News

May 9, 2009

क्वारेन्टाइनमा राखिएको हङकङ होटलबाट विदेशीहरु मुक्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गत विहिबार दिउँसो साँघाइ हुँदै हङकङ आएका २५ वर्षीय मेक्सिकन नागरिकको यहाँ उपचार गराएपश्चात उक्त व्यक्तिमा यचवानयनवानको भाइरस भेटिएकोले उक्त मेक्सिकन व्यक्तिको बसाइ भएको वानचाइस्थित होटललाई सम्पूर्णतः रुपमा हङकङ सरकारले क्वारेन्टाइनमा राखेको थियो । वानचाइस्थित मेट्रोपार्कमा तत्कालीन रहेका २०० जना पाहुना र १०० जना स्टाफहरु सबैलाई बाहिर निस्कन नमिल्ने गरी बन्दी हालातमा राखिएको थियो ।मेक्सिकोबाट फैलिएको स्वाइन फ्लू अहिलेसम्म २३ वटा राष्ट्रमा विस्तृत भएको छ । सन् २००३ र ०५मा सार्स तथा वर्ड फ्लूको आक्रमक स्थिति भोगिसकेको हङकङ योपालि चनाखो हुनु जायज थियो किनकि उक्त स्वाइन फ्लू मान्छेबाट मान्छेमा सर्ने भएकोले डब्लू यच ओले खतराको तहलाई पाँचौंमा लगेको थियो र त्यसलाई महामारी भनिसकेको अवस्थामा यसरी अत्यधिक मात्रामा संक्रमण हुने यस रोगलाई यसरी सम्भावित ग्राउण्ड जिरोलाई क्वारेन्टाइन गरिनु अति उत्तम डब्लू यच ओकी डाइरेक्टर जेनेरल मार्गारेट चानले बताएकी भए तापनि आम व्यक्तिहरुबाट आलोचना गरिएको थियो । यस्तै रुपमा बैजिङ्गमा क्वारेन्टाइन राखिएका विदेशीहरुमा चीनले मेक्सिकन भएको हकमा भेदभाव गरेको ठहर गर्दै अन्त्यमा आफ्ना नागरिकलाई हवाइजहाज चार्टर गरेर नै आफ्नो स्वदेश लगेको छ जसबाट चीन र मेक्सिकोको दौत्य सम्वन्धमा चिरा परेको बताइएको छ ।हङकङमा त्यसरी समाजबाट बन्द गरेर राखिएका केही व्यक्तिहरुमा व्यापारीहरु परेको र तिनको करोडौं डलरको नोक्सान भएको जताइएको समाचारहरु आएका थिए । पर्यटकहरुको भीसा थप्दै त्यसरी राखिएका उनै विदेशी नागरिकहरुलाई आज ८ बजे साँझ उक्त होटेलबाट रिहा गरिएको थियो, जहाँ सयौंको संख्यामा मिडियाहरु उपस्थित थिए । उक्त वानचाइ एरियामा पैदल तथा ट्राफिकहरु सातैबजेदेखि रातको ११ बजेसम्मका लागि बन्द गरिएका छन् ।होटेलमा कैदीजसरी बस्न वाध्य भएका पाहुनाहरुले हङकङ सरकारले राम्रो प्रवन्ध गरेको एकै मतमा भनेका भए तापनि व्यक्तिगत स्वतन्त्रताको केही हदसम्म हक छिनेको भने मानेका छन् । एक किसिमले लडाइ जितेर आएको जस्तो महशुस गरेका ती व्यक्तिहरुले सक्दो रमाइलो गरी देश फर्कने बताएका छन् ।

No comments: