News

May 7, 2009

वैज्ञानिकले चकलेटबाट चल्ने रेसिङ कार बनाए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लन्डन/ वैज्ञानिकले चकलेटबाट चल्ने रेसिङ कार बनाएका छन् । यो कार चकलेट फ्याक्ट्रीबाट निस्केको काम नलाग्ने चकलेटबाट चल्छ । कारको केही भाग बोटबिरुवाको रेसाबाट बनेका छन् । कार एक घन्टामा एक सय ४५ किलोमिटर चल्ने अनुमान गरिएको छ । यो कार अहिलेसम्मकै सबैभन्दा बढी वातावरण आत्मीय भएको बताइएको छ । कारका पांग्राहरू वनस्पतिको रेसाजस्तै गाँजर र अन्य जमिनमुनि फल्ने तरकारीबाट बनेका हुन्छन् । कारको सिट सुती कपडाको धागो निकाल्ने सन, बिरुवाको रेसा तथा सूर्यमुखी तेलको फ्रीजबाट बनेको छ । कारको शरीर पनि वनस्पतिको रेसाबाट नै बनेको छ । बायोफ्युलबाट चल्ने अन्य कारमध्ये यो कार सबैभन्दा छिटो कुद्ने युनिभर्सिटी अफ वारविकले जनाएको छ । 'वल्र्ड फस्र्ट र्फमुला— ३ रेसिङ कार' नाम दिइएको यो कार युरोपेयिन ग्रान्ड पि्रक्स र ब्रिटेनवुड फेस्टिबलमा सार्वजनिक गरिनेछ ।

No comments: