News

May 9, 2009

अनमिनले लडाकूको पुनः प्रमाणीकरण हुनसक्ने संकेत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख २५- माओवादी लडाकूको सुपरिवेक्षण तथा प्रमाणीकरण गर्ने जिम्मेवारी पाएको राष्ट्रसंघीय मिसन अनमिनले पुनः प्रमाणीकरण हुनसक्ने संकेत गरेको छ। भिडियो प्रकरणपछि शुक्रवार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेकी अनमिन प्रमुख क्यारिन ल्याण्डग्रिनले लडाकू पुनः प्रमाणीकरण गर्ने भए सेना समायोजन विशेष समितमार्फत प्रकिया अघि बढाउन भनेकी छन्।छलपूर्वक माओवादी लडाकू संख्या २० हजार बनाएको दाहालले स्वीकारेको भिडियो सार्वजनिकपछि कांग्रेस सहितका दलहरु पुनः प्रमाणीकरण गरिनु पर्ने बताउँदै आएका छन्। कांग्रेसले माओवादी अध्यक्ष दाहालले भिडियोमा भनेकै आधारमा प्रमाणिकरण गर्नुपर्ने बताएको छ।भिडियो सार्वजनिकले लडाकू सुपरीवेक्षणको जिम्मा पाएको अनमिनको विश्वसनीयतामाथि प्रश्नचिन्ह लागाइदिएको छ। आफ्नो कार्यप्रति अविश्वसनीयता प्रकट भएपछि अनमिन प्रमुख ल्याण्डग्रिनले शुक्रवार दुई पटक प्रधानमन्त्री दाहाललाई भेट गरिन्।माओपादी अध्यक्ष दाहालले शान्ति प्रक्रिया सुरु हुनुभन्दा अघि ७-८ हजारको संख्यामा रहेका लडाकूलाई बुद्धिमतापूर्वक ३५ हजार पुर्याएको भिडियोमा उल्लेख गरेका छन्। अनमिनले २० हजार लडाकूलाई प्रमाणीकरण गरेको छ।

No comments: