News

May 7, 2009

भिडियोटेप सार्वजनिक भएपछि केही लडाकूलाई नियन्त्रणमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा (माओवादी) अध्यक्ष प्रचण्डले चितवनको शक्तिखोरस्थित माओवादी सेनाको शिविरमा गरेको भाषणको भिडियोटेप सार्वजनिक भएपछि माओवादी केन्द्रको निर्देशनमा केही माओवादी लडाकूलाई नियन्त्रणमा लिइएको छ। भिडियो प्रकरणपछि माओवादी सेनाका शिविरमा दुस्मनका मान्छेको प्रवेश भएको भन्दै माओवादीले त्यसबेला भिडियो खिच्ने युनिटदेखि शंकास्पद मानिएका केही माओवादी सेनालाई नियन्त्रणमा लिएर सोधपुछ शुरू गरेको माओवादीस्रोतले जानकारी दिएको छ। माओवादी जनसेनाका अन्य शिविरमा पनि यस्ता गतिविधि हुन सक्ने भन्दै सतर्कता अपनँएको बताइएको छ। माओवादी सेनाले पैसामा बिकेर उक्त टेप बेचेको निष्कर्षनिकाल्दै क्याम्पमा रहेका शंकास्पद लडाकूहरूमा पनि थप निगरानी शुरू गरेको बताइएको छ। यसैबीच मुलुकमा उत्पन्न असहज परिस्थितिपछि देशभरका माओवादी सेनाका क्याम्पमा रहेका बच्चा भएका महिला लडाकूलाई बिदामा घर पठाइएको छ। उदयपुरको त्रिवेणी गाविसमा रहेको शिविरबाट सुत्केरी, गर्भवती र साना केटाकेटी भएका महिला छापामारलाई बिदामा पठाइएको छ भने अन्य शिविरबाट पनि त्यस्ता लडाकूलाई घरबिदा पठाउन शुरू गरिने बताइएको छ।

No comments: