News

May 6, 2009

चीनको सरकारी अधिकारीलाई चुरोट पिउन आदेश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बेइजिङ/ चीनको केन्द्रीय काउन्टीले सरकारी अधिकारीलाई चुरोट पिउन आदेश दिएको छ । राजस्व वृद्धि गर्न सरकारी अधिकारीलाई प्रत्येक वर्ष दुई लाख प्याकेट चुरोट पिउन आदेश दिइएको हो । गाङयान काउन्टीले सरकारी अधिकारी र शिक्षकलाई दुई लाख ३० हजार स्थानीय हुवेई ब्रान्डको चुरोट पिउन आग्रह गरेको हो । चुरोट कम पिउने वा नपिउने कर्मचारीलाई सरकारको यस आदेशले अप्ठेरोमा पारेको छ । अन्य प्रान्त वा विदेशबाट चुरोट आयात गर्नेलाई सरकारले सजाय तथा बर्खास्त गर्दै आएको छ । चीनमा प्रत्येक वर्ष धूमजन्य रोगबाट दस लाख व्यक्तिको मृत्यु हुने गरेको छ । 'यस नीतिले स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउँछ,' चुरोट बजारका सुपरभाइजर टिमका सदस्य चेन नियान्जूले भने । छिमेकी प्रान्त हुनानमा बनेका चुरोटसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले यो नीति ल्याइएको बताइएको छ । चीनमा धेरै चुरोट पिइन्छ । आधाभन्दा बढी पुरुष चिकित्सकहरू चुरोट पिउँछन् । धूम्रपानले स्वास्थ्यमा पार्ने नकारात्मक असरका बारेमा कयौँ अनभिज्ञ छन् । तर, सरकारले चुरोट छोड्न सर्वसाधारणलाई प्रोत्साहन गरिरहेको छ । २००८ को ओलम्पिक खेलताकाको समयमा बेइजिङका सार्वजनिक स्थलमा चुरोट पिउन प्रतिबन्ध गरिएको थियो ।

No comments: