, कार्यव्यवस्था परामर्श समितिको बैठक संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङको अध्यक्षतामा बिहीबार बसेको छ । बैठकले विनियोजन विधेयक, २०६५ अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीले दिन २०६५ साल कात्तिक २२ गते शुक्रबार बस्ने व्यवस्थापिका-संसदको बैठकबाट सुरु गर्ने निर्णय गरेको जनाइएको छ ।साथै बैठकमा अध्यक्षले संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले संविधानसभाका सदस्यहरूसँग यही कात्तिक १६ गते अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा अन्तरक्रिया गर्ने कार्यक्रमको सम्बन्धमा जानकारी गराउनुभयो ।बैठकमा कानुन, न्याय तथा संविधानसभा व्यवस्थामन्त्री देवप्रसाद गुरुङ, समितिका सदस्यहरू र आमन्त्रित सदस्यको रूपमा शोभाकर पराजुली, लक्ष्मणलाल कर्ण, भीमप्रसाद आचार्य, चन्द्रिकाप्रसाद यादव, अर्जुन राइ र पूर्णकुमारी सुवेदीको समेत उपस्थिति थियो ।

Oct 23, 2008

संयुक्त लिम्बुवान मोर्चाले ज्ञापनपत्र सरकारसमक्ष बुझाए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संयुक्त लिम्बुवान मोर्चा, पाँचथरले आफ्ना विभिन्न मागहरुसहितको ज्ञापनपत्र सरकारसमक्ष बुझाएको छ । मोर्चाले स्थानीय प्रशासनमार्फत बुझाएको ज्ञापनपनत्रमा सरकारमातहतका सबै सरकारी कार्यालयमा किराँत श्रीजङ्गा लिपि, नेपाली र अंग्रेजी गरी त्रिभाषी अक्षर प्रयोग गर्न पाउनुपर्ने लगायतका माग अघि सारेको छ ।यसैगरी, पाँचथर जिल्लाभित्र जलविद्युत् आयोजनाहरू सञ्चालन गर्दा आइएलओ-१६९ को मर्मलाई कारयान्वयन गर्नुपर्ने तथा जिल्लामा हुने गरेका कर्मचारी शिक्षक सरुवा, बढुवा वा नियुक्ति हुँदा आइएलओ-१६९ अन्तर्गत नै हुनुपर्ने लगायत एक दर्जन माग अघि सारिएको छ । मोर्चाका अध्यक्ष अर्जुन वेघाले माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।

प्रचार बिना नेपाली कांग्रेस जिल्ला सभापतिहरुको भेला

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रचार बिना पोखरामा भइरहेको नेपाली कांग्रेस जिल्ला सभापतिहरुको भेलाले पार्टी संगठनलाई सुदृढ गर्ने तरिका पत्ता लगाउने प्रयास गर्दैछ । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको पोखरामा कार्तिक ६ गतेदेखि सुरुभएको भेलाले सरकारको कडा आलोचना गरेको छ । नेपाली कांग्रेस परराष्ट्र बिभागले आयोजना गरेको भेलामा ७५ जिल्लाकै पार्टी सभापतिहरु सहभागि छन् र भेलालाई गोप्य राख्ने प्रयास गरिएको छ । श्रोतका अनुसार, भेलाका सहभागिहरुले सत्तारुढ पार्टीहरु माओवादी र एमालेका भात्रृ संगठनका अर्धसैनिक सैनिक संरचना कायम रहेकोमा बिरोध गरेका हुन् । माओवादी सरकारमा गए पनि घरजग्गा फिर्ता नगरेको, चन्दा आतंक कायम राखेकोबारे भेलामा कुरा उठेको उल्लेख गर्दै श्रोतले भन्यो, 'माओवादीका त्यस्ता क्रियाकलाप रोक्न पाटीले खेल्नुपर्ने भूमिकाबारे भेलामा छलफल भयो ।' काभ्रे कांग्रेसका सभापति शिवप्रसाद हुमागाँईले पार्टीलाई सुदृढ गर्न नीति तथा कार्यक्रम ल्याउनेबारे पनि भेलामा छलफल भएको जानकारी दिए ।

कारागारमा झडपमा एक दर्जनभन्दा बढी कैदी घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालगन्ज कारागारमा कैदीहरूबीच आपसमा झडप भएको छ। झडपमा एक दर्जनभन्दा बढी कैदी घाइते भएका छन्। नाइकेका विषयमा केही दिनदेखि आपसमा विवाद गर्दै आइरहेका दुइ समूहका कैदीबीच बुधबार साढे ६ बजे झडप भएको निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताउनुभयो।झडपमा परेर घाइते भएका ६ जनालाई प्रहरीले राति साढे १० बजे भेरी अञ्चल अस्पतालमा उपचारका लागि ल्याएको छ। अस्पतालमा उपचारका लागि ल्याइएका घाइतेहरूमा लालबहादुर बुढा, मेराज शेष, राजु बर्मा, गुरुवा चमार, नन्दलाल लोनिया र बाडु साह रहेका छन्।उनीहरूको टाउको, हातमा बढी चोट लागेको छ। घाइते शेषका अनुसार शिक्षामन्त्री रेणुकुमारी यादवसँग आफनो गुनासो सुनाइरहेको समयमा अर्को समूह आएर एक्कासि चिर्पटले हानेको थियो। मन्त्री यादवले फोरम समर्थित हीरालाल लोनियालाई बाहिर एक घण्टा भेटेपछि अन्य कैदीहरूको गुनासो सुन्न जानुभएको थियो।कैदीहरू झन्डै चार घण्टासम्म भित्र एक आपसमा लडेका थिए। साढे ६ बजेदेखि शुरू भएको झडप साढे १० बजे साम्य भएको थियो। भित्र कैदीहरू लडिरहँदा पनि सीमा सशस्त्र प्रहरी बलबाट आएका ५० जना, जिल्लाबाट गएको तीन दर्जन बढी र कारागारमै रहेका झन्डै तीन दर्जन प्रहरी बाहिरै रमिते बनेका थिए।प्रहरीहरूले बाहिर घेरा बनाएर बसे पनि भित्र नछिर्दा कैदीहरूबीच लामो समयसम्म ढुंगा हानाहान भएको थियो। घाइते शेषले धेरै कैदी कोठामा भित्रबाट ढोका थुनेर बसेको र बाहिर रहेकामध्ये झन्डै एक दर्जन घाइते रहेको जानकारी दिनुभयो।हाल नाइके रहेका दिनेश जैसीलाई मन नपराउने कैदीहरूले नाइके फेन एक हप्तादेखि दबाब दिइरहेको जेलर खड्गबहादुर गोर्साईले बताउनुभयो।उता कारागारमा झडप भइरहँदा यता जिल्लाका सुरक्षा प्रमुखहरू प्रशासनमा बैठक बसिरहेका थिए। झडप शुरू हुनेबित्तिकै कारागारमा पुगेका पत्रकारहरू गेटबाहिर साढे १० बजेसम्म बस्न बाध्य भएका थिए।जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख घनश्याम भट्टले नाइकेले रासनपानी खटनपटनको जिम्मा पाउने हुनाले आफनो मान्छे नाइके बनाउन कैदीहरू समूहमा बाँडिएको र त्यही समूह नै एक आपसमा झडपमा उत्रिएको बताउनुभयो।उक्त कारागारमा एक वर्षघि पनि कैदीहरूका बीचमा झडप भएपछि आठ जना कैदीलाई दाङ कारागारमा सरुवा गरिएको थियो।

सेना समायोजनबारे दलबीच विवाद, वैठक स्थगित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सेना समायोजनका लागि विशेष समिति गठन गर्ने विषयमा दलहरुबीच देखिएको विवाद अन्त्यका लागि प्रमुख चार दलको वैठक आज बिहीबार पनि बस्ने भएको छ । वालुवाटारमा बस्ने माओवादी, कांग्रेस, एमाले र मधेशी जनअधिकार फोरमका शीर्ष नेताहरुको वैठकमा समिति गठनबारे सहमतिको प्रयास गरिने दलका नेताहरुले बताएका छन् ।बैठकको समय भने तय भइनसकेको मधेशी जनअधिकार फोरमका अध्यक्ष एवं परराष्ट्र मन्त्री उपेन्द्र यादवले जानकारी दिनुभएको छ । माओवादीले शान्ति मन्त्रीको संयोजकत्वमा विषेश समिति गठन गर्ने प्रस्ताव राखे पनि काग्रेसले अस्विकार गरेपछि चार दलको हिजो बुधबारको वैठक बिनानिष्कर्ष टुङ्गएको थियो ।समिति गठनका विषयमा दलहरुबीच विवाद उत्पन्न भएपछि मन्त्रीपरिषदको बैठक स्थगित हुँदै आएको छ । विवादकै कारण समिति गठनका लागि हिजो बोलाइएको मन्त्री परिषदको वैठक अन्तिम समयमा आएर सारिएको थियो भने आज बिहान ८ बजेका लागि तय भएको बैठक पनि स्थगित भएको छ ।

गरुडा र इनरुवामा बम विस्फोट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रौतहटको गरुडा बैरिया गाउँ विकास समितिमा अज्ञात समूहले आज बिहीबार बिहान बम बिस्फोट गराएको छ । समनपुर-९ स्थित सडकमा सर्वसाधारणलाई लक्षित गरी गराइएको विस्फोटबाट स्थानीय दुइजनाको घरका शिशाहरु फुटेको प्रहरीले जनाएको छ ।बिस्फोटको जिम्मा तराइ राष्ट्रिय मुक्तिमोर्चा र तराइ आर्मीले लिएको छ । यसैगरी अज्ञात समूहले सुनसरीको इनरुवामा पनि राति बम विस्फोट गराएको छ । मोटरसाइकलमा आएको समूहले इनरुवा ३ स्थित विष्णु खड्काको घरमा बम विस्फोट गराएको हो । सडकबाट फालेको सकेट बम घरसँगै रहेको रुखमा लागेर विस्फोट भए पनि क्षति नभएको प्रहरीले जनाएको छ ।

भुटानी शरणार्थी समस्या समाधाननिम्ति वार्ता आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पूर्वी नेपालका शरणार्थी शिविरमा विगत १८ वर्षदेखि कष्टकर जीवन बिताइरहेका भुटानी शरणार्थीलाई क्षतिपूर्तिसहित ससम्मान स्वदेश फर्काउन नेपाल, भुटान, भारत र भुटानी शरणार्थीसमेतको चौपक्षीय सहभागितामा वार्ताका लागि आग्रह गरिएको छ ।भुटानी शरणार्थी संयुक्त स्वदेश फिर्ता अभियान समितिले राजधानीमा पत्रकारसम्मेलन गरी उक्त आग्रह गरेको हो । यस्तो आग्रह यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई गरिसकिएको समितिले जनाएको छ ।समितिले प्रधानमन्त्री दाहाललाई भुटानी शरणार्थी समस्या समाधानका लागि सातबँदे माग प्रस्तुत गर्दै वर्तमान सरकारको साझा न्यूनतम कार्यक्रममा शरणार्थी समस्या समाधान गर्ने उल्लेख भएकोमा शरणार्थीहरूमा आफ्नो मुलुक जाने आशा बढेको जनाएको छ ।मागपत्रमा अमेरिकी सरकारले शरणर्थीहरूलाई तेस्रो मुलुक पुनर्वास गराउने नयाँ रणनीति सुरु गरेपछि केही शरणार्थी र कूटनीतिज्ञमा पनि भ्रम पैदा हुनुका साथै पारिवारिक बिखण्डन, आत्महत्या, विद्यार्थीमा शिक्षाप्रति अभिरुचि घट्नुजस्ता समस्या दिनानुदिन बढेको जनाइएको छ ।समितिका अनुसार प्रधानमन्त्री दाहालसमक्ष प्रस्तुत सातबुँदे मागमा चौपक्षीय सहभागितासहितको वार्ताको सुरुवात, शरणार्थीको घर फर्कने अधिकार सुनिश्चित तथा सुरक्षित, शरणार्थी समस्या समाधान अन्तर्राष्ट्रिय मापदण्डअनुसार गरिनुपर्ने, सरकारको भुटानी शरणर्ाथी समस्याप्रति स्पष्ट नीति हुनुपर्ने, शरणार्थी समस्या समाधानका लागि स्थायी आयोग गठन गरिनुपर्ने, राहतमा कटौती गर्न नहुने र शरणार्थीलाई तेस्रो मुलुक पुनस्थापना कार्यक्रम रोकिनुपर्ने रहेको छ ।

विस्फोटमा परी नौजना सर्वसाधारण घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तराइ राष्ट्रिय मुक्ति सेना र तराइ आर्मी नामक सशस्त्र समूहले धनुषाको जनकपुरस्थित मालपोत कार्यालयमा बम विस्फोट गराएका छन् । विस्फोटमा परी नौजना सर्वसाधारण घाइते भएका छन् । कार्यालयको उत्तरपटि्ट बुधबार अपराह्न ग्यास सिलिन्डर बम विस्फोट गराइएको प्रहरीले जनाएको छ ।विस्फोटबाट घाइते भएकाहरूको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमा सात पुरुष र दुइ महिला रहेको प्रहरीले जनाएको छ ।

कतारबाट दुइ सयभन्दा बढी नेपाली फर्कने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कतारको दोहास्थित एक स्थानीय निर्माण कम्पनीमा कार्यरत २१९ जना नेपाली कम्पनी प्रशासनको उदासिनताबाट लामो समयसम्म पीडित भएपछि अब घर फर्कन पाउने संकेत देखिएको छ । नेपाली दूतावासले दिएको जानकारीअनुसार ती कामदारको बक्यौता तलब र घर फर्कनका लागि हवाइ टिकट प्रदान गर्न सम्बन्धित निकायले उक्त कम्पनीलाई आदेश दिइसकेको छ । ती नेपाली कामदारको भविष्यप्रति कम्पनीले कुनै पनि चासो नदेखाएपछि नेपाली दूतावासको पहलमा उनीहरूको मुद्दा श्रम विभागमा लगिएको थियो । कम्पनीमा कार्यरत चारजना बंगालीबाहेक अरू सबै नेपाली रहेका र उनीहरू सबैजना घर फर्कन चाहेको पीडितहरूले बताएका छन् । यसअघि त्यहाँका १० जना नेपाली कामदार स्वदेश फर्किसकेका छन् । कम्पनीले आवास अनुमति र गत तीन महिनादेखि काम नदिलाएपछि सबैजना फर्कन चाहेको र दूतावासको पहलमा उनीहरूको मुद्दा श्रम विभागमा पठाइएको राजदूत डा. सूर्यनाथ मिश्रलाई उद्धृत गर्दै राष्ट्रिय समाचार समितिले जनाएको छ ।'उनीहरूका पक्षमा निर्णय भएको छ' डा. मिश्रले भन्नुभएको छ- 'आशा गरौँ उनीहरूले आफ्नो पाउनुपर्ने रकम र सुविधा लिएर छिट्टै फर्कन पाउनेछन् ।' उनीहरूलाई घर जानमा रहेको कानुनी कठिनाइको समस्या पनि समाधान हुने विश्वास राजदूत डा. मिश्रले व्यक्त गर्नुभयो ।

मोहन वैद्य किरणले संविधानसभा सदस्यबाट राजीनामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा माओवादीका वरिष्ठ नेता मोहन वैद्य किरणले संविधानसभा सदस्यबाट राजीनामा दिनुभएको छ । वैद्यले आफू पार्टीको काममा व्यस्त रहनुपरेको कारण दर्साउँदै संविधानसभा अध्यक्ष सुवास नेम्बाङसमक्ष राजीनामा दिनुभएको हो । वैद्यले राजीनामा दिनुभएपछि अध्यक्ष नेम्बाङले उहाँलाई राजीनामामाथि सनाखत समेत गर्न लगाउनुभएको संसद सचिवालयले जनाएको छ । उहाँ समानुपातिक निर्वाचन प्रणालीमार्फत संविधानसभा सदस्यमा मनोनीत हुनुभएको थियो । नेपालको अन्तरिम संविधानको धारा ६३ को उपधारा ७ क को ३ अनुसार निर्वाचित वा मनोनीत सदस्यको स्थान कुनै कारणले रिक्त भएमा त्यस्तो स्थान जुन प्रक्रियाद्वारा निर्वाचित वा मनोनीत भएको हो सोही प्रक्रियाद्वारा प्रचलित कानुनबमोजिम पूर्ति गरिने छ ।

Oct 21, 2008

३४ सरकारी वेबसाइट हयाक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयमा राखिएका सरकारी वेब र्सभर’ मा विद्युत् रोकिँदा सरकारको आधिकारिक वेबसाइटसहित मन्त्रालय, विभाग र विभिन्न संस्थाका ३४ वटा वेबसाइट अवरुद्ध हुन पुगेका छन्। अवरुद्ध केही वेबसाइट सोमबारबाट सञ्चालनमा ल्याइए पनि धेरै साइट भने अझै सञ्चालनमा आउन सकेका छैनन्।वेब र्सभरमा दशैंबिदाको समयमा विद्युत् रोकिँदा अवरुद्ध भएका सरकारी साइटहरू पूर्ण् रूपमा सञ्चालनमा आउन अझै केही दिन लाग्ने बताइएको छ।मन्त्रालयले वेब र्सभर सञ्चालन गर्ने जिम्मेवारी मन्त्रालयस्थित राष्ट्रिय सूचनाप्रविधि केन्द्रलाई दिएको थियो।केन्द्रको आईटी शाखाका कम्प्युटर इन्जिनियर हीरागोपाल महर्जनका अनुसार अवरुद्ध भएका सरकारी वेबसाइटमा नौवटा मन्त्रालय, १० वटा विभाग र १५ वटा विभिन्न सरकारी संस्थाका रहेका छन्।विद्युत् प्रसारण रोकिँदा वेब र्सभर र ब्याकअप र्सभर दुवै ब्रि्रन गएकाले वेबसाइटमा राखिएका सबै सामग्री मेटिएको इन्जिनियर महर्जनले नेपाल समाचारपत्रलाई बताउनुभयो।वेबसाइटमा पुनः सामग्री राख्न सबै मन्त्रालय, विभाग र संस्थाबाट सामग्री मगाइएको छ’, इन्जिनियर महर्जनले भन्नुभयो- अब केही दिनभित्र वेबसाइट पुरानै अवस्थामा ल्याइनेछ।’केन्द्रका अनुसार वातावरण, विज्ञान तथा प्रविधि, कृषि तथा सहकारी, जलस्रोत, भूमिसुधार तथा व्यवस्थापन, कानुन, वन तथा भूसंरक्षण, श्रम तथा यातायात र रक्षा गरी नौ मन्त्रालयका वेबसाइट पर्ूण्ारूपमा अवरुद्ध भएका छन्।सरकारी सूचना सहज रूपमा जनतासम्म पुर्याउन र विद्युतीय सुशासनलाई कार्यान्वयन गर्न सरकारले केही वर्षेखि आŠना मन्त्रालय, विभागका सूचना वेबसाइटमा उपलब्ध गराउँदै आएको थियो।मन्त्रालयको र्सभर बिग्रिँदा नेपाल सरकारको आधिकारिक वेबसाइट डब्ल्यू डब्ल्यू डब्ल्यू डट नेपाल जीओभी डट जीओभी डट एनपी पनि अवरुद्ध हुन पुगेको छ। सरकारी आधिकारिक वेबसाइटलाई सोमबारबाट सञ्चालनमा ल्याइए पनि सामग्री भने राखिएको छैन।हयाक गरिएको हो’राष्ट्रिय सूचनाप्रविधि केन्द्रले विद्युत् प्रसारण रोकिएका कारण र्सभर ब्रि्रन गई ३४ वेबसाइट अवरुद्ध भएको बताए पनि मन्त्रालयस्रोतले भने विदेशी हयाकरले मन्त्रालयको वेबर्सभर हयाक गरेको बताएको छ।स्रोतका अनुसार अवरुद्ध वेबसाइटमा हयाक बाइ अल्जेरिया युसुफ’ भन्ने सूचना हयाकरले प्रकाशित गरेका थिए। तर केन्द्रले पछि सो सूचना हटाएको दाबी स्रोतको छ।
-->

कांग्रेस सरकारमा नजाने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ले सरकारमा सहभागी हुन गरेको प्रस्तावलाई नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले अस्वीकार गर्नुभएको छ। कांग्रेस सभापति कोइरालालाई सोमबार साँझ भेटेर प्रधानमन्त्री प्रचण्डले सरकारमा आउन आग्रह गर्दा कोइरालाले प्रतिपक्षमा बसेर नै संविधान निर्माणको काममा सहयोग पुर्याउने बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसले विजयादशमी तथा दीपावलीको उपलक्ष्यमा आयोजना गरेको चियापान कार्यक्रममा समेत सत्तामा सहभागी हुन कांग्रेसलाई आग्रह गर्नुभएको थियो र सोही प्रक्रियालाई टुंगोमा पुर्याउन सोमबार साँझ भेटवार्ता भएको थियो। शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्याउन र संविधान निर्माणमा सहयोग पुर्याउन मैले सरकारमा सहभागी हुन आग्रह गरेँ तर कोइरालाले प्रतिपक्षमा नै बसेर सहयोग पुर्याउने बताउनुभयो’ -भेटपछि प्रचण्डले सञ्चारकर्मीहरूसँग भन्नुभयो।भेटमा आफूले शान्ति प्रक्रियालाई तात्त्विक निष्कर्षा पुर्याउने, नयाँ संविधान बनाउने र नयाँ आयोग बनाउने विषयमा लचिलो भइदिन पनि कोइरालालाई आग्रह गरेको प्रचण्डले जानकारी गराउनुभयो। करिब २० मिनेट लामो भेटमा कोइरालाले सबै पक्षलाई विश्वासमा लिएर अगाडि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिनुभएको थियो। अबको मन्त्रिपरिषद् बैठकले विगतमा गरिएका सहमतिअनुरूप गठन हुन बाँकी रहेका समिति गठनको प्रक्रियालाई अगाडि बढाउनेछ र सो सम्बन्धमा पनि मैले सभापति कोइरालालाई जानकारी गराएँ’ -प्रचण्डले भन्नुभयो। प्रधानमन्त्री प्रचण्ड र सत्तासाझेदार दलहरूले तिहारअगडि सेना समायोजनसम्बन्धी विशेष समिति, राज्य पुनः संरचना आयोग, मेलमिलाप आयोगलगायत थुप्रै आयोग र समिति बनाउने बताउँदै आएका छन्।कांग्रेस सभापति कोइरालाको यो अस्वीकृतिपछि अब माओवादीले कांग्रेसलाई सत्तामा सहभागी गराउने पहललाई अन्त्य गरेको छ।यो अन्तरिम सरकारः कोइरालाकांग्रेस सभापति कोइरालाले प्रचण्डको नेतृत्वमा रहेको वर्तमान सरकार अन्तरिम मात्र भएको बताउँदै त्यसको बोध गर्न र पदीय दायित्व अनुसारको अभिव्यक्ति दिन प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिनुभएको छ। पार्टी सभासद्हरूलाई संसदीय तालिम दिन सोमबार पार्टी विदेश विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति कोइरालाले भन्नुभयो- अन्तरिम संविधानअनुसार गठन भएको सरकार पनि अन्तरिम हुन्छ, त्यसलाई प्रचण्डले बुझनुपर्ने हो।’सभापति कोइरालाले प्रधानमन्त्री प्रचण्डलाई एउटा ठोस नीति बनाउन र पदीय मर्यादाअनुरूप अभिव्यक्ति दिन पनि सुझाव दिनुभयो। प्रधानमन्त्री जुन देशमा गयो, सोही देशअनुसारको अभिव्यक्ति दिइरहनुभएको छ, प्रधानमन्त्रीले पदीय दायित्वअनुसारको अभिव्यक्ति दिनुपर्छ’ -कोइरालाले भन्नुभयो। सभापति कोइरालाले माओवादीले सहमति, सहकार्य र एकताको संस्कृतिलाई तोडेको आरोप लगाउनुभयो।सभापति कोइरालाले १२बँुदे सहमति अगाडि प्रचण्डसँग दिल्ली भ्रमणका क्रममा भएको पहिलो भेटका बारेमा पनि सभासद् र कार्यकर्ताहरूलाई जानकारी गराउनुभएको थियो। ँप्रचण्डले पहिलो भेटमा नै तत्कालीन राजासँग आŠनो भेट भएको र दुवै पक्ष मिली कांग्रेसलगायतका संसदीय पार्टीलाई सिध्याउने प्रस्ताव राखेको तर आफूले अस्वीकार गरेको जानकारी गराउनुभएको थियो’ -कोइरालाले भन्नुभयो।कार्यक्रममा पार्टीनेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेललगायतले आफना विचार व्यक्त गर्नुभएको थियो।प्रचण्ड-खनाल भेट प्रधानमन्त्री प्रचण्ड र एमाले महासचिव झलनाथ खनालबीच पनि सोमबार नै भेटवार्ता भएको छ। कांग्रेस सभापति कोइरालासँग भेट्नुअगाडि प्रचण्डले महासचिव खनालसँग वार्ता गरी कांग्रेसलाई सत्तामा सहभागी गराउने र अन्य राजनीतिक काम अगाडि बढाउने विषयमा छलफल गर्नुभएको थियो। भेटमा प्रधानमन्त्री प्रचण्डको आग्रहलाई स्वीकार गर्दै सरकार सञ्चालनका लगि गठन गर्न लागिएको उच्चस्तरीय राजनीतिक समिति संयोजकको जिम्मेवारी एमाले पूवमहासचिव माधवकुमार नेपाललाई दिन पार्टी सहमति रहेको जानकारी महासचिव खनालले गराउनुभएको थियो। प्रधानमन्त्री प्रचण्ड र एमाले पूवमहासचिव नेपालबीच अब वार्ता भएपछि उच्चस्तरीय राजनीतिक संयन्त्रले काम प्रारम्भ गर्ने भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको वार्तामा अब मन्त्रिमण्डल विस्तार गर्ने र धादिङलगायत विभिन्न ठाउँमा भएका झडपहरू अन्त्य गर्ने विषयमा पनि सहमति भएको थियो। भेटमा एमालेका नेता भरतमोहन अधिकारी, गृहमन्त्री वामदेव गौतम, अर्थमन्त्री डा.बाबुराम भट्टर्राई, रक्षामन्त्री रामबहादुर थापा पनि सहभागी हुनुहुन्थ्यो।

'राजनीतिक सेनालाई नेपाली सेनामा समायोजन हुन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले नेपाली सेनामा कुनै राजनीतिक सेनालाई समायोजन गर्न नहुने बताउनुभएको छ । कांग्रेस विदेश विभाग तथा सोसलिष्ट इन्टरनेशनलले कांग्रेस सभासदहरुको सम्मानमा आयोजना गरेको कार्यक्रममा सभापति कोइरालाले राजनीतिबाट प्रेरित सेनालाई राष्ट्रिय सेनामा समायोजन गरिए सेनाको छवि धुमिलिने बताउनुभयो ।संसदीय प्रणाली मान्दैनौ भन्ने माओवादीले संसदीय प्रणाली अन्तर्गतको सरकारमा रहेको भन्दै उहाँले सरकार कुन प्रणालीमा रहेको प्रष्ट पार्न माओवादी नेताहरुलाई आग्रह गर्नुभयो । अन्तरिम संविधान अन्तरगत बनेको सरकार पनि अन्तरिम भएकाले महत्वपूर्ण निर्णय गर्न नपाउने उहाँको भनाइ थियो ।कांग्रेस सभापति कोइरालाले शान्ति प्रक्रियाको लागि आफूले विगतमा गरेको सहमति र सम्झौताबारे सभासदहरुलाई जानकारी गराउनुभएको थियो । कार्यक्रममा कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले माओवादी सेना राजनीति प्रशिक्षित सेना भएकोले उनीहरुलाई कुनै पनि सुरक्षा दस्तामा समायोजन गर्न नहुने बताउनुभयो ।

Oct 20, 2008

दुइ मन्त्रीको हानथाप कर्मचारी अन्योलमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सूचनाप्रविधि उच्चस्तरीय आयोगलाई लिएर वातावरण, विज्ञान तथा प्रविधिमन्त्री गणेश साह र सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराबीच विवाद बढेपछि आयोगका कर्मचारी अन्योलमा परेका छन्। स्रोतका अनुसार वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयअर्न्तर्गत रहेको सो आयोगलाई सूचना तथा सञ्चारमन्त्री महराले सुटुक्क आफनो मन्त्रालयमा गाभ्ने प्रयास गरेका कारण दुइ मन्त्रीबीच विवाद बढेको हो।ँमन्त्री महराले डेढ वर्षघिदेखि सूचनाप्रविधि उच्चस्तरीय आयोगलाई सूचना तथा सञ्चार मन्त्रालयमा गाभ्ने कोसिस गरे पनि अहिले यसको अन्तिम तयारी भइरहेको छ’, स्रोत भन्छ- पहिला आयोगलाई मात्र सार्ने र पछि हाल कार्यरत सम्पूर्ण कर्मचारी हर्टाई आफना मानिस राख्ने तयारी गरेका कारण कर्मचारीहरू अन्योलमा परेका छन्।’सूचनाप्रविधि उच्चस्तरीय आयोगको गठन २०६० सालमा विज्ञान तथा प्रविधि मन्त्रालय मातहतमा प्रधानमन्त्री यसको अध्यक्ष रहने गरी तत्कालीन मन्त्रिपरिषद्ले गरेको थियो।सूचनाप्रविधि -आईटी) सम्बन्धी नीति तर्जुमा एवम् पुनरवलोकन गर्ने, आईटीसम्बन्धी अनुसन्धान र विकास गर्नेलगायतका काम, कर्तव्य र अधिकार दिई सो आयोगको गठन गरिएको थियो।स्रोतका अनुसार विगत पाँच वर्षेखि वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयअर्न्तर्गत रहेको सो आयोगलाई सूचना तथा सञ्चारमन्त्री महराले आफनो मन्त्रालयमा सार्ने प्रयास भित्रभित्रै गरेको थाहा पाएपछि विज्ञानमन्त्री साहले त्यसो नगर्न आग्रह गर्नुभएको थियो। तर सूचना तथा सञ्चारमन्त्री महराले आयोगलाई आफनो मन्त्रालयमा गाभ्ने अड्डी कसेपछि दुइ मन्त्रीबीचको विवाद चर्किएको हो’ -स्रोत बताउँछ।प्रधानमन्त्री आयोगको अध्यक्ष रहने भएकाले सार्नै परे यसलाई प्रधानमन्त्री कार्यालयको मातहतमा राखिनुपर्छ’, स्रोत भन्छ- अन्यथा यसलाई अन्य मन्त्रालयमा र्सार्न मिल्दैन।’ स्रोतका अनुसार सूचना तथा सञ्चारमन्त्री महराले शुरूमा बनेपास्थित सूचनाप्रविधि (आईटी) पार्क आफनो मन्त्रालयका लागि माग गर्नुभएको थियो। आयोगको रेखदेखमा रहेको सो पार्क आयोगले नदिने बताएपछि मन्त्री महराले आयोगलाई नै आफनो मन्त्रालयमा गाभ्ने प्रयास गर्नुभएको हो’ -स्रोत बताउँछ।ँआयोगलाई लगे विज्ञान मन्त्रालयसँग महत्त्वपूर्ण् अंग केही नरहने बताउँदा पनि लान्छु भन्छन्’ -महरासँगको विवादपछि आफना कर्मचारीसँग विज्ञानमन्त्री साहले भनेको भनाइ स्रोतले उद्धृत गर्दै बतायो।