News

May 10, 2009

माओवादी राष्ट्रपतिको कदमविरुद्ध संयुक्त राष्ट्रसंघ जाने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओवादीका पोलिटब्युरो सदस्य नेत्रविक्रम चन्दले राष्ट्रपति रामवरण यादवको कदमविरुद्ध संयुक्त राष्ट्रसंघ जाने बताएका छन्। क्रान्तिकारी पत्रकार संघले आइतबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै माओवादी नेता चन्दले भने- राष्ट्रपतिको कदमबारे हामी संयुक्त राष्ट्र संघसम्म जान्छौं। उनले भने- यो गैरकानुनी कदम हो सच्याउनुपर्छ भनेर अन्तर्राष्ट्रिय जगतले नबोलेको सुन्दा आश्चर्य लागेको छ।राष्ट्रपतिको कदम सच्चिएपछि मात्र सरकार निर्माणको ढोका खुल्ने तर्क गर्दै उनले भने-नयाँ सरकारको हतारो नगरौं सरकार गठनको अपिल गर्ने प्रक्रिया नै गलत छ।’ उनले दया मायाबाट बन्ने सरकार नटिक्ने दाबी पनि गरे।राष्ट्रपतिको कदम नसच्चिए मुलुकमा अर्को अवस्था आउने चेतावनी दिएका चन्दले त्यो अर्को अवस्था भनेको के हो भन्नेबारेचाहिँ प्रष्ट पार्न चाहेनन् । यसबारे उनले भने- जे पनि हुन सक्छ।

No comments: