News

May 8, 2009

फोरम नयाँ सरकारबारे धारणा सार्वजनिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नयाँ सत्ता समिकरणबारे मधेसी जनअधिकार फोरमले आज औपचारिक धारणा तय गर्ने भएको छ । सरकारमा सहभागी हुने वा नहुने तथा भए कसरी अघि बढ्ने भन्ने बिषयमा धारणा तय गर्न फोरमले राजनीतिक समितिको बैठक वोलाएको छ । बैठक अपरान्ह ३ बजे राजधानीको शंखमुलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । राष्ट्रिय सहमतिको सरकार बन्ने संकेत नदेखिएपछि गणितीय हिसावले महत्वपूर्ण मानिएको फोरमको निर्णयको पर्खाइमा अन्य प्रमुख दलहरु रहेका छन् । राजनीतिक समितिको आजकै बैठकले पार्टी केन्द्रीय समितिको बैठकको मिति तय गर्नेछ ।यसैबीच नयाँ सरकार गठनबारे पार्टीको आधिकारीक धारणा तय गर्न नेकपा एमाले केन्द्रीय समितिको बैठक आजदेखि राजधानीमा सुरु हुँदैछ । केन्द्रीय कमिटीको पहिलो पूर्ण बैठकको केही एजेण्डा थाति रहेकाले त्यसमा छलफल गर्न बैठक वोलाइएपनि परिवर्तित राजनीतिक घटनाक्रमको समिक्षा समेत हुने एमालेले जनाएको छ ।बैठकमा पेश गर्ने एजेण्डा बिहीबारको स्थायी समिति बैठकले टुंगो लगाइसकेको छ ।सत्ता समिकरण बाहेक आजको बैठकमा पोलिटब्यूरो गठन, स्थायी समिति विस्तार, केन्द्रीय सदस्यको कार्य विभाजन लगायतबारे छलफल हुनेछ । सरकारको नेतृत्व सम्हाल्न प्रमुख प्रतिपक्षी कांग्रेसले आग्रह गरेपछि एमालेमा मत बाझिएको छ । एमाले अध्यक्ष झलनाथ खनालले सरकारको नेतृत्वको सबै बिकल्प खुला रहेको बताउदै आएका छन् भने बरिष्ठ नेता माधवकुमार नेपाल र केपी ओलीले आफ्नै नेतृत्वको सरकार गठन हुनुपर्नेमा जोड दिएका छन् ।

No comments: