News

May 4, 2009

संयुक्त लिम्बुवान मोर्चा, नेपाल काठमाडौंमा आन्दोलन गर्दै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/वैशाख २०, २०६६/डी. बी. आङ्‍बुङ
संविधान सभामार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान निर्माण भइरहेको बेला शदीयौंदेखि विद्यमान एकात्मक र केन्द्रीकृत राज्य संरचना र शासनव्यवस्थाद्वारा सिर्जित सबैखाले समस्याको स्थायी समाधानका
लागि जाति,भाष र क्षेत्रको आधारमा राज्यको पुनर्संरचना गरी सङ्‍खुवा-अरुण-सप्तकोशीपूर्वको ९ जिल्लाको भूभागलार्इ जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकारसहित "लिम्बुवान स्वायत्त राज्य"को संवैधानिक सुनिश्चित गर्न लिम्बुवानसम्वद्ध विभिन्न राजनीतिक तथा आदिवासी संगठन आवद्ध "संयुक्त लिम्बुवान मोर्चा, नेपाल"को आयोजनामा यही २०६६ वैशाख २० गते काठमाडौंको माइतीघर मण्डलामा उपस्थित भर्इ नयाँवानेश्वरस्थित्त संविधानसभा केन्द्रीत दवाबमुलक जनप्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । माइतीघर मण्डलाबाट मोर्चामा आवद्ध विभिन्न संगठनका झण्डा र सहभागी संघ संस्थाका ब्यानरसहित नयाँ वानेश्वरस्थित संविधान सभा हलतर्फ
विभिन्न नाराबाजीका साथ जनमास गएको थियो । सो जनमास नयाँवानेश्वर चोकमा पुगी कोण सभामा परिणत भयो । काठमाडौंको नयाँवानेश्वर चोकमा आयोजित कोणसभामा नेपाली कांग्रेसका केन्द्रय सदस्य तथा माननीय सभासद पूर्णकुमार सेर्मा, लिम्बुवान प्रान्तीय परिषद्‍का इञ्चार्ज के. पी. पालुङ्‍वा, नेपाल लिम्बुवान स्वशासित संघ एकीकृतिका के. बी. फुदोङ, नेकपा एमालेका केन्द्रीय सदस्य रकम चेम्जोङ, लिम्बुवान राष्टि्रय मुक्ती मोर्चाका अध्यक्ष श्री जबेगू, मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद्‍का अध्यक्ष कुमार लिङ्‍देन "मिराक", लिम्बुवान मुक्ती मोर्चाका अध्यक्ष वीर नेम्बाङले सम्बोधन गर्नुभएको थियो । यस जनप्रदर्शनमा लिम्बू विद्यार्थी, लिम्बू कलाकार र माङ्‍गेन्ना चुम्लुङलगायतको समेत सशक्त सहभागीता रहेको थियो ।

No comments: