News

May 12, 2009

मृत्युदण्ड सुनाइएका चीनद्वारा माओवादी कार्यकर्ता रिहा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हातहतियार अभियोगमा मृत्युदण्डको फैसला भई ल्हासा जेलमा रहेका सिन्धुपाल्चोकका दुइ माओवादी कार्यकर्ता रिहा भएका छन्। २०५९ मंसिर ९ गते हतियारसहित खासाबाट चिनिया प्रहरीद्वारा पक्राउ परेका तौथली गाविस निवासी हीरालाल श्रेष्ठ ‘आनन्द’ र मार्मिङ गाविस निवासी च्याङ्गा शेपा हालै रिहा भएका हुन्।शुरूमा मृत्युदण्डको फैसला सुनाइएका उनीहरूलाई प्रधानमन्त्री एवम् एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पटक-पटक चीन सरकारसमक्ष सजाय कम गर्न आग्रह गर्नुभएको थियो। प्रचण्डको आग्रहलाई चीन सरकारले पनि लचकता अपनाई उनीहरूको सजाय मृत्युदण्डबाट आजीवन काराबासमा परिणत गरेको थियो।त्यसपछि पनि माओवादीका केन्द्रीय सदस्यलगायत वर्तमान मन्त्रिपरिषद्का केही सदस्यले समेत चीनको भ्रमण गरी उनीहरूलाई छुटाउने प्रयासस्वरूप हालै रिहा भएको ताम्सालिङ राज्य समिति सचिवालय सदस्य माधव सापकोटा ‘सुबोध’ ले बताए।सात वर्षो कारावास सजायबाट छुटेका दुवैलाई माओवादी पार्टी कार्यालय सिन्धुपाल्चोकले बिहीबार चौतारामा र्सार्वजनिक रूपमा अभिनन्दन गरिने जनाएको छ। माओवादी कार्यकत‘को रिहाइलाई लिएर चीनसगको माओवादीको सम्बन्ध निकै सुध्रिएको अनुमान गरिएको छ

No comments: