News

May 8, 2009

राष्ट्रपतिदेखि पूर्वप्रधानमन्त्री र मन्त्रीहरूको बेरुजु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गणतन्त्र नेपालका राष्ट्रपतिदेखि पूर्वप्रधानमन्त्री र मन्त्रीहरूले संसदीय कालको बेरुजुसमेत फस्र्योट गरेका छैनन् । उनीहरूले नियमविपरीत लिएको दसै पेस्की र औषधोपचारका नाममा लिएको सरकारी पैसाको हिसाब बुझाएका छैनन् । राष्ट्रपति डा. रामवरण यादवदेखि सबैजसो पूर्वप्रधानमन्त्री र मन्त्रीहरूका नाममा करोडजति बेरुजु छ । सरकारमा भएको वेला ऐन/नियमविपरीत सरकारी रकम चलाएको भन्दै महालेखा परीक्षकको कार्यालयले उनीहरूका नाममा लगातार बेरुजु देखाएको छ, तर उनीहरूले फस्र्योट गरेका छैनन् ।
नियमविपरीत पैसा लिने केही ठूला नेताहरू
१) डा.रामवरण यादव १,१७,०३१ २) गिरिजाप्रसाद कोइराला २,४१,४१० ३) शेरबहादुर देउवा २८,८५० ४) लोकेन्द्रबहादुर चन्द १,६९,९४५ ५) कृष्णप्रसाद भट्टराई ५९,६७० ६) स्व. मनमोहन अधिकारी ९,००० ७) महन्थ ठाकुर ८०,४३५ ८) झलनाथ खनाल ७९,४५८ ९) रामचन्द्र पौडेल ६२,३१० १०) विजयकुमार गच्छेदार ९,०६,६०० ११) जेपी गुप्ता ९४,११५ १२) वामदेव गौतम २९,४५८ १३) माधवकुमार नेपाल ७,५०० १४) केपी ओली ७,००० १५) पशुपतिशमशेर जबरा ७,००० १६) तारणीदत्त चटौत १,१५,८८८ १७) चिरञ्जीवी वाग्ले ४७,१७० १८) कमला पन्त ७८,९३५ १९) दिलेन्द्रप्रसाद बडु ५०,३१० २०) राधाकृष्ण मैनाली ६५,०५० २१) कुलबहादुर गुरुङ २९,१२५ २२) डा.रामशरण महत ५८,२५० २३) भरतमोहन अधिकारी ३६,१२५ २४) अशोक राई ३५,८२५ २५) खुमबहादुर खड्का १,०३,०५१ २६) चक्र बास्तोला ७७,४३५ २७) प्रकाशमान सिंह ३६,१२५ २८) भोजराज जोशी २१,७५० २९) विद्यादेवी भण्डारी २९,१२५ ३०) कमल थापा २७,६२५

No comments: