News

May 9, 2009

अफगानिस्तानमा विद्रोहीको आक्रमणमा एक गोर्खा सैनिकको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख २७ - अफगानिस्तानमा विद्रोहीको आत्मघाती आक्रमणमा परी बेलायती सेनामा कार्यरत एक गोर्खा सैनिकको मृत्यु भएको छ । बिहीबार अफगानिस्तानको हेलमान्ड प्रान्तमा भएको उक्त विस्फोटमा मारिनेमा गोर्खा सैनिक कुमार पुन रहेको बेलायतमा सञ्चालित पोर्टल नेपाली समाचारले उल्लेख गरेको छ । उनीसँगै गस्तीमा रहेका एक बेलायती सैनिक, तिनका अनुवादक र स्थानीयलगायत १७ जनाको मृत्यु भएको थियो ।हालसम्म अफगानिस्तानमा खटाइएका गोर्खा सैनिकमध्ये पुनसहित तीन जनाको ज्याग गएको छ । उनी कार्यरत बटालियनका कमान्डिङ अफिसर लेफि्टनेन्ट कर्णेल स्टेफिन कर्टराइटललाई उद्धृत गर्दै डेली मिररले भनेको छ, 'उनले आफ्नो जीवन अरूको सेवाका लागि बहादुरीका साथ सर्पित गरेका छन् ।'

No comments: