News

May 10, 2009

आठ जर्नेललाई अवकास कार्यान्वयन नगर्ने आदेश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आठ जर्नेललाई अवकास दिने निर्णय तत्काल कार्यान्वयन नगर्ने आदेशविरुद्ध सरकारले दायर गरेको रिटमा आइतबार सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिने निर्णय गरेको छ। रिटको अन्तिम टुंगो लगाउन १७ जेठमा बहस हुनेछ। यसअघि जारी अन्तरिम आदेशमा सेनाका जर्नेललाई अन्तिम सुनुवाइ नहुन्जेलसम्म अवकास दिनु नपर्ने उल्लेख छ। रिटलाई न्यायाधीश अनुपराज शर्मा र प्रेम शर्माको संयुक्त इजलासले हेरेको थियो। यसअघि सर्वोच्चले २२ गतेसम्मलाई बहस नोट बुझाउने र २७ बैशाखलाई निर्णय सुनाउन समय तोकेको थियो। माओवादी नेतृत्वको सरकार र सेनाबीच कटुता बढ्नुमा यसलाई पनि एक प्रमुख कारण मानिएको छ। सरकारले प्रधानसेनापति रुक्माङ्गत कटवाललाई सोधेको स्पष्टीकरणमा सर्वोच्चले अन्तरिम आदेशमात्र जारी गरे पनि ती जर्नेललाई किन हाजिरी गर्न दिइयो भन्ने प्रश्न पनि रहेको छ।

No comments: