News

May 8, 2009

कटवालको उमेर प्रमाणका लागि सिटरोल माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सर्वोच्च अदालतले प्रधानसेनापति रुक्मांगत कटवालको उमेरसँग सम्बन्धित प्रमाणका लागि सैनिक जंगी अड्डासँग सिटरोल माग गरेको छ । बुधबार सर्वोच्च अदालतको संयुक्त इजलासले सिटरोल माग्ने निर्णय गरेको हो । ०१८ सालमा एसएलसी पास गरेका कटवालको एसएलसीको प्रमाणपत्रमा जन्ममिति २००१ साल उल्लेख छ । उनले ०३३ सालमा उमेर घटाउन दरबार र शाही नेपाली जंगी अड्डामा निवेदन दिएका थिए ।'श्री ५ महाराजाधिराजका सैनिक सचिवालय' ले शाही नेपाली जंगी अड्डालाई लेखेको पत्रसमेत अदालतमा पेस भएको छ । ३ कात्तिक ०३३ मा लेखिएको सो पत्रमा कटवालको उमेर सच्याउने निर्णय भएको जनाइएको छ । उमेर सच्चाउने पत्रमा भनिएको छ, 'श्री ५ महाराजाधिराजका हजुरमा जाहेर हुँदा सहसेनानी रुक्मांगत कटवालको जन्ममिति सच्याउनेबारे सम्माननीय प्रधानसेनापतिको राय, पञ्चायतको सिफारिससमेत भएकाले निजको जन्ममिति सच्याइदिनुहुन हुकुम बक्सिएको छ ।'राजाका तत्कालीन सैनिक सचिव शेरबहादुर मल्लले लेखेको सो पत्रका साथमा प्रधानसेनापतिको सिफारिस, काठमाडौं जिल्ला पञ्चायतको पत्र र ओखलढुंगा गाउँ पञ्चायतको पत्रसमेत समावेश छ । यी पत्रहरूको आधारमा कटवालको उमेर चार वर्ष घटाइएको हो ।प्रधानमन्त्री कार्यालयलाई समेत विपक्षी बनाइएको सो रिटको अन्तिम सुनुवाइ दामोदरप्रसाद शर्मा र राजेन्द्रप्रसाद कोइरालाले निर्णय सुनाउने मिति तोकेका हुन् । निर्णय सुनाउने मितिसँगै कानुन व्यवसायीलाई बहस नोट पेस गर्नसमेत समय दिइएको छ । सिटरोल आएपछि मुद्दाको फैसला हुने सर्वोच्च अदालतका सह-प्रवक्ता हेमन्त रावले बताए ।

No comments: