News

May 12, 2009

पुष्पकमल दाहालले १३ बुँदे प्रस्ताव प्रस्तुत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एनेकपा माओवादीको पोलिटब्यूरो बैठकमा अध्यक्ष पुष्पकमल दाहालले १३ बुँदे प्रस्ताव प्रस्तुत गरेका छन् ।एकिकृत नेकपा माओवादी पोलिटब्यूरो वैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले १३ बुँदे प्रस्ताव प्रस्तुत गरेका छन् । ललितपुरको जावलाखेलमा वैशाख २९ गते बसेको वैठकमा प्रस्तुत दाहालको प्रस्तावमा नागरिक सर्वोच्चता, राष्ट्रपतिको कदम तथा एमालेको नेतृत्वमा बन्न लागेको नयाँ सरकार लगायतका विषय उल्लेख भएको माओवादी प्रवक्ता दीनानाथ शर्माले बताए । अध्यक्ष दाहालले आफ्नो प्रस्तावमा तत्काल सरकारमा जाने विषय गौण भएको तथा राष्ट्रपतिको कदम फिर्ता गराउनका लागि संघर्षको विकल्प नरहेको उल्लेख गरेको प्रवक्ता शर्माले जानकारी दिए । प्रधान सेनापति प्रकरणमा राष्ट्रपति डा रामवरण यादवको कदम असंवैधानिक भएको भन्दै सदन अवरुद्ध गर्दै आएको माओवादीको हिजोको वैठकले जेठ ३ गते देशका विभिन्न ४ वटा शहरमा विरोधसभा गर्ने निर्णय गरेको थियो । पोलिटब्यूरो वैठक केही दिनका लागि स्थगित गरिएको शर्माले बताए ।

No comments: