News

May 7, 2009

संसद नचली सरकार बन्दैन - सुवासचन्द्र नेम्वाङ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रपति रामवरण यादव र संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङबीच संसद अवरुद्ध भएको अवस्थामा नयाँ सरकार गठनको प्रक्रियाका सम्बन्धमा छलफल भएको छ।साँझ पाँच बजे शितल निवासमा भएको भेटमा सभामुख नेम्वाङले प्रधानसेनापतिलाई पदमै रहेर काम गर्न दिने राष्ट्रपतिको आदेश फिर्ता नभएसम्म सदन चल्न नदिने माओवादी सभासद्हरुको माग बारे अवगत गराएका थिए । राष्ट्रपतिले सभाध्यक्ष नेम्वाङसमक्ष सरकार निर्माणको प्रक्रियाबारे जिज्ञासा राखेपछि नेम्वाङले नेपालमा विद्यमान संविधान कानून र विगतका अभ्यासबारे बताएका थिए। वैशाख २६ गतेभित्र राजनीतिक सहमति जुट्न नसके बहुमतीय प्रणालीमा प्रधानमन्त्री चुन्नका लागि त्यसलाई स‌ंसदमा पठाउनु पर्ने व्यवस्था रहेको बारे उनले राष्ट्रपतिलाई जानकारी गराएका थिए।भेटपछि पत्रकारहरुको जिज्ञासामा सभामुखले भने- ‘संसद नचली सरकार बनाउने कुनै कानुनी प्रक्रिया नेपालमा छैन'

No comments: