News

May 7, 2009

माओवादीकै नेतृत्वमा सरकार बन्ने प्रचण्डको विश्वास

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ बन्ने सरकारपनि आफ्नै पार्टीको नेतृत्वमा बन्ने विश्वास व्यक्त गरेका छन्।आफुले डेढ वर्षअगाडि माओवादी सेनाहरुलाई सम्बोधन गर्ने क्रममा दिएको भाषणको भिडियो टेप सञ्चार माध्यमहरुले सार्वजनिक गरेको भोलिपल्ट त्यसले फैलाएको आशंका र सनसनीलाई मेट्ने प्रयासस्वरुप बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले उक्त भनाइ राखेका हुन्।नयाँ सरकार निर्माणको प्रक्रियामा दलहरु सक्रिय भइरहँदा प्रकाशमा आएको उक्त भिडियोटेपले माओवादी र अन्य दलबीच अविश्वास बढाइरहेको ठानिएको बेला प्रचण्डले त्यस्तो आशंका चिर्ने प्रयास गरेका थिए।“विस्तारै शंकाहरु मेटिनेछ, अझ बढी विश्वास बन्नेछ र माओवादीकै नेतृत्वमा फेरि सरकार बन्नेछ भन्ने मेरो विश्वास छ,” उनको भनाइ थियो।तर उनले नयाँ सरकारको प्रधानमन्त्री को हुन्छ भन्ने कुरा स्पष्ट पारेनन्।

No comments: